‘सञ्चार नीति परिवर्तन हुन्छ’
पोखरा । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सञ्चार क्षेत्रलाई व्यवस्थित, प्रभावकारी, सशक्त र मर्यादित बनाउने विषयमा सञ्चार नीति नियम तत्काल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । त्यसका लागि उच्चस्तरीय सञ्चार नीति पुनरावलोकन समिति बनाउने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभएको छ ।
प्रेस चौतारी कास्कीले पोखरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री राईले नाकाबन्दीका बेला सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउँदै यो परिस्थितिमा सञ्चारमाध्यम बन्द हुने स्थिति आउन नदिने बताउनुभयो । सञ्चारमन्त्री राईले अहिले नेपाल टेलिकममा थुप्रै समस्या रहेको भन्दै समस्या समाधान गर्न निर्देशन दिएको बताउनुभयो । अहिले पनि नेपालका धेरै ठाउँमा सञ्चारको पहुँच नपुगेको बताउँदै मन्त्री राईले सरकारको प्राथमिकता सञ्चारको पहुँच पुर्याउने र इन्टरनेट घर–घरमा पुर्याउने रहेको बताउनुभयो । अहिलेकोइन्टरनेट सुविधा गुणस्तरीय नरहेको बताउँदै अहिलेको यो प्रविधिले नेपालको विकास सम्भव नभएको बताउनुभयो ।यस्तै, सञ्चारमन्त्री राईले मधेसवादी दलहरूलाई सरकारले वार्ताका लागि आह्वान गरेको र केही दिनमा निर्णायक वार्ताको मिति तोकिने र त्यो वार्ताले निष्कर्ष निकाल्नेमा आफू आशावादी रहेको बताउनुभयो । उहाँले संविधानमा चित्त नबुझेका कुरा वार्ताबाट नै टुंग्याउनुपर्ने बताउँदै नाकाबन्दी समस्या समाधानको विकल्प नभएको बताउनुभयो । उहाँले संविधान संशोधन गरेर समस्याको समाधान गरेर सरकार विवाद टुंग्याउन तयार रहेको बताउनुभयो ।
फरक प्रसंगमा मन्त्री राईले राष्ट्रपति विद्या भण्डारीलाई जानकी मन्दिरमा गरिएको आक्रमणको प्रयास गलत र आपत्तिजनक भएको बताउनुभएको छ । उहाँले उक्त दुव्र्यवहारको जति निन्दा गरिए पनि कम हुने बताउनुभयो । सरकारले उक्त घटनाको छानबिन समिति बनाएको र त्यो घटनामा संलग्नलाई कडा कारबाही गर्ने बताउनुभयो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply