‘सञ्चार नीति परिवर्तन हुन्छ’
पोखरा । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सञ्चार क्षेत्रलाई व्यवस्थित, प्रभावकारी, सशक्त र मर्यादित बनाउने विषयमा सञ्चार नीति नियम तत्काल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । त्यसका लागि उच्चस्तरीय सञ्चार नीति पुनरावलोकन समिति बनाउने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभएको छ ।
प्रेस चौतारी कास्कीले पोखरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री राईले नाकाबन्दीका बेला सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउँदै यो परिस्थितिमा सञ्चारमाध्यम बन्द हुने स्थिति आउन नदिने बताउनुभयो । सञ्चारमन्त्री राईले अहिले नेपाल टेलिकममा थुप्रै समस्या रहेको भन्दै समस्या समाधान गर्न निर्देशन दिएको बताउनुभयो । अहिले पनि नेपालका धेरै ठाउँमा सञ्चारको पहुँच नपुगेको बताउँदै मन्त्री राईले सरकारको प्राथमिकता सञ्चारको पहुँच पुर्याउने र इन्टरनेट घर–घरमा पुर्याउने रहेको बताउनुभयो । अहिलेकोइन्टरनेट सुविधा गुणस्तरीय नरहेको बताउँदै अहिलेको यो प्रविधिले नेपालको विकास सम्भव नभएको बताउनुभयो ।यस्तै, सञ्चारमन्त्री राईले मधेसवादी दलहरूलाई सरकारले वार्ताका लागि आह्वान गरेको र केही दिनमा निर्णायक वार्ताको मिति तोकिने र त्यो वार्ताले निष्कर्ष निकाल्नेमा आफू आशावादी रहेको बताउनुभयो । उहाँले संविधानमा चित्त नबुझेका कुरा वार्ताबाट नै टुंग्याउनुपर्ने बताउँदै नाकाबन्दी समस्या समाधानको विकल्प नभएको बताउनुभयो । उहाँले संविधान संशोधन गरेर समस्याको समाधान गरेर सरकार विवाद टुंग्याउन तयार रहेको बताउनुभयो ।
फरक प्रसंगमा मन्त्री राईले राष्ट्रपति विद्या भण्डारीलाई जानकी मन्दिरमा गरिएको आक्रमणको प्रयास गलत र आपत्तिजनक भएको बताउनुभएको छ । उहाँले उक्त दुव्र्यवहारको जति निन्दा गरिए पनि कम हुने बताउनुभयो । सरकारले उक्त घटनाको छानबिन समिति बनाएको र त्यो घटनामा संलग्नलाई कडा कारबाही गर्ने बताउनुभयो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply