जतिदिन रहन्छु नमुना हुने प्रयास गर्छु
० सिडीओ भएर आएपछि काठमाडौंको अवस्था कस्तो पाउनुभयो ?
– म यहाँ आएको तीन हप्ता मात्र भएको छ । मुलुककै केन्द्रबिन्दु भएको हिसाबले र सबैको आँखा यही पर्ने भएकाले समग्र शान्ति सुरक्षाको बहाली, दैनिक कार्यसम्पादन, आफ्नो कार्यालयको सेवा प्रवाह र अन्तर्गतको कार्यालयहरुको सुशासनसम्वन्धमा सबैको चासो छ । यहाँ आइसकेपछि मैले सुरुमा विभिन्न चरणमा यस जिल्लाका नेतागण, पत्रकार महासंघका साथीहरु, सेवा प्रवाह गर्ने मुख्य निकाय नेपाल आयल निगम, विद्युत प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमीटेड, टिम्बर कर्पोरेशन, नेपाल टेलिकम लगायतका संस्थासंग बसेर कसरी सेवा प्रवाहलाई चुस्त दुरुस्त गर्न सकिन्छ भन्ने बारेमा छलफल गरें । अहिलेको सन्दर्भमा तत्कालिक ढंगले द्रुत सेवा दिने सन्दर्भमा मैले कम्तिमा जनताले अनुभुत गर्नेगरी तपाईहरुले सेवा प्रवाह गर्नुस् भने निर्देशन पनि दिँए । साथै उहाँहरुलाई मैले आ आफ्नो निकायबाट निकायले गर्न सकेका काम र गर्न नसकेका कामहरु समेतको फेहरिस्त तयार गरेर जनतालाई जानकारी गराउन र अपिल गर्न अनुरोध गरें । केही समय पछि जिल्ला प्रशासन कार्यालयले एकमुष्ट रुपमा निकायगत रुपमा लिएर जिल्लामा जनतालाई एक खालको अपिल तथा आव्हान गर्ने पनि हाम्रो कार्यक्रम छ ।
० बजार अनुगमन प्रभावकारी भएन भन्ने गुनासो छ नी ?
– हाम्रो काम अहिले खासगरी बजार अनुगमनलाई प्रभावकारी ढंगले अघि बढाउने भन्ने नै छ । म यहाँ आउनु भन्दा अघि यहाँ बजरा अनुगमनका लागि एउटा समिति मात्र कार्यरत थियो । अहिले त्यसमा २ वटा थपेर ३ वटा समिति बनाएर अनुगमन कार्यलाई तिव्रता दिइएको छ । त्यसमा गैरसरकारी संस्था, विभिन्न निकाय र तपाईहरु जस्ता पत्रकार साथीहरुलाई पनि राखिएको छ । सो समितिमा तत् निकाय र सरकारी कार्यालयका पदाधिकारीहरु पनि छन् ।
० गुनासो सुनुवाई नै प्रभावकारी छैन नि ?
– त्यो त नहुनुपर्ने हो । हामीले आएसम्मका गुनासो सम्वोधन र सुनुवाई गरेका छौं । प्रमुख जिल्ला अधिकारीलाई सर्वसाधारणले फोन मार्फत सिधै गुनासो राख्ने गरेका छन् । मैले त्यसआधारमा पनि छड्के चेक जाँच गरेको छु । एभरेष्ट ग्यासमा परिणाम कम छ भन्ने गुनासो मसमक्ष आयो । तत्काल गुणस्तर तथा नापतौल विभागका डिजीसाबसंग समन्वय गरेर त्यहाँबाट एउटा टीम लिएर हेर्यौं । तर, भनेजस्तो रहेनछ । भेरीयसन सय ग्रामको मात्र आयो । कुनै सिलीण्डरमा बढी मुल्य लिए भन्ने गुनासो पनि आएको छ । त्यसमा पनि हामीले टिम पठाएका छौं । कतिपय स्थानमा छानवीन भइरहेको छ । समग्रमा बजार अनुगमन सशक्त नै बनाइएको छ ।
० जगेडा राख्ने र सामान अभाव गर्ने क्रम पनि उस्तै छ, के गरिरहनुभएको छ ?
– हामीले केही दिन अघि कालिमाटी क्षेत्रबाट ठूलो परिमाणमा दालजन्य पदार्थ गोदाम गरेर राखिएको र बजारमा अभाव गरेको भेट्यौं । कालिमाटीको इन्चार्जलाई मैले आफैंले फोन गरेर ‘त्यो क्षेत्रमा निक्कै गुनासो आएको छ, परेको म बेहोरला, सर्च गर्नु्स्’ भनेँ । एसएसपी सापलाई अह्राएँ । त्यहा ठूलो परिमाणमा स्टक दाल अहिलेसम्म मार्केटमा नल्याइकन होडिङ गरेर राखेको भेटिएको छ । मैले चेम्बर अफ कमर्शका पदाधिकारीहरुलाई बोलाएर ‘अहिले अफ्ठ्यारो परिस्थिति परेको बेलामा सरकारलाई तपाईंहरुले सहयोग गर्नुपर्छ’ निजी क्षेत्र पनि छुट्टै कुनै तत्व होइन, सरकारकै साक्षेदार हो भनेर होल्डिङ गर्ने क्रमलाई निरुत्साहन गर्नूस् भनेंको छु ।
० नियमित प्रशासनीक काम बाहेक काठमाडौंमा आएर गरेर देखाउछु भनेर साँचेको केही योजना छ ?
– म पूर्वयोजना बनाएर यहाँ आएको होइन । तर सरोकारवालाहरु सबैसंग एक चरणमा सररल्लाह गरेपछि त्यसको आधारमा एक रणनीति बनाउने काम छँदैछ ।
त्यस अलाव यहाँ अत्यन्त फोहोर र अव्यवस्था छ । पूर्व मुख्य सचिवज्यूको अग्रसरतामा बाग्मती सफाई अभियान सुरु भएको थियो । मैले महानगरलगायतका निकायसँग कुरा गरेर काठमाडौं विश्वको आँखा पर्ने ठाँउ भएकाले यसलाई व्यवस्थीतका साथै सफा र सुन्दर कसरी पार्न सकिन्छ भन्नेतिर ध्यान दिइरहेको छु । सुर्ती र सुर्तीजन्य पदार्थले आम जनमानसमा असाध्य असहज अवस्था ल्यायो । होटेल, रेष्टुरेन्टमा परिवारसहित खाना खान जाँदा पनि बस्न सक्ने अवस्था भएन । माइक्रो र अन्य सार्वजनिक स्थानमा पनि त्यस्तै असहज अवस्था भयो भन्ने गुनासो आएपछि उक्त समितिको बैठक पनि भइसकेको छ । तत्काल प्रचारात्मक रुपमा त्यस अभियानलाई अघि बढाउछौं । ठमेल पर्यटन बोर्ड, त्यहाको होटल एशोसिएशन, डान्स बारवालाहरुलाई समेत यहाँ ल्याएर छलफल गरिसकें । रेडियोबाट कार्यालय प्रमुखलाई आफ्ना कामबारे जानकारी दिने व्यवस्था पनि गर्दैछु ।
० सेवा प्रवाह दिनुपर्ने कार्यालयमा कार्यालय प्रमुखहरु भेटीदैनन्, जसले गर्दा कामहरु रोकिन्छन् भन्ने गुनासो छ नि ?
– यसमा कडाइ गर्दैछु । सुरुवात आफैंबाट गरिरहेको छु । म आफैं धेरैभन्दा धेरै समय कार्यालयमा बस्छु । त्यसैगरी अन्य सरकारी कार्यालयहरुलाई पनि हिँडाउन खोजिरहेको छु । कम्तीमा सरकारी कार्यालयका प्रमुखलाई जनताले खोजेका बेला कार्यालयमै जनताले भेट्न पाउनुपर्छ, त्यसका लागि आवश्यक वातावरण मिलाउनु भनेर निर्देशन पनि दिइसकेको छु ।
० शान्ति सुरक्षा कत्तिको चुनौतिपूर्ण छ र व्यवस्थीत गर्न कस्ता कदम चाल्दै हुनुहुन्छ ?
– यो शहरमा करिव ३५ लाख जनताको चाप छ । त्यसैले यति ठूलो जनघनत्वमा सेवा प्रवाहसंगै शान्ति सुरक्ष बहाल गर्ने काम जटिल छ । जिल्ला स्तरीय कार्यालय बाहेक केन्द्रीय सरकार पनि भएकाले त्यसको पनि शान्ति सुरक्षाको अवस्था हेर्नुपर्छ । त्यसैले यो पाटो अत्यन्त संवेदनशील छ । त्यसैका लागि हामीले सबै सुरक्षा निकायका पदाधिकारीहरु बसेर अहिले भइरहेका र भविष्यमा आउन सक्ने सुरक्षा चुनौतीहरु समेतलाई मध्यनजर गरेर एकिकृत सुरक्षा योजना बनाएका छौं । यसलाई अन्तिम रुप दिनका लागि सुरक्षा समितिको बैठक छ । तीन वटै सरक्षा अंग कसरी परिचालित हुने, कुनै घटनाक्रम भयो भने कसरी जाने र भोली आउने सुरक्षा थ्रेट के हो भनेर विश्लेषण गरिसकेका छौं । त्यस अनुसार हामीले गृह मन्त्रालय मार्फत जानकारी पनि गराउँछौ ं।
० अख्तियारमा पनि बसेर आउनुभएको छ, हरेक जिल्ला स्तरका सरकारी कार्यालयमा अनियमितता, ढिलासुस्ती भएको गुनासो छ, त्यसको निराकरणका लागि केही गर्न सक्नुहुन्छ ?
– पछिल्लो दुई वर्ष अख्तियारमा बसेर काम गरेका हुनाले सुशासनका कुरामा म ज्यादा संवेदनशील छु । भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको जुन नीति छ, त्यसलाई अवलम्वन गर्न हामी उदाहरणको रुपमा प्रस्तुत हुनुपर्छ । मैले कार्यालय प्रमुखहरुको बैठकमा पनि विगतमा जे जस्तो भए पनि अब हामी कम्तिमा जनताको नजरमा कर्मचारी भनेका हाम्रा सहयोगी हुन् यिनले शुसासनको प्रत्याभूती गर्छन् भन्ने भान पार्न सफल हुनुपर्छ भनेको छु ।
० तपाईंसम्म गुनासो नै पुग्न सक्दैन नि ?
– जिल्लाका विभिन्न सरकारी कार्यालयमा त्यस्ता अनुचित र अनियमित काम भएको खण्डमा प्रमुख जिल्ला अधिकारीको नम्बर ९८५१२०७७७७ मा तत्काल जानकारी गराउन म आम समुदायलाई यसै पत्रिका मार्फत अपिल गर्छु । यसरी नै हाम्रो टोल फ्रि नम्बरबाट पनि यसको जानकारी गराउन सकिनेछ ।
म काठमाडौंको प्रमुख जिल्ला अधिकारीको हैसियतले जति दिन बस्छु, आफु नमुना भएर अरुलाई पनि उदाहरण स्वरुप आफ्नो प्रश्तुती दिने सोच छ । म त्यही सोच अनसार निर्देशित छु । सुशासनको प्रत्याभूती गरी अनुचित काम र भ्रष्ट्राचारजन्य कामको अन्त्य गरी जनतालाई चुस्त दुरुस्त सेवा दिने, देख्न र भोग्न सकिने गरी शान्ति सुरक्षा बहाली गर्ने नै मेरो काम हो । म यसैमा दत्तचित्त भएर लाग्छु ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply