हार्ने भएपछि भाग्ने दाउ
काठमाडौं । नेपालका निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन यही चैत २८ गते तोकेर सम्पूर्ण तयारी अघि बढिसकेपछि पनि केही संगठन भने पराजित हुने डरले चुनाव स्थगित गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।
विभिन्न संगठन धेरै वर्षपछि आफ्नो हक, हित र अधिकारको सौदाबाजी गर्ने थलोका रूपमा चिनिएको आधिकारिक निकायको चुनाव प्रचारप्रसारका लागि देशव्यापी जुटिरहँदा एमाओवादीनिकट केही संगठन भने चुनावी प्रक्रियामा प्रक्रियागत त्रुटि भएको भन्दै स्थगितको प्रयासमा लागेका छन् ।
एमाओवादी कर्मचारीहरूको यस्तो प्रयासलाई हरुवा गोरुको छेरुवा दाउका रूपमा निजामती कर्मचारी संगठनकै नेताहरूले अथ्र्याउन थालेका छन् । उनीहरूको संगठन मजबुत नभएका कारण फेरि विभिन्न संगठनका नेताका नाममा राइँदाइँ गरिरहने मौका नपाउने डरले
उनीहरूले चुनावको विरोध गरिएको बताइन्छ ।
यो निर्वाचनामा २० प्रतिशत मत कटाउन नसकिए पदाधिकारी बाँडफाँडमा सहकार्य नहुने व्यवस्था छ । सांगठनिक अवस्था अत्यन्त कमजोर भएका ती संगठनका नेताहरू त्यही कारण आफ्नो शून्य उपस्थिति हुने डरले निर्वाचनको विरोधमा उत्रिएको बताइन्छ ।
चुनावी प्रचारका सिलसिलामा जुम्ला पुगेका नेपाल निजामती कर्मचारी संगठनका महासचिव मोहन घिमिरेले कुनै हालतमा निर्वाचन स्थगित गर्न नहुने बताए । ‘यो निर्वाचन स्थगित गराएर अनन्तकालसम्म चुनाव हुन नदिने दाउ गरेको देखिन्छ, यो कुरा हाम्रो संगठनलाई स्वीकार्य छैन,’ उनले भने ।
सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न हरेक वर्ष बजेटसमेत छुट्टयाएर वार्षिक कार्यक्रममा पार्दै लगे पनि कर्मचारी युनियनकै विरोधका कारण निर्वाचन रोकिँदै आएको थियो । हाल सातवटा संगठन क्रियाशील भएकामा कर्मचारीबीच खासै हैसियत नभएका चारवटा संगठनको अहिले निर्वाचन गर्नुहुँदैन भन्ने विषयमा एकै मत छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply