हार्ने भएपछि भाग्ने दाउ
काठमाडौं । नेपालका निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन यही चैत २८ गते तोकेर सम्पूर्ण तयारी अघि बढिसकेपछि पनि केही संगठन भने पराजित हुने डरले चुनाव स्थगित गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।
विभिन्न संगठन धेरै वर्षपछि आफ्नो हक, हित र अधिकारको सौदाबाजी गर्ने थलोका रूपमा चिनिएको आधिकारिक निकायको चुनाव प्रचारप्रसारका लागि देशव्यापी जुटिरहँदा एमाओवादीनिकट केही संगठन भने चुनावी प्रक्रियामा प्रक्रियागत त्रुटि भएको भन्दै स्थगितको प्रयासमा लागेका छन् ।
एमाओवादी कर्मचारीहरूको यस्तो प्रयासलाई हरुवा गोरुको छेरुवा दाउका रूपमा निजामती कर्मचारी संगठनकै नेताहरूले अथ्र्याउन थालेका छन् । उनीहरूको संगठन मजबुत नभएका कारण फेरि विभिन्न संगठनका नेताका नाममा राइँदाइँ गरिरहने मौका नपाउने डरले
उनीहरूले चुनावको विरोध गरिएको बताइन्छ ।
यो निर्वाचनामा २० प्रतिशत मत कटाउन नसकिए पदाधिकारी बाँडफाँडमा सहकार्य नहुने व्यवस्था छ । सांगठनिक अवस्था अत्यन्त कमजोर भएका ती संगठनका नेताहरू त्यही कारण आफ्नो शून्य उपस्थिति हुने डरले निर्वाचनको विरोधमा उत्रिएको बताइन्छ ।
चुनावी प्रचारका सिलसिलामा जुम्ला पुगेका नेपाल निजामती कर्मचारी संगठनका महासचिव मोहन घिमिरेले कुनै हालतमा निर्वाचन स्थगित गर्न नहुने बताए । ‘यो निर्वाचन स्थगित गराएर अनन्तकालसम्म चुनाव हुन नदिने दाउ गरेको देखिन्छ, यो कुरा हाम्रो संगठनलाई स्वीकार्य छैन,’ उनले भने ।
सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न हरेक वर्ष बजेटसमेत छुट्टयाएर वार्षिक कार्यक्रममा पार्दै लगे पनि कर्मचारी युनियनकै विरोधका कारण निर्वाचन रोकिँदै आएको थियो । हाल सातवटा संगठन क्रियाशील भएकामा कर्मचारीबीच खासै हैसियत नभएका चारवटा संगठनको अहिले निर्वाचन गर्नुहुँदैन भन्ने विषयमा एकै मत छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply