सचिवमा कनिष्ठको सिफारिस
काठमाडौं । आफूहरूभन्दा कनिष्ठको नाम सचिव बढुवामा सिफारिस भएपछि कृषि विकास मन्त्रालयका आधा दर्जनजति सहसचिवहरू अहिले असन्तुष्ट बन्न पुगेका छन् । वरिष्ठ सहसचिवहरू हुँदाहुँदै कृषि तथा वनअन्तर्गत प्राविधिक सचिवको बढुवामा सिफारिस समितिले कनिष्ठको नाम राखेपछि असन्तुष्टि बढ्न पुगेको हो ।
प्राविधिकतर्फ एकजना सचिवको बढुवा हुनुपर्नेमा सिफारिस गरिएका तीनजना सहसचिवमध्ये युवकध्वज जिसी निकै कनिष्ठ हुन् । जिसीसँगै कृषि विकास मन्त्रालयकै सहसचिव डा. सुरोज पोखरेल र वन तथा भूसंरक्षण मन्त्रालयका सहसचिव विश्वनाथ ओलीको नाम सिफारिस गरिएको छ । सिफारिसमा परेका डा. पोखरेल र ओली वरिष्ठ सहसचिव भएको हुँदा उनीहरूको नाममा कसैले पनि आपत्ति जनाएका छैनन् । तर, जिसीको नाम भने कसरी सिफारिस भयो ? अहिले अरू वरिष्ठ सहसचिवहरूले खोजी गर्न थालेका छन् ।
कृषि विकास मन्त्रालयका वरिष्ठ सहसचिवहरू ईश्वरीप्रसाद रिजाल, योगेन्द्रकुमार कार्की, लेखनाथ आचार्य, धर्मदत्त बराल, सुरेशबाबु तिवारी र अहिले पशुपन्छी विकास मन्त्रालयमा कार्यरत श्याम पौडेललाई पछि पार्दै जिसीको नाम सिफारिस हुन पुगेको छ । वरिष्ठहरू हुँदाहुँदै सचिव बढुवाको सिफारिसमा जिसीको नाम परेपछि अहिले मन्त्रालयमा खैलाबैला मच्चिएको छ ।
यसअघि, कृषि विकासमन्त्री हरिप्रसाद पराजुली हुँदा जिसीले आफूभन्दा वरिष्ठहरूलाई मात खुवाउँदै मन्त्रालयको ठूलो र आकर्षक मानिने कृषि विभागको महानिर्देशक पड्काएका थिए । मन्त्रालयमा ६ जना वरिष्ठहरू हुँदाहुँदै सातौं क्रममा रहेका जिसीले महानिर्देशक पाएका थिए । त्यतिबेला कनिष्ठलाई महानिर्देशक बनाइएको भन्दै व्यापक विरोधसमेत भएको थियो । तर, मन्त्री पराजुलीलाई जिसीले राम्ररी पट्याएका हुँदा उनले महानिर्देशक उम्काएको बताइन्छ । जिसीलाई महानिर्देशक बनाइएपछि मन्त्रालयका उनीभन्दा वरिष्ठहरूले विरोध जनाए पनि अहिलेसम्म उनी त्यही कुर्सीमा नै रहेका छन् ।
सम्बन्धित समाचार
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
-
विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
-
सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
-
एमाले नेता पौडेल मृत फेला
-
राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
-
सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
-
एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
-
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
-
बागमती प्रदेश सभा सदस्यले लिए शपथ
-
भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
-
एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply