साझामा झनै लफडा
काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डले ऋण र घाटामा चुर्लुम्मै डुबेको साझा प्रकाशनको अध्यक्ष र तीनजना सञ्चालक नियुक्त गर्ने सुरसार गरेको छ । पूर्वशिक्षामन्त्री चित्रलेखा यादवले नियुक्त गरेका अध्यक्ष र तीनजना सञ्चालकलाई पदमुक्त गर्नेसम्बन्धी अदालतको फैसलाको पूर्ण पाठ आएपछि नियुक्ति गरिने तयारी भइरहेको बुझिएको छ ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रहेको बोर्डको साझा प्रकाशनमा ६० प्रतिशत सेयर रहेको छ । तर, पूर्ववर्ती सरकारले भने साझालाई शिक्षा मन्त्रालयमा गाभेपछि साझाको स्वामित्वबारे विवाद उठ्दै आएको छ । मन्त्रिपरिषद्को बैठकले नै साझालाई शिक्षामा गाभेको हुँदा अहिले सो प्रकाशन शिक्षा मन्त्रालयमातहत नै छ । तर, साझाको ६० प्रतिशत सेयर भने बोर्डको रहेको हुँदा बोर्डले साझा आफ्नै मातहत रहनुपर्ने दाबी गर्दै आएको छ । बोर्डका उपाध्यक्ष सरोज शर्माले भने, साझालाई शिक्षा मन्त्रालयमा राख्ने हो भने हाम्रो सेयर फिर्ता गर्नुपर्छ । कि त बोर्डलाई पनि शिक्षा मन्त्रालयमै लैजानुपर्छ । नभए यो समस्या त्यत्तिकै सुल्झिने स्थिति देखिँदैन ।
साझा प्रकाशन कसको मातहत रहने भन्ने मुद्दा अदालतसम्म पुगिसकेको छ । पुनरावेदन अदालत पाटनले पनि पूर्वशिक्षामन्त्री चित्रलेखा यादवले नियुक्त गरेका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मा, सञ्चालकहरू दीनानाथ शर्मा, प्रदीप नेपाल र डा. कृष्णहरि बरालको पद मुक्त भएको फैसला गरिसकेको छ । तर, अदालतको पूर्ण पाठ आएपछि अध्यक्ष र तीनजना सञ्चालकहरू हट्नुपर्ने देखिएको छ । त्यसपछि पनि अध्यक्ष र बाँकी सञ्चालकहरू शिक्षा मन्त्रालयले नियुक्त गर्ने कि बोर्डले नियुक्त गर्ने भन्ने विवाद रहने देखिएको छ । तर, उपाध्यक्ष शर्माले भने अदालतले आफ्नो पक्षमा फैसला गरेको हुँदा अध्यक्ष र तीनजना सञ्चालक आफूले नियुक्त गर्ने तयारी गरिरहेको बताए । यसअघि साझा प्रकाशनको साधारण सभाले भने सेयरधनीका तर्फबाट निर्वाचित भएर आउने तीनजना सञ्चालकमा विजय सुब्बा, जीवनचन्द्र कोइराला र हरिहर खनाललाई निर्वाचित गरिसकेको छ । बोर्डले साझाको साधारण सभा रोक्न अदालतमा उजुरी दिए पनि साधारण सभा भने नरोक्न आदेश दिएको थियो ।
सम्बन्धित समाचार
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
-
विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
-
सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
-
एमाले नेता पौडेल मृत फेला
-
राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
-
सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
-
एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
-
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
-
बागमती प्रदेश सभा सदस्यले लिए शपथ
-
भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
-
एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply