राजधानीमा गुन्डागर्दी सुस्तायो
काठमाडौं । प्रहरीले राजधानीमा विशेष अप्रेसन चलाएयता चल्तीका डन सुस्ताएका छन् । अकूत सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका चक्रे मिलन, दीपक मनाङे, गणेश लामा, परशुराम बस्नेत र अभिषेक गिरीको अझै फैसला नभएको र तिनीहरू आफ्नै तनावमा रहेकाले उनीहरूको गतिविधि खासै सक्रिय हुन नसकेको प्रहरीको दाबी छ । पछिल्लो समय चर्चित गुन्डाहरूको गतिविधी निष्क्रिय भए पनि टोले गुन्डाको गतिविधि बढेको थियो तर केही दिनयता प्रहरी सक्रियतापूर्वक मुभ भएपछि टोले गुन्डाहरू पनि दुला पस्न थालेको महानगरी प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल बताउाछन् ।
प्रहरीले बिहीबार राजधानीको बिजुलीबजार नजिकै जसवन्त राईलाई तिघ्रामा दुई गोली प्रहार गरेर पक्राउ गर्यो । गुन्डाले नै हतियार बोकेर आक्रमण गर्न आएकाले आत्मरक्षाका लागि प्रहरीले गोली प्रहार गरेको एसएसपी खनालले बताए ।
एसएसपी खनाल हतियार बोकेका गुन्डाहरूका अगाडि प्रहरी निरीह बन्न नसक्ने बताउाछन् । गुन्डाका अगाडि प्रहरी नै असुरक्षित भएकाले गोली चलाउनुपरेको उनको दाबी छ । भन्छन्– ‘अब गुन्डाको राज चल्दैन, यो कुरा अरू गुन्डाहरूले पनि बुझे हुन्छ ।’ एसएसपी खनालले जनतालाई सास्ती दिने र आतंक मच्चाउने गुन्डाहरूलाई अब प्रहरीले नछाड्ने र निमिट्यान्न पारेरै छाड्ने बताए ।
सानो सानो समूह बनाउने र आफ्नो टोलतिर धम्क्याउादै लुटपाट गर्ने समूह सक्रिय हुन थालेको भन्दै खनालले तिनीहरूविरुद्ध प्रहरी कठोर हुने संकेत दिएका छन् ।
बिहीबार चारवटा मोटरसाइकलमा अन्य सहयोगीसहित हुइाकिइरहेका जसवन्त राईलाई बिजुलीबजार पुलनजिकै आएपछि महाशाखाको टोलीले रोक्न खोज्यो । तर, उनी रोकिएनन् । जब प्रहरीले अगाडिबाट राईको मोटरसाइकल रोक्न खोज्दा उनले प्रहरीमाथि रडले आक्रमण गर्न खोजेको एसएसपी खनाल बताउाछन् । राईले जब प्रहरीमाथि नै आक्रमणको प्रयास गरे, त्यसपछि महाशाखाको टोलीले दुई गोली प्रहार गर्यो । तिघ्रामा दुई गोली लागेर लडेका राईलाई प्रहरीले तत्कालै अस्पताल पुर्यायो । चोभारतिर घर भएका राईको गुन्डागर्दीको इतिहास खासै लामो छैन । उनले बाफललाई आधार बनाएर गुन्डागर्दी गर्दै आएका समीर बस्नेतको सहयोगीका रूपमा काम गरिरहेको प्रहरीको दाबी छ ।
समीरको मुख्य सहयोगीका रूपमा काम गर्ने राईले आफ्नै समूह बनाउने तयारी गरिरहेको प्रहरीको भनाइ छ । उनको उपस्थितिलाई प्रहरीले पछिल्लो समय निकै चुनौतीका रूपमा लिएको थियो । समीरको आडमा गुन्डागर्दी गर्दै आएको भनिएका राई प्रहरीको पक्राउ सूचीमा थिए । राई तीनभन्दा बढी ज्यान मुद्दा एवं केही सार्वजनिक मुद्दा खेपेर पनि फरार अभियुक्तका रूपमा गुन्डागर्दी गरिरहेका थिए । राईले आतंक मच्चाएर दु:ख दिएको भन्दै बाफल, कलंकी र कालीमाटी क्षेत्रका स्थानीयले उनीविरुद्ध प्रहरीसमक्ष उजुरी दिएका थिए । डान्स बार, रेस्टुरेन्टमा आउने र पैसा तिर्नुको सट्टा उल्टै धम्क्याउने, सिसी फुटाउनेजस्ता हर्कत राईले देखाएको भन्दै स्थानीयले सर्वेन्ऽ खनालसमक्ष गुनासो सुनाएका थिए ।
कलंकीको तरकारी बजारमा राईले धम्क्याएर पैसा असुल्ने र नदिए कुटपिटसमेत गरेको स्थानीयको गुनासो थियो । एक साताअघि स्थानीयवासीले सामूहिक रूपमा अपराध महाशाखाका एसएसपी सर्वेन्ऽ खनाललाई भेटेर राईको हर्कतबारे जानकारी गराएका थिए । सोही उजुरीका आधारमा चार दिनदेखि खोजी गरेर जसवन्तलाई पक्राउ गर्न अपराध महाशाखाले अन्तत: गोली नै चलाउनुपर्ने अवस्था आयो । प्रहरीको गोली लागेर घाइते भएका जसवन्त राई काठमाडौंमा खासै चल्तीका गुन्डा होइनन् । तर, तिनै गुन्डा असुरक्षाको कारण बनेपछि स्थानीय नागरिक प्रहरीसमक्ष पुगेका थिए । पछिल्लो समय जसवन्तजस्तो स्थानीय स्तरमा दादागिरी देखाएर आतंक मच्चाउने समूह टोलटोलमा सक्रिय हुन थालेको सूचना प्रहरीले पाएको छ ।
अघिल्लो दुई वर्ष चल्तीका गुन्डाहरू दिनेश अधिकारी ‘चरी’ र कुमार घैंटेको प्रहरी इन्काउन्टरमा ज्यान गयो । यो घटनापछि काठमाडौंका चल्तीका गुन्डाहरू आफैं ओझेल परेको प्रहरीको दाबी छ । विशेष गरेर गणेश लामा, चक्रे मिलन, चक्रेका भाइ तेजेन्ऽ गुरुङ, दीपक मनाङेलगायत पुराना व्यक्तिहरू अहिले सुस्ताएका छन् । तर, प्रहरीले उनीहरूको निगरानी गर्न भने छाडेको छैन ।
विजय गच्छदारको पार्टीको नेतासमेत रहेका गणेश लामा थाइल्यान्ड र नेपाल ओहोरदोहोर गरिरहेका छन् भने चक्रे मिलनले अहिले पनि धम्क्याएर पैसा असुल गर्ने गरेको गुनासो आईजीपीको सचिवालयसम्म पुगेको छ । चक्रेका भाइ तेजेन्द्र मकाउतिर पुगेका छन् । बाहिरी रूपमा केही सुस्तजस्तो देखिए पनि स्वयम्भू क्षेत्रका गुन्डा नाइके बाघे लामाले भित्रभित्र धन्दा चलाउन छाडेका छैनन् । बालुवा ठेक्काको पुरानो धन्दादेखि इचंगुनारायणमा वार्षिक ६ करोड रुपैयााभन्दा बढी बजेट आउने उपभोक्ता समितिको अध्यक्षसमेत उनै बाघेले हडपेको प्रहरी स्रोत बताउाछ । बाघेले प्रहरी कारबाहीको सूचनाका लागि अपराध महाशाखाकै कतिपय पुराना कर्मचारीलाई मोटै रकम बुझाउने गरेको प्रहरी स्रोतको दाबी छ ।
राजधानीको मुटु मानिने पर्यटकीय क्षेत्र ठमेललाई एकताका दीपक मनाङेले एकछत्र राज गरे । सो राज तोड्न चक्रपथमा अर्का गुन्डा मिलन चक्रेको उदय भयो । सोही क्रममा दर्जनौं ग्याङ वार पनि भए, कतिका हात काटिए, कतिका गर्धन । तर, नेपाल प्रहरीको सक्रियतासागै अहिले मनाङे–चक्रे छाया परेर त्यहााको व्यापार–व्यवसाय हत्याउन नयाा–नयाा गुन्डाको उदय हुने क्रम जारी छ । ठमेलमा विभिन्न रेस्टुरेन्टमा बाउन्सरका रूपमा काम गर्ने वकिल बमको अहिले गुन्डागिरी चर्किएको छ । कहिले फायर क्लबमा त कहिले आफ्नै क्लबमा मान्छे कुटेर विवादमा पर्दै आएका वकिल बमले एक्कासि करोडौं रुपैयाा एक नयाा क्लबमा लगानी गरेपछि ठमेलमा हलचल मच्चिएको हो ।
बाउन्सरको काम गर्ने वकिल बमसाग रातारात कसरी करोडौं रकम आयो ? यस्तै प्रश्न उठिरहेकै बेला बमको लगानी रहेको इविजा डिस्कोको उद्घाटन केही समयपहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतले गरे । सरकारको सम्मानित पदमा रहेका राज्यमन्त्री महत एउटा क्लबको उद्घाटन गर्न पुगेपछि उनको हैसियतमाथि नै प्रश्नचिह्न खडा भयो भने उनको कनेक्सन गुन्डासम्म रहेको पुष्टि भएको छ । एक विवादास्पद व्यक्तिको लगानी रहेको इविजा डिस्को उद्घाटन गर्न किन राज्यमन्त्री महत पुगे ? शंका उब्जेको छ ।
केही पहिले डन दिनेश अधिकारी उर्फ चरीको इन्काउन्टर गरेपछि डनगिरी शान्त भएको थियो । अहिले फेरि राजनीतिक आडमा वकिल बमहरू भने डनगिरी गर्न थालेका बताइन्छ । विगत सात महिनादेखि सञ्चालनमा आएको इविजा क्लबमा प्रहरीको समेत लगानी भएको आशंका गरिएको छ ।
उक्त डिस्को फायर क्लब सञ्चालन गरिरहेका दवाङ तामाङ, राजु दुनै, राम थापा र बमलगायतको समूहले सञ्चालनमा ल्याएको हो । क्लबमा २ करोडभन्दा बढी लगानी रहेको बताइएको छ । ठमेलकै अर्का गुन्डा राम गिरीको समूहले पनि आधा दर्जन बार, रेस्टुरेन्ट तथा डिस्को सञ्चालन गरिरहेको छ । गिरीले समेत नेपाल प्रहरीका केही भ्रष्ट हाकिमहरूको पैसा लगानी गरिरहेका छन् । लौनचौर वृत्तमा डीएसपी सोमेन्ऽसिंह राठौंर आएलगत्तै गिरी भने युरोपको भ्रमणमा निस्किएका छन् । गिरी र अन्य गुन्डाहरूको समूहलाई प्रहरीले कडा निगरानी सुरु गरेको छ । उता, ठमेलमा गुन्डागर्दी गरेकै कारण विगतमा पनि बमलाई तत्कालीन एसएसपी रमेश खरेलले पक्राउ गरी मुद्दा चलाएका थिए । ललितपुरमा मीनकृष्ण महर्जनले कांग्रेसको आडमा धन्दा चलाइरहेका छन् । उनीविरुद्ध पनि अपराध महाशाखामा उजुरी परेको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
Leave a Reply