वान बेल्ट वान रोड र नेपाल
विश्वयुद्धपछि चीन वा पूर्व एसियाको विकास मोडल फरक ढंगले आएको छ । त्यो सफल पनि भएको छ । तर, हाम्रो साहित्य, पठनपाठन र विश्वविद्यालयका किताबहरूमा ती कुराहरू त्यति आउादैनन् । हाम्रा प्राय: किताबहरू युरोपेली वा अमेरिकी विद्वान् वा प्रोफेसरहरूले नै लेखेका छन् । थपमा हामी भारतीयहरूले लेखेका किताबहरू पढ्छौं । हामी चिनियाा ‘वान बेल्ट वान रोड’, जुन अहिले छलफल गरिरहेका छौं, यसका रणनीतिक कारणहरू जे होलान्, तर मूल जिनेसिस पूर्वी एसियाको हार्ड वायरसाग जोडिएको छ । जापान, कोरिया, ताइवान, चीनलगायतका पूर्वी एसियाका देशहरूले प्राप्त गरेको सफलता नै हार्ड वायर विकाससाग जोडिएको छ । यसमा समान कन्फुसियस मूल्य–मान्यतालाई पनि समेटेको छ ।
जापानको सन् १८६८ को मैजी क्रान्तिताका जापानी क्रान्तिकारीहरूको औसत उमेर २६ वर्ष मात्र थियो । नयाा र पुरानो पुस्ताबीचको संघर्षमा पुरानो पुस्ता हार्यो । उनीहरूले पदका लागि कुनै छिर्के दाउ नखेली नयाा पुस्तालाई पुरै जिम्मा सुम्पिए । सामुराई कल्चरमा हुने यो एउटा भऽ सहमतिजस्तै थियो । औसत २६ वर्ष उमेरका कााचा युवाका अगाडि देशलाई नयाा कुरा दिनुपर्ने चुनौती आइलाग्यो । भनिन्छ कि जापानीहरू पर्खिंदैनन् । विकास हासिल गर्न कहााबाट सिक्ने भन्ने समस्या आइलाग्यो ? जापानी संस्कृति, अक्षर, भाषा र दर्शन आदि चीनबाट धेरै प्रभावित छ । बूढाहरूको सल्लाह चीनमा जाऊ भन्ने थियो, तर युवाले त्यसबेलाको चिनबाट कन्फुसियन दर्शन संस्कृतिको कुरा सिक्न सकिने भए पनि ठ्याक्कै गर्ने कुराचाहिा अमेरिका र युरोपबाट पाइन्छ भन्ने टुंगोमा पुगे ।
सन् २००८ को आर्थिक संकट नभएको भए चीनको यो ऽुतगतिको रेल यसरी आउादैनथ्यो । जापान, जर्मनी, बेलायतका कम्पनीहरूमा आएको संकटले गर्दा त्यो अवसर चिनियााहरूले प्रविधि हस्तान्तरणमा प्रयोग गरे । अर्को कुराचाहिा त्यो स्टिल उत्पादन क्षमता होस् या ठेक्का वा परामर्श होस् चीनका निर्माण कम्पनीहरूले अतिरिक्त क्षमता बनाइसकेका छन् । यसरी हेर्दा व्यापक पुाजी, निर्माण कम्पनीको अतिरिक्त क्षमता, प्रविधि निर्माण र सबै बाटाहरू चीन जोड्ने उद्देश्यको समष्टिगत रूप नै वान बेल्ट वान रोड हो ।
अनि उनीहरूले कतिसम्म गरे भने पााच वर्षकी बच्चीलाई क्यालिफोर्नियाको स्कुलमा भर्ना गरे । विश्वविद्यालयसम्म पढेर आइसकेपछि सार्वजनिक शिक्षा राम्रो बनाउन उसैलाई जिम्मा लगाइदिए । आज जापानको शिक्षा विकसित देशहरूको संगठन अर्गनाइजेसन फर इकोनोमी को–अपरेसन एन्ड डेभ्लोप्मेन्ट ( ओईसीडी) देशहरूमा सबैभन्दा राम्रो मानिन्छ । भौतिक विकासका लागि रेलमार्गको महत्त्व बुझे, तर पुाजी र प्रविधि शून्य थियो । सबै बेलायतबाट आयात गरे । रेलको सुरुका एक दुईवटा आयोजनाको निर्माणको सिलसिलामा नै सबै प्रविधि हस्तान्तरण गरे । अहिले जापान रेल प्रविधिमा संसारमै अग्रस्थानमा छ । जापानका मैजी नेताहरूले पश्चिमी देशबाट सिकेको कुरा आफ्नो सन्दर्भमा ढालेर लागू गरे ।
सिक्ने सन्दर्भमै हामी हाम्रो विकासका लागि चीनको यो विकास अनुभवबाट कहाा सिक्न सक्छौं भनेर हेर्दा हाम्रो सोचाइ धेरै जड प्रकारको छ । अर्कोतर्फ हामी बढी प्रतिक्रियात्मक र सीधा असर पर्ने गरी कुरा गर्दछौं । तर जापानी, कोरियाली वा चिनियााहरूको के छ भने कन्फुसियस मूल्य–मान्यताका कारण पनि कुनै विकास नीतिलाई हाम्रोजस्तो सतही तरिकाले हेर्दैनन् । उनी प्रणालीगत रूपले विकासलाई हेर्दछन् । हामीले धेरै कुरा पश्चिमी रेस्नालिटी जो आफैंमा जड खालको पनि छ, त्यसबाट बढी भर परेका छौं । तर, जापानीहरूले ६०–७० को दशकमा व्यवस्थापन र प्रविधिमा जे उपलब्धि हासिल गरे, त्यसलाई कतिपय पश्चिमा विद्वान्हरूले आलोचना गरे पनि अहिले ती मोडलका धेरै कुरा स्थापित भइसकेका छन् ।
हामीले पनि धेरै विकासको सफ्ट मोडलमा ध्यान दियौं । हाम्रो विकास बहसमा समाजशास्त्र, दर्शन, इतिहास, राजनीतिवाद आदि सफ्ट सेक्टरमा जोड दिइयो । हुादै जाादा हामीले हाम्रो विविधतालाई पनि विशृंखलित बनायौं । मधेस पहाडको उठेको समस्या पनि यस्तै सिकाइका कारणले हो । ठाउा विशेषको अर्थतन्त्र मानवीय वा प्राकृतिक विविधताले निकै ठूलो महत्त्व राख्दछ । तर, हामीले त्यसलाई समस्याका रूपमा बुझ्ने गरेका छौं । विविधता वास्तवमै हाम्रा लागि अवसर हो ।
हामी इन्जिनियरिङको भाषामा पूर्वाधार र कनेक्टिभिटीले भूगोललाई परिवर्तन गर्दछ भन्ने ठान्छौं । भूगोल अपरिवर्तनीय कुरा होइन । जस्तै : एअरपोर्टको सुविधाका कारण विराटनगर रसुवाभन्दा नजिक छ र हामी बिहान गएर मिटिङ सकेर फर्किन सक्दछौं ।
चीनको हालको पााच वर्षीय योजनामा औद्योगिकीकरण, विकास र पूर्वाधारमा लगानी पश्चिमी भागमा केन्ऽित गरिएको छ । हामी पूर्वाधारको सञ्जालमा हिमालय सीमापार जोडिन सक्दा व्यापारको कुरा मात्र होइन, विश्वव्यापी मूल्य शृंखलामा अभिन्न रूपले जोडिन पुग्नेछौं । चीन अब सस्तो उत्पादन मात्र होइन उच्च र सघन उत्पादनतर्फ पनि जाादै छ । नेपाल त्यो मूल्य शृंखलामा जोडिन सक्छ । हाम्रा लागि भारतसागको मूल्य शृंखलामा जोडिनुभन्दा चीनसागको मूल्य शृंखलामा जोडिनुभन्दा बढी फाइदाजनक छ ।
डाक्टर शर्माले पनि उल्लेख गर्नुभएको छ कि विश्व इतिहासमा यति छोटो समयमा चीनले जस्तो अर्थतन्त्र, प्रविधि, पूर्वाधारलगायतका क्षेत्रमा कसैले पनि प्रगति गरेको छैन । वास्तवमा वान रोड वान बेल्ट ‘सबै बाटो रोम जान्छन्’ चिनियााहरूको उखानको पूनरावृत्ति हो । उनीहरू सबै बाटोघाटो र प्रविधि विकास चीनसाग जोडियोस् भन्ने चाहन्छन् । सिल्क रोड वा वान बेल्ट वान रोड पनि यही नै हो । चिनियााहरूसाग अहिले ३.५ ट्रिलियन (३ हजार ५ सय अर्ब) डलरको वैदेशिक मुऽा सञ्चिति रहेको छ । भारतको विदेशी मुऽा सञ्चिती तुलना गर्दा चीनको दश भागको एक भाग हो । चीनसाग रहेको त्यो पुाजी र पूर्वाधारमा हाल विकास गरेको प्रविधिको बलमा यो काम गर्न खोजिरहेको छ । एक इन्जिनियरिङको विद्यार्थीको दृष्टिबाट हेर्दा चीनले हाई स्पिड रेलमा गरेको प्रविधिले आश्चर्यमा पारेको छ । सन् १९९५–९६ तिर चिनियााहरूले ऽुतगतिको रेल बनाउने कुरा चल्दा उडाउने गरिन्थ्यो । जापानमा त्यो आउन ६० वर्ष लाग्यो भनेर भनिन्थ्यो । के पनि भनिन्छ भने सन् २००८ को आर्थिक संकट नभएको भए चीनको यो ऽुतगतिका रेल यसरी आउादैनथ्यो । जापान, जर्मनी, बेलायतको कम्पनीहरूमा आएको संकटले गर्दा त्यो अवसर चिनियााहरूले प्रविधि हस्तान्तरणमा प्रयोग गरे । अर्को कुराचाहिा त्यो स्टिल उत्पादन क्षमता होस् या ठेक्का वा परामर्श होस्, चीनका निर्माण कम्पनीहरूले अतिरिक्त क्षमता बनाइसकेका छन् । यसरी हेर्दा व्यापक पुाजी, निर्माण कम्पनीको अतिरिक्त क्षमता, प्रविधि निर्माण र सबै बाटो चीन जोड्ने उद्देश्यको समष्टिगत रूप नै वान बेल्ट वान रोड हो ।
सबै बाटो रोम जान्छन् भन्ने सूत्र मान्ने हो भने पनि नेपालको सन्दर्भमा चीनसाग हामी पूर्वाधारले जोडिन पुग्दा भारतभन्दा पनि हामी बढी लाभमा हुन्छौं । अर्को ध्यान दिनुपर्ने कुरा के हो भने चीनको हालको पााच वर्षीय योजनामा औद्योगीकरण, विकास र पूर्वाधारमा लगानी पश्चिमी भागमा केन्ऽित गरिएको छ । हामी पूर्वाधारको सञ्जालमा हिमालय सीमापार जोडिन सक्दा व्यापारको कुरा मात्र होइन, विश्वव्यापी मूल्य शृंखलामा अभिन्न रूपले जोडिन पुग्नेछौं । जस्तै : आइफोन । अमेरिकी कम्पनी आइफोनको ८० प्रतिशतभन्दा बढी सामान चीनमा बन्दछ । चीन अब सस्तो उत्पादन मात्र होइन, उच्च र सघन उत्पादनतर्फ पनि जाादै छ । नेपाल त्यो मूल्य शृंखलामा जोडिन सक्छ । हाम्रा लागि भारतसागको मूल्य शृंखलामा जोडिनुभन्दा चीनसागको मूल्य शृंखलामा जोडिनु बढी फाइदाजनक छ । तर, यो विषय हामी कहाा कमै छलफल भएको छ । जस्तै : उदाहरणका लागि इलेक्ट्रोनिक र सेमिकन्डक्टर उद्योगहरूका लागि प्रदुषणमुक्त वातावरण हुनुपर्दछ । युरोप, अमेरिकामा यस्ता उद्योगहरू दूरदराज जंगलको छेउछाउमा हुने गर्दछन् । यातायात र ऊर्जा सञ्जाल हुन सक्दा हाम्रो हिमालय आसपासका क्षेत्रमा भएको स्वच्छ वातावरणका कारण यस्ता उद्योगहरू स्थापना गर्न सजिलो हुनेछ । तर, हामीले औद्योगिकीरणको यो अन्तरसम्बन्ध देख्नै सकेका छैनौं । त्यसैले, हाम्रो पूर्वाधार विकासका लागि र औद्योगिकीकरणका लागि यो निकै ठूलो अवसर हो ।
दुईतीन वर्षयता यो विषय छलफलमा आए पनि हाम्रो सरकारी निकायले यसका बारेमा न गहिरो अध्ययन भएको छ, न त प्रर्याप्त बहस भएको छ । सरकारी तहमा पनि यस विषयमा अध्ययन अनुसन्धान हुनु जरुरी छ । राजनीतिक नेतृत्व र संसद्हरू समेत संलग्न भई यस विषयमा अलि गहिरो अध्ययन अनुसन्धान आवश्यक छ ।
नेपाल रिडर्डस डटकमबाट
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply