गजलमा युवा हस्तक्षेप
२०३५–३६ सालयता नेपाली गजलले पुनर्जीवन पाएपछि अहिले साहित्य–वृत्तमा धेरै नै फस्टाएको विधाका रूपमा गजल स्थापित हुन पुगेको छ । नेपाली गजललाई नयाँ रूप र पहिचानसहित साहित्यमा पुनःस्र्थापित तुल्याउने स्रष्टादेखि नितान्त नवस्रष्टाहरू समेत यो विधामा लोभिएका छन् । काठमाडौंमा रहेर साहित्य साधना गर्ने मात्र होइनन्, दूरदराजमा रहेका स्रष्टाहरूले समेत गजललाई आत्मीय विधाका रूपमा स्विकार्दै लेखन कार्यमा निरन्तर छन् । अग्रज गजल–स्रष्टा ज्ञानुवाकार पौडेलको संयोजकत्वमा प्रकाशित कैफियत नेपाली गजल विधामा उदीयमान २० जना आशलाग्दा गजल–स्रष्टाहरूका रचना समेटिएको कृति हो ।
निश्चय नै आजका युवाहरू गजल लेखनमा समर्पित ढंगले लागिरहेका छन् । साहित्यका अरू विधामध्ये गजललाई खासै मिहिनेत गर्नुनपर्ने विधाका रूपमा स्विकार्ने र गजललाई साहित्य नै नमान्ने पंक्तिसमेत जन्मिएका बेला युवा स्रष्टाहरूका गजल संसारमा डुबुल्की मार्ने हो भने धेरै नै आशा र भरोसा उत्पत्ति हुन्छ । हुकुम ठिमा धड्कनका गजलका यी पंक्तिहरूले नयाँ पुस्ताको गजल लेखनको स्तर पक्कै पनि मापन गर्छ– सम्झौता र विवाद कति भए कति÷जीवनका अनुवाद कति भए कति÷आजादी खोज्ने धर्तीका छोराहरू÷पिँजडाभित्र आजाद भए कति कति ।
बीसजना स्रष्टाका बीसै थान गजल समेटिएको कैफियतका अर्का स्रष्टा विपीन तुफान सलामी भने यसरी खुलेका छन्– चेहरा देखिएन ऐनासम्म पुगेर÷फर्किएछ उज्यालो कोठासम्म पुगेर÷बन्द कोठाबाट कोही चिच्याइरह्यो÷फर्कियो आवाज भित्तासम्म पुगेर । तर, सलामीले आफ्नो गजलमा उर्दू र हिन्दी शब्दहरू भरमार प्रयोग गरेका छन्, उनले नेपाली शब्द प्रयोगमा जोड दिनु नै उपयुक्त हुने देखिन्छ । अर्का स्रष्टा नवीन चिराग भने केही फरक देखिन्छन् लेखनमा । उनी लेख्छन्– सुन होला लंकामा कुरै बुझ्नु हुन्न÷म आफैं सुदामा कुरै बुझ्नुहुन्न÷कति सानो दाग नि दुरुस्तै देखिन्छ÷सुकिलो लुगामा कुरै बुझ्नुहुन्न ।
निश्चल परदेशी आशलाग्दा प्रतिभा देखिन्छन् । वर्तमानका जल्दाबल्दा विषयहरूलाई लेखनको विषय बनाउने उनी लेख्छन्– मेरा दुःख अगाडि, पिर अगाडि÷चोट नै चोट छन् शरीर अगाडि÷उनी देशको नक्सा देखाउँदै थिइन्÷सहिद श्रीमान्को तस्बिर अगाडि । गरिबी र दरिद्रताले थिचेर बाँचिरहेका नेपालीहरूको हालत कस्तो छ ? यसको सटीक जवाफ भने नवीन नेपालले आफ्ना गजलमार्फत पस्किन चाहेका छन् । उनी लेख्छन्– शासकका खरा उर्दी सुनेर÷डराएछ बिचरा उर्दी सुनेर÷डोजर आउनुअगाडि निस्केर÷भत्काएछ टहरा उर्दी सुनेर ।
यी स्रष्टाबाहेक कैफियतमा आबद्ध हेमप्रकाश मञ्जिल, महेन्द्र चन्द महासागर, क्षितीज समर्पण, जीवन सरोवर, ऋषि शर्मा सुदामा, विद्या निर्दोष पहाडी, विज्ञान कँडेल, सीता श्रेष्ठ, अन्जु स्मारिका, शिशिर भट्टराई, विनीता कार्की, जनक घिमिरे, पहल असीम थापा, दिनेश घोडासैनी र कमल संघर्षका गजलहरू अध्ययन गर्दा अब गजल लेखनका अग्रजहरू मनु ब्राजाकी, ज्ञानुवाकर पौडेल, ललिजन रावल, रवि प्राञ्जलहरूको बिँडो थाम्न यी प्रतिभाहरू सक्षम भइसकेको सहजै अनुमान लगाउन सकिन्छ । पौडेलले लेखेका पनि छन्, गजल विधामा देखाइएको यो सिर्जनात्मक उत्साह र तत्परता देखेर मलाई जति रमाइलो र खुसी लागिरहेछ, यो कृतिले नेपाली गजलको भविष्यमा पार्न सक्ने प्रभावबारे सोचेर त्योभन्दा बढी रोमाञ्चित भइरहेको छु ।
अतः अचेलका युवाहरू कुन स्तर र गुणका गजलहरू लेखिरहेका छन् र उनीहरूले नेपाली गजलको उच्च, समृद्ध र गौरवमय परम्परालाई निरन्तरता दिन सक्छ कि सक्दैन ? भन्ने जवाफको सही उत्तर कैफियतभित्रका गजलहरू पढे स्
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply