मन्त्रीकै सूचीअनुरूप व्यापक सरुवा
काठमाडौं । केही दिनअघि नेपाल विद्युत्् प्राधिकरणका २ हजार ५ सय कर्मचारीको सरुवा भयो । उक्त सरुवालाई विद्युत्् चोरी प्रकरणसँग जोड्ने कामसमेत भयो । विगतमा लोडसेडिङ हुनुमा प्राधिकरणका कर्मचारीहरूको विद्युत् चोरीमा रहेको संलग्नतालाई जोडिए पनि कर्मचारीहरूको सरुवा हुनुमा अरू नै कारण जोडिएको पाइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चाहना एकै दिन त्यति ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गर्ने थिएन । किनकि, फागुन १८ गते प्राधिकरणका आधिकारिक टे«ड युनियनको निर्वाचन हुन लागेको हुँदा ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गर्दा आफूलाई सहयोग गर्दै आएका कर्मचारीहरूसमेत रुष्ट हुने अनुमान गरेर कार्यकारी निर्देशक घिसिङले कर्मचारी सरुवामा चाहना नराखेको बताइन्छ ।
सूत्रका अनुसार कर्मचारीहरूको सरुवालाई विद्युत् चोरी प्रकरणसँग जोड्ने काम भए पनि एकै दिन ठूलो संख्यामा सरुवा गरिनुमा टे«ड युनियनको निर्वाचनलाई प्रभावित पार्ने उद्देश्य रहेको बताइन्छ । कर्मचारीहरूको सरुवाको सूची पनि घिसिङको निर्देशनमा नबनेको बुझिएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले निर्देशन दिएपछि प्राधिकरणको माओवादी केन्द्रनिकट कर्मचारी युनियनले सरुवाको सूची बनाएको बताइन्छ ।
तर, निर्वाचनलाई प्रभावित तुल्याउन ठूलो संख्यामा कर्मचारीको सरुवा गरिए पनि टे«ड युनियनको निर्वाचनमा एमालेनिकट कर्मचारी संगठनले नै बाजी मार्ने देखिएको छ । ११ वर्षपछि हुन लागिरहेको टे«ड युनियनको निर्वाचनमा प्राधिकरणका करिब ९ हजार कर्मचारीले भाग लिँदै छन् । तर, प्रतिस्पर्धा भने एमाले र कांग्रेसनिकट कर्मचारी संगठनबीच नै हुने देखिएको छ । यी दुई संगठनबाहेक माओवादी केन्द्र र राप्रपानिकट कर्मचारीहरूको संगठनले पनि चुनावमा भाग लिँदै छन् ।
२०५५ सालमा भएको आधिकारिक टे«ड युनियनको निर्वाचन अहिले छैटौंपटक हुन लागेको हो । यसअघि एमालेनिकट कर्मचारी संगठनले पाँचपटक र कांग्रेसनिकट संघले एकपटक चुनाव जितेको थियो । यसपटक भने एमालेनिकट संगठनको पकड बलियो भएको हुँदा आफूहरूले नै चुनाव जित्ने संगठनका अध्यक्ष रामेश्वर पौडेलले बताए । उनले भने, ‘हामी १ हजार मतको अन्तरमा चुनाव जित्छौं ।’
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply