छिमेकी साट्न मिल्दैन तर सम्बन्ध परिवर्तन हुन्छ
विश्वको इतिहासमा अहिलेको समय तेस्रो चरणको एसियाली युग हो । पहिलो चरण इसापूर्वको ६ सयदेखि इस्वी सन् २०० सम्मको ८ सय वर्षको युग हो । यस युगलाई छोट्ट्याएर ४–५ सय वर्षको भने पनि हुन्छ वा करिब ८ सय वर्षको भने पनि हुन्छ । दोस्रो एसियाली युग सन् ११०० देखि १६५० सम्मको समय हो । अहिले हामी तेस्रो एसियाली युगमा छौं ।
राज्यहरूको उदय, पतन, बन्ने वा टुक्रिने काम किन हुन्छ ? अहिले नेपालको सन्दर्भमा पनि यो निकै महŒवपूर्ण छ जस्तो लाग्छ । सबैभन्दा पहिले यस्तो मुलुक बिग्रने, भत्किने, विकास नहुने, टुक्रिने धेरै कारण हुन्छन् । त्यसमध्ये तीन–चारवटा कारणहरूबारे म यहाँ छलफल गर्नेछु ।
पहिलो, विभिन्न प्रकारका सामाजिक तŒवहरू, जस्तो किन टोलको दादा, राजाकाजी, कुलीन वर्गदेखि पार्टी र पार्टीभित्र पनि गुट आदिले उत्पादक वा व्यापारीबाट पैसा लुट्छन् । त्यसले जाँगर पनि मार्छ, लगानीका लागि थप पैसा पनि हुँदैन अनि किन काम गरिराख्ने भन्ने हुन्छ । पुँजी नै हराएर जान्छ । लगानी गर्नुपर्ने पैसा अर्कैतर्फ चुहिएर जान्छ । यस्तो व्यवस्थामा नवप्रवद्र्धक, उद्यमशील, उत्पादकबाट स्रोत तथा सम्पदा खिचिन्छ । जस्तो ः राणाकालमा देशको बजेट र राणा परिवारको बजेटमा केही फरक थिएन । उठेको राजस्वमा खर्च गरेर जे–जति बाँच्यो, यो प्रधानमन्त्रीको कोषमा जान्थ्यो ।
मधेस–पहाडको सन्दर्भमा कुरा गर्दा राजनीतिक र सांस्कृतिक रूपमा पहाडले लामो समयसम्म मधेसलाई थिचेको हो, तर आर्थिक रूपमा होइन भन्ने मेरो दाबी रहँदै आएको छ । खासगरी लोकतन्त्रकालमा जनताको आवाज उठ्नु स्वाभाविक हो, किनकि लोकतन्त्रभन्दा अन्य समयमा यस्तो असमानता क्षम्य हुन्छ । अन्य अवस्थामा मानिस बोल्न नसक्ने अवस्थामा हुन्छ । लोकतन्त्र आएपछि मुख खुल्छ ।
दोस्रो, जब समाजमा असमानता धेरै हुन्छ वा त्यसको दर बढ्दै जाने क्रममा राज्य भत्किने, बिग्रिने, टुक्रिने आदि प्रक्रिया हुन्छ । असमानता भनेको मूल रूपमा आर्थिक हो, तर सामाजिक र राजनीतिक असमानता पनि यसैभित्र पर्छ । अहिलेको नेपालमा यस्ता धेरै विषय देखिन्छन् । विभिन्न जात, दलित, गैरदलित, मधेस, पहाड आदि । मधेस–पहाडको सन्दर्भमा कुरा गर्दा राजनीतिक र सांस्कृतिक रूपमा पहाडले लामो समयसम्म मधेसलाई थिचेको हो, तर आर्थिक रूपमा होइन भन्ने मेरो दाबी रहँदै आएको छ । खासगरी लोकतन्त्रकालमा जनताको आवाज उठ्नु स्वाभाविक हो, किनकि लोकतन्त्रभन्दा अन्य समयमा यस्तो असमानता क्षम्य हुन्छ । अन्य अवस्थामा मानिस बोल्न नसक्के अवस्थामा हुन्छ । लोकतन्त्र आएपछि मुख खुल्छ । संविधान, कानुनमा त्यो बोल्न पाइने व्यवस्था हुन्छ । मानिस संगठित पनि हुन्छन् अनि वाक स्वतन्त्रताको पनि व्यवस्था भएको हुन्छ । तर, यसलाई उचित व्यवस्थापन गर्न नसक्दा राज्य एकदमै धरापमा पर्छ ।
तेस्रो, औपनिवेशिक शोषण हो, जसमा सबै केन्द्रतर्फ शोषणमा पर्छ ।
चौथो, विभिन्न क्षेत्रमा देखा पर्ने असन्तुलन । जुन–जुन मुलुक मिलेर बसेको हुन्छ, त्यस क्षेत्रमा असमानता धेरै भएपछि सम्बन्धमा असन्तुलन आउँछ । यसको मुख्य कारणमा आर्थिक वृद्धिको असमानता हो । आर्थिक वृद्धिको असमानतामा लगानी, दक्ष जनशक्ति, सैनिक क्षमतालगायत विभिन्न प्रकारका असन्तुलन कारक हुन सक्छन् । आधारभूत रूपमा भन्दा यो पुँजी निर्माणको असन्तुलन हो ।
त्यस्तो हो भने क्षेत्र किन महŒवपूर्ण भयो भन्ने प्रश्नबारे विचार गरौं । विगत २÷४ हजार वर्षको इतिहासमा अर्थतन्त्रको चक्रमा उतारचढावहरू देखिन्छन् । आधारभूत रूपमा भन्ने हो भने विकास एउटा मात्रै देशको हुँदैन, पुरै क्षेत्रको हुन्छ । क्षेत्र भनेको प्राकृतिक रूपमा कुनै निश्चित क्षेत्र होइन । क्षेत्र एउटा देशको मात्रै हुँदैन । यसमा ८÷१० वा २० वटा मुलुकको झुरुप्प विकास हुन्छ । एउटा मात्रै देशको विकास विरलै हुन्छ । आर्थिक विकास आधारभूत रूपमा क्षेत्रमा हुन्छ । आन्तरिक कारण पनि होला, तर त्यस क्षेत्रको देश भएको नाताले त्यसको विकास हुन्छ । त्यसैले, विकास भनेको क्षेत्रीय विषय हो । क्षेत्रको विकासबारे कुरा गर्दा ५०÷१०० वर्ष वा सोभन्दा अझै लामो समयका बारेमा सोच्नुपर्छ । अहिलेजस्तो कांग्रेस वा एमालेले दैनानुदिन के गर्छ भनेर सोचेर हुँदैन । यसका लागि क्षेत्रीय सोच ल्याउनुपर्दछ वा त्यो सोच ल्याउनका लागि विश्वभरको सोच आवश्यक पर्छ । यसरी व्यापक स्तरमा दीर्घकालीन सोचको योजना ल्याइएन भने दिनानुदिन मात्रै आज वा भोलि कसले कसलाई पछार्ने भनेर सोच्यौं भने अघि बढ्न सक्दैनौं ।
क्षेत्रको कोर, त्यसको मार्जिन र पेरिफेरी हुन्छ । क्षेत्र भन्नेबित्तिकै सोलोडोलो हुँदैन । योभित्र प्रशस्त रूपमा असमानता हुन्छ । प्रशस्त विविधता हुन्छ । क्षेत्रको विकास हुने पनि त्यसै कारणले हो । क्षेत्र भनेको ठूलो बजार हो । यो वस्तु, श्रम र लगानीका लागि ठूलो र विविधतायुक्त बजार हो । सस्तो वा महँगो ज्यालावाला पनि त्यही हुन्छन् । क्षेत्रले सबै विषयलाई एकै स्थानमा ल्याउँछ ।
आर्थिक विस्तार भएको तीनवटा एसियाली युगको देशहरूको विकास र अविकाशबारे कुरा राखें । विकास हुने वा नहुनेका माझ निकै उतारचढाव देखिन्छ । त्यस्तो किन हुन्छ ? त्यसको बीच–बीचमा के भयो ? क्षेत्र कुनै बेलामा खुम्चिन्छ कुनै समयमा फुक्छ । तेस्रो युगमा एसिया फुकेको समय हो । एसियाली क्षेत्र विस्तार भइरहेको समयमा नेपाल कहाँनिर छिर्ने भनेर छलफल गर्नु आवश्यक हुन्छ । अहिले हामी एउटा विशिष्ट ऐतिहासिक चरणमा रहेका छौं । सधैंको जस्तो समय होइन अहिले । विस्तारको यो चरणमा भारत र चीनको नीति के हुन्छ ? विस्तार हुने र खुम्चिने यो क्रममा पुँजीवादका केन्द्रहरू सरेका छन् । एकै स्थानमा छैनन् । पछिल्लो पाँच सय वर्षको इतिहास हेर्ने हो भने पनि सबैभन्दा विकसित क्षेत्र भनेको युनाइटेड प्रोभिन्सेस वा अहिलेको नेदरल्यान्डको क्षेत्र हो । ४÷५ सय वर्षअघि त्यो इलाका संसारको केन्द्र थियो । त्यसपछि बेलायत हो । बेलायत सूर्योदयदेखि सूर्यास्तसम्म एकछत्र राज्य राख्ने साम्राज्य भयो । पहिलो विश्वयुद्धमा केही र दोस्रो विश्वयुद्धपछि राम्रोसँग पुँजीवादी विकासको केन्द्र अमेरिकामा स¥यो । अहिले हामीले भन्न थालेका छांै कि त्यो एसियातर्फ स¥यो । त्यो सरेको नै हो । पहिले जापान हुँदै अहिले मूल रूपमा चीन र भारतमा स¥यो । अहिले चीन र भारत ठूलो आर्थिक सम्भावना भएको क्षेत्र भयो । अहिले भारतभन्दा चीन धेरै माथि छ, तर भारतले त्यसलाई भेटाउँछ भन्ने पनि रहेको छ । लामो समयका लागि हेर्ने हो भने चीन र भारतमध्ये छोटो समयका लागि चीन प्रधान रहेको छ । धेरै आधार हेर्दा भारतले चीनलाई भेट्टाउने देखिन्छ ।
छिमेकी साट्न मिल्दैन, तर छिमेकीसँगको सम्बन्ध परिवर्तन हुन्छ । क्षेत्र भनेको छिमेकबीचको सम्बन्ध हो । भौगोलिक क्षेत्र होइन । अनि, त्यो सम्बन्ध कस्तो कायम हुन्छ भन्ने कुरा आफ्नो विकास, सैनिकलगायतका विषयहरूले देखाउँछ । त्यसैअनुसार पुनर्गठन हुन्छ । छिमेकीलाई साट्न सकिँदैन, तर पुनर्गठन गर्न सकिन्छ । क्षेत्र भनेको कुनै प्रकृतिले बनाएको वा ऐतिहासिक कारणले हुने होइन । क्षेत्रका सीमाहरू निरन्तर रूपमा परिवर्तन भइराखेको हुन्छ । क्षेत्र भनेको भौगोलिक क्षेत्र होइन । कहिलेकाहीँ त्यो हो भनेर भान पार्न खोजिन्छ । पत्रिकामा के लेखिन्छ भने छिमेकी साट्न मिल्दैन हामीसँगै बस्नुपर्छ भनिन्छ । छिमेकी साट्न मिल्दैन, तर छिमेकीसँगको सम्बन्ध परिवर्तन हुन्छ । क्षेत्र भनेको छिमेकबीचको सम्बन्ध हो । भौगोलिक क्षेत्र होइन । अनि, त्यो सम्बन्ध कस्तो कायम हुन्छ भन्ने कुरा आफ्नो विकास, सैनिकलगायतका विषयहरूले देखाउँछ । त्यसैअनुसार पुनर्गठन हुन्छ । छिमेकीलाई साट्न सकिँदैन, तर पुनर्गठन गर्न सकिन्छ । हाम्रो ध्येय त्यो पुनर्गठन गर्ने हो । भारतको पनि हो । अझै बढी भन्ने हो भने छिमेक, क्षेत्र र विश्वमै सबै देशको त्यो हुनु स्वाभाविक नै छ । भारत त्यस्तो भयो भनेर अचम्म मान्नुपर्दैन यति मात्रै हो कि हामी पनि त्यस्तै हुनुप¥योे भन्ने मात्रै हो ।
(त्रिदेशीय सहकार्य र एसियाली युग शीर्षकमा नेपाल रिर्डस डटकममा प्रकाशित लेखको एक अंश)
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply