कि चुनाव गर्र्नुस् कि सरकार छाड्नुस्
देश कठिन मोडवाटबाट अघि बढिरहेको छ । संविधान घोषणा भएर आजसम्म आइपुग्दा पनि हाम्रो मुलुकले अझै पनि एउटा राजनीतिक यात्रा तय गर्न सकिरहेको छैन । यो दुर्भाग्यको कुरा हो । एउटा मुलुकमा लामो समयसम्म सक्रमणकाल रहन सक्दैन । छिटोभन्दा छिटो हामीले संक्रमणकालका अन्त गर्नुपर्छ र एउटा राजनीतिक स्थायित्व स्थापना गर्नुपर्छ भन्ने कुरामा नेकपा एमाले सदैव सचेत थियो, छ । तर अफसोच, नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा नेपाली कांग्रेस भन्ने यस्तो पार्टी छ जसलाइ कान ननिमोठीकन चल्दै चल्दैन । यसले इतिहासमा धेरै ठूला गल्तीहरु गरेको छ । नेपाली जनताले पटक–पटक आन्दोलन, संघर्ष र बलिदानीबाट ल्याएका परिवर्तनहरु नेपाली कांग्रेसको गलत नेतृत्वका कारण दुर्घटनामा पर्दै आएका छन् । ००७ सालपछि ०१५ सालको निर्वाचनमा नेपाली कांग्रेससँग के संसदमा सीट संख्या कम थियो ? दुइतिहाइ भन्दा वण्ी संख्या नेपाली कांग्रेससँग थियो । त्यो इतिहास नेपाली कांग्रेस थियो, जो आज छैन, भोली पनि कुनै हालतमा हुन सक्दैन । ०१५ सालको चुनावले त्यो सफलता दियो नेपाली कांग्रेसलाइ । तर नेपाली कांग्रेसको पार्टीभित्र त्यसको मात लाग्यो । उसले भर्खर उदाउँदै गरेको नेपालको बामपन्थी शक्तिलाइ नजर अन्दाज गर्यो । जसलाइ साथमा लिएर ००७ सालका उपलब्धीहरुलाइ रक्षा गर्नुपथ्र्यो । तर, कांग्रेसले त्यो काम गरेन । स्वयं कांग्रेस आफै एकतावद्ध हुन सकेन । कांग्रेसभित्रैको विभाजनको फाइदा उठाउदै राजा महेन्द्रले ०१७ सालमा कू गरे । विशेश्वरप्रसाद कोइराला जस्ता नेता हुँदा पनि कांगेसले त्यो कु लाइ थाम्न सकेन । त्यो घटना कांग्रेसको एउटा उन्मादको परिणाम थियो । यो देशको बामपन्थी, श्रमजीवि बर्गलाई, आन्दोलनलाइ नजरअन्दाज गर्ने, कमजोर आँक्ने कांग्रेसको त्यो अतिवादी दृष्टिकोणका कारण मुलुक एकपल्ट त्यहाँ दुर्घटनामा परेको थियो ।
०४७ को परिवर्तनपछि यो देशमा बामपन्थी आन्दोलन नेपाली कांग्रेसको कुममा कुम जोडाउने हैसियतमा आइपुगेको थियो । ००७ सालको क्रान्तिमा हाम्रो उपस्थिति कमजोर थियो, त्यो हामी मान्छौं । हाम्रा एजेण्डाहरु कमजोर थिए, किनभने हाम्रो संगठन नै बनिसकेका थिएनन् । हामी भर्खरै स्थापित हँदै थियौं । त्यो ००७ सालको क्रान्ति एएटा सुधारवादी बर्जुवाहरुकै नेतृत्वमा थियो, नेपाली कांग्रेसकै नेतृत्वमा थियो । त्यसपछिको राज्य व्यवस्थामा पनि हामीले नेतृत्वको दावी गरेनौं । किनभने, नेपालको बामपन्थी आन्दोलनले त्यो हैसियत बनाएको थिएन । तर ०४६ सालको आन्दोलनमा आइपुग्दा तत्कालीन नेकपा माले, बाममोर्चा देशको एउटा शसक्त राजनीतिक शक्तिको रुपमा उदय भएको थियो । र हामीले कांग्रेससँग सहकार्य गरेका थियौं,पंचायतका विरुद्धमा । जव पंचायत ढल्यो ,त्यसपछि कांग्रेस फेरी पुराना गल्ती दोहोर्याउने ठाऊमा गयो । हाम्रो पार्टीका तत्कालीन महासचिव मदन भण्डारीले पटक पटक सार्वजानकि ढंगले, पार्टीका निर्णयहरुवाट कांग्रेसलाइ जिरन्तर अपील गरिरहनु भयो–‘क्रान्तिको एउटा निश्चित कालसम्म त्यो क्रान्ति पछि पनि क्रान्तिका शक्तिहरु मिलेर जानुपर्छ ।’ यो दुनियाँमा भएका क्रान्तिबाट पनि शिक्षा लिने कुरा थियो । किन बेलायतमा प्रतिक्रान्ति भयो ? किन युरोपका थुप्रै क्रान्तिहरु प्रतिक्रान्तिमा परिणत भएका थिए ? किन क्रान्ति पछि पनि अधिनायकवादको जन्म भइरहेको थियो, दुनियाँमा ? यो कुरा हामीले दुनियाँका आन्दोलनहरुवाट शिक्षा लिदैं फेरी पनि नेपाली कांग्रेसलाइ भनेका थियौ मदन भण्डारीको अगुवाइमा । तर, कांग्रेसिले त्यसलाइ नेपालका बामपन्थीहरुको कमजोरीका रुपमा बुझ्यो । जसले गर्दा नेपाली कांग्रेससँग आमने सामने भचएर सभड्नु पर्ने अवस्था हाम्रो आयो । जुन कुरा हामी चाहिरहेका थिएनौं । त्यो हाम्रो एउटा बाध्यता थियो । नेपाली कांग्रेसको त्यो अहंकारलाइ तोड्ने उद्देश्यका साथ कृष्णप्रसाद भट्ट्राइको चुनाव क्षेत्रमा मदन भण्डारी स्वयंले उम्मेदवारी दिनु परेको थियो । कांग्रेसका अहंकारका केहि अंहशरु हामीले तोड्यौं तर मुलुक सही बाटोमा गएन । फेरी पनि नेपाली कांग्रेसका अहंकारले यो देशमा अतिवादी शक्तिहरुको जन्म भयो । ०५२ ािलदेखिको माओवादी हिंसा, कांग्रेसको त्यो अतिवाद,अहंकारको परिणाम थियो । त्यो अतिवादले फस्टाउने काम गर्यो । संसदीय ज्यवस्था, बहुदलीय व्यवस्थाप्रति प्रतिगामी शक्तिहरु, दरवारिया शक्तिहरु खुसि थिएनन् । त्यहि मौका उनीहरुले पनि उपयोग गरे ।
०४७ सालपछि नेपाली कांग्रेसले दुइ पटक बहुमत पायो–०४८ र ०५६ मा । ०४८ मा बहुमत पाएको कांग्रेसले त्यो संसदलाइ पुरा अवधी चल्न दिएन । ०५६ मा बहुमत पाएको कांग्रेसले प्रजातन्त्रलाइ लगेर तत्कालीन राजा ज्ञानेन्द्रलाइ बुझाउने काम गर्यो । यो सबै कांग्रेसको अतिवादी र अहंकारी दृष्टिकोणका कारण भएको थियो । बामपन्थीहरुलाइ, यो देशको एउटा महत्वपुर्ण राजनीतिक शक्तिलाइ नजरअन्दाज गर्ने कमजोरी नेपाली कांग्रेसले पटक–पटक दोहोर्याउदै आएको छ । दोस्रो संविधानसभा चुनाव पछि देशमा राजनीतक स्थायित्व कायम होस्, संविधान बनोस् भन्नका लागि हाम्रो नेतृत्वले सबैभन्दा अगाडी बढेर कांग्रेसका सभापति सुशिल कोइरालालाइ प्रधानमन्त्रीको प्रस्ताव राखियो । जुन कुरा कांग्रेसले सोचेकै थिएन । एमाले पनि हामीलाइ प्रधानमन्त्रीको प्रस्ताव राख्न आयो भनेर कांगे्रसले त तीन चित्त खायो । हामीले त्यो गुन लगायौं । संविधान निर्माणमा त्यसले एउटा महत्वपुर्ण भुमिका खेल्यो । तर, जव हामीलाइ समर्थन गर्नुपर्ने बेला आयो, कांग्रेस सहमतिवाट पछि हट्यो । हिमति तोडेर भाग्यो । जसले गर्दा संविधान निर्माणका पक्षधर शक्तिहरुका बीचमा मनमुटावको अबस्था सृजना भयो । नेपाली कांग्रेसको आजसम्मको इतिहासमा यो समय नेपाली कांग्रेसको नेतृत्वको हिसावले सबैभन्दा कमजोर अवस्थामा आइपुगेको छ । नेपाली कांग्रेस दिशाहिन छ । नेपाली कांग्रेसमा व्यापक अन्यौलता छ, अराजकता छ, चेन अफ कमाण्ड छैन । त्यो पार्टी हो कि एउटा पिपलपाटी हो, ठेगान छैन । मुलुकका राष्ट्रिय एजेण्डामा कांग्रेस प्रष्ट छैन । यो देशको राष्ट्रिय एकता, सामाजिक सद्भाव जस्ता मुद्धाहरुमा कांग्रेसले अत्यत्नै कमजोर प्रस्तुती गरिरहेको छ । त्यसले गर्दा बिखण्डनवादी शक्तिहरु, पृथकतावादी शक्तिहरु, अतिवादी शक्तिहरुले फेरी सल्वलाउने मौका पाइरहेका छन् ।
नेकपा (एमाले) को नेतृत्वमा कांग्रेस र माओवादीसमेत सम्मिलित सरकार बनाएर संविधान कार्यान्वयन गर्ने, निर्वाचन सम्पन्न गर्ने, संविधानप्रति असन्तुष्ट राजनीतिक शक्तिहरूलाई समेत साथमा लिएर अगाडि जाने हाम्रो सोचाइ थियो । संविधान जारी गर्नुअघि प्रमुख राजनीतिक दलहरूका बीचमा भएको सहमति पनि त्यही थियो । तर, कांग्रेसले विमतिको बाटो रोजेपछि संविधानविरोधी शक्तिहरू, असन्तुष्ट पक्षहरूको मनोबल बढ्ने काम भयो । हाम्रा छिमेकी शक्तिहरू, अन्तर्राष्ट्रिय शक्तिहरूले त्यही कमजोर कडीलाई समाएर यो मुलुकलाई अस्थिरताको दिशामा जबर्जस्ती धकेल्ने काम गरिरहेका छन् । आज हामी देख्दै छौं, लोकतान्त्रिक प्रक्रियाबाट बनेको सिंगो राज्य, जसले आम जनताको समर्थन प्राप्त गरेको छ, संविधानतः त्यो राज्य वैधानिक छ र राजनीतिक हिसाबबाट त्यसले पूरा मान्यता पाएको छ । यति हुँदाहुँदै पनि त्यो राज्य कमजोर छ । त्यसका अंगहरूमाथि प्रहार भइराखेको छ । एउटा प्रहरी संगठनको मनोबललाई समाप्त पारेर देशको सुरक्षामाथि जोखिम उठाउने काम भइरहेको छ । तराई मधेसमा अराजतावादी शक्तिहरू सल्बलाइरहेका छन् । तिनीहरूमाथि नियन्त्रण कायम गर्नुपर्छ । जसले नियन्त्रण गर्नुपर्ने हो, यो देशको सुरक्षा निकायलाई नै ध्वंस गर्न अहिलेको सरकार उद्यत छ । नेपाली कांग्रेस र माओवादी केन्द्र त्यही गरिरहेका छन् । अदालतलाई निकम्मा बनाउने प्रयास भइरहेका छन् । आफ्नो अनुकूल फैसला भएन भनेर प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने छलफल गर्छ कांग्रेस र आफूलाई भन्छ, लोकतान्त्रिक पार्टी । निर्वाचन आयोगलाई कामविहीन बनाएर सुताएर राखिएको छ । अख्तियारलाई छाडा साँढेजस्तो छाडियो ।
आज मुलुकमा अनेक खालका अतिवाद र प्रवृत्ति मौलाउन थालेका छन् । तराई–मधेशतिर सीके राउत नामको प्रवृत्ति छ, जसलाई यही सरकारका संयन्त्रले मलजल गरिरहेको छ । खुलमखुला देश टुक्र्याउँछु, अलग राज्य बनाउनुपर्छ भन्नेलाई गृह प्रशासन सुरक्षा प्रदान गर्छ । गत पुस २२ मा एक दिन हामीले काठमाडांैमा जुलुस निकाल्दा एमालेले सडक जाम ग¥यो, आम जनतालाई तनाव दियो भन्दै कति मान्छे कराए । तर, खुलमखुल्ला देश टुक्र्याउँछु भन्नेलाई अर्को बाटो खोलिदिन्छन् हाम्रा गृहमन्त्री । त्यस्तालाई प्रोत्साहन गर्ने काम सरकारले नै गरिरहेको छ ।
अर्कातिर विप्लवका नाममा अर्को रोमान्टिसिज्म सुरु भएको छ । जब राज्य कमजोर हुन्छ, पार्टीहरू कमजोर हुन्छन्, प्रजातान्त्रिक प्रक्रियाहरू अवरुद्ध हुन्छन्, यस्ता खालका रोमान्टिसिज्महरूले त्यो स्पेस लिन्छन् । त्यसकारण, यो मुलुकमा हामीले आजसम्मका क्रान्ति र आन्दोलनबाट ल्याएका उपलब्धिहरूको रक्षा गर्ने हो भने त्यसको एउटै मात्र विकल्प निर्वाचन हो । कसले जित्छ, कसले हार्छ, त्यो ठूलो कुरा होइन । यदि प्रधानमन्त्री प्रचण्डले चुनाव हारिन्छ भन्ने आधारमा निर्वाचन गर्दै हुनुहुन्न भने लेखेर राखे हुन्छ, अब यो देशमा प्रचण्डले कहिल्यै चुनाव जित्नुहुन्न । अनि के यो मुलुकमा कहिल्यै चुनावै नगर्ने ? कहिले चाहिँ आउला प्रचण्डले चुनाव जित्ने दिन ? म त त्यस्तो कुनै दिन देख्दिनँ । हिजो ०६४ मा पनि केही व्यक्तिहरूलाई संविधानसभामा ल्याउनका निम्ति के–के काम भएका थिए भन्ने कुरा सञ्चार माध्यममा आएकै छन् । त्यस्तै, केही गर्नुपर्ने भएछ भने हामी सल्लाह गरौंला । यो देशका ठूला नेताहरू, पार्टीका शीर्ष नेताहरू नीति निर्माणको तहमा आऊन् भन्ने कुरामा एमाले उदार छ । त्यसमा एमाले उदारता राख्छ, त्यसमा हामी सल्लाह गरौंला, तर चुनावै नगर्ने, चुनावको ढोकै बन्द गर्ने काम कदापि हुन सक्दैन । यसले राज्यलाई अधिनायकवादतिर लैजान्छ । पार्टीहरू अधिनायकवादतिर जान्छन् ।
स्थानीय निकायमा जनप्रतिनिधिहरू नहुँदा आज राज्यको ठूलो बजेट हिनामिना भइरहेको छ । विकास बजेट २० प्रतिशत पनि खर्च भएको छैन । कमसेकम शतप्रतिशत विकास बजेट खर्च हुनुपथ्र्यो, अनि पो देश बन्छ । त्यो कसले खर्च गर्ने ? त्यो स्थानीय जनप्रतिनिधिले खर्च गर्ने हो । हामीले भन्दै आएका छौं, चुनावका निम्ति अहिले पनि पर्याप्त समय छ । अरू देशमा १५ दिनमा चुनाव हुन्छ, १५ दिनमा जनमतसंग्रह हुन्छ । हामीसँग जेठको पहिलो हप्ता चुनाव गर्ने हो भने पनि अझ पर्याप्त समय छ । के हो तयारी भनेको ? निर्वाचन आयोग निर्वाचनका निम्ति सधंै एलर्ट बस्छ । मतदाता नामावली तयार छ । मतपेटिका कहाँ राख्ने, मतदान केन्द्र कहाँ राख्ने, कुनै नयाँ सर्वेक्षण गर्नुपर्नेछैन । हिजो जहाँ थिए, त्यही राख्ने हो, एकाध ठाउँ थप्नुपर्ने भए थपे हुन्छ । कर्मचारी छँदै छन्, कहीबाट नयाँ ल्याउनुपर्ने होइन । सुरक्षा निकाय जहिले पनि तयार छ । चुनावका निम्ति केपी ओली सरकारले नै बजेट छुट्ट्याइदिएको छ । प्रचण्डले सायद त्यसलाई नामसारी गरेर खाइसक्नुभएको छैन होला, अनि किन हुँदैन चुनाव ? त्यसैले, बढीमा जेठको पहिलो हप्ता स्थानीय निकायको चुनाव हुनुपर्छ । र, आउने मंसिर महिनामा प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव हुनुपर्छ ।
कसैलाई लागेको होला, ‘०७४ माघ महिना भनेको के हो र ? पहिले पनि सविधासभाको अवधि बढाएकै हो, फेरि पनि बढाइदिउला ।’ यो कदापि हुन सक्दैन । किनभने, अघिल्लो संविधानसभा संंविधान बनाउने मुख्य उद्देश्यले गठन भएको र संविधान नबनाउँदै विघटन हुने अवस्था आएपछि संविधान बनाउँछ कि भनेर एकपटक कोसिस गर्नका निम्ति थपिएको थियो । आज संविधान बनिसकेको छ । यसको मुख्य काम सम्पन्न भइसक्यो । अब केका निम्ति समय थप्ने ? आफ्नो अयोग्यतालाई ढाकछोप गर्न व्यवस्थापिका–संसद्लाई अचानो बनाउन पाइँदैन । आज हामीलाई धेरैले प्रश्न गर्छन्– एमालेलाई सरकार चाहिएको हो ? म प्रस्ट भन्न चाहन्छु– हाम्रो नजर सरकारतिर छैन, तर यदि तोकिएको समयभित्र चुनाव गर्ने विश्वासिलो वातावरण बनाइएन भने सरकारमा पनि बस्ने र चुनाव पनि नगर्ने दुवै काम गर्न पाइन्न । कि चुनाव गर्र्नुस् कि सरकार छाड्नुस् । यदि चुनाव गर्नुहुन्न भने सरकार छाड्नुस् । नयाँ सरकार बनाऔंला । एमाले, कांग्रेस, माओवादी तीनै पार्टी बसेर सरकार बनाऔं, मधेसकेन्द्रित दलका साथीहरूलाइ पनि ल्याऔं । कसैलाई निषेध गरेर चुनावमा जाऔं भन्ने हाम्रो मान्यता होइन । तर, यसको अर्थ कसैका अनुचित माग र दबाबलाई देखाएर चुनावको समय घर्काउँदै लैजाने पक्षमा हामी छैनौं । मधेसकेन्द्रित दलका साथीहरू हामीलाई निर्वाचन क्षेत्र पुगेन भन्दै छन् । के मिलेको छैन ? ५६ लाख जनसंख्या भएको प्रदेश नम्बर ३ मा आज ४५ वटा निर्वाचन क्षेत्र छन् । ५४ लाख जनसंख्या भएको प्रदेश नम्बर २ मा ४८ वटा निर्वाचन क्षेत्र छन् । सबैभन्दा बढी निर्वाचन क्षेत्र आज पनि २ नम्बर प्रदेशमा छ, जबकि जनसंख्या सबैभन्दा बढी ३ नम्बरमा छ । भोलि पनि यस्तै हुन्छ । एक वा दुई निर्वाचन क्षेत्र कम वा बढी भयो भन्ने आधारमा सिंगो मुलुकलाई बन्धक बनाउन पाइन्छ ?
यो देश पहाडे, मधेसी, आदिवासी, जनजाति, खस, आर्य सबैको साझा हो । कसैलाई प्रोत्साहन गर्ने, कसैलाई निरुत्साहित गर्ने काम एमालेले गर्दैन । एमाले कुनै क्षेत्रीय, जातीय पार्टी होइन । संविधान संशोधन बेमौसमको विषयवस्तु ल्याएर निर्वाचनको परिस्थितिलाइ बिथोल्ने, ध्यान अन्यत्र मोड्ने, नदुखेको टाउको दुखाउने सबै काम प्रचण्ड र शेरबहादुर देउवाले गर्दै हुनुहुन्छ । संविधान संशोधन एउटा प्रक्रियाबाट हुन सक्छ । जुन कुरा संविधानमै उल्लेख छ । त्यो बाटोबाट जानुस्, हाम्रो केही आपत्ति छैन । तर, संविधानले छेकेको बाटो तपाईं जान पाउनुहुन्न, हामी जान दिँदैनौं । जुन बाटो तपाईंलाई संविधानले दिएको छ, तपाईं त्यो बाटो हिँड्नुस् । जुन बाटो तपाईंलाई संविधानले दिएको छैन, त्यो बाटो हिँड्नुभयो तपाईंलाई एमालेले ब्यारगेड खडा गर्छ । हामी गलत बाटो हिँड्न दिँदैनौं । संविधानलाई ध्वस्त बनाउन हामी दिँदैनौं । अदालतका हरेका फैसला र आदेशहरूको पालना गर्नु, अदालतको मर्यादा गर्नु हरेक राजनीतिक दल र राज्यको को कर्तव्य हो । एमालले यो बुझेको छ । अतिवादी धारणाले मुलुकलाई सही ठाउँमा लैजान सक्दैन । त्यसकारण, एमालेले हरदम लचकदार धारणा राख्दै आएको छ । आज पनि हामी लचकताका साथ प्रस्तुत भएका छौं । प्राकृतिक हिसाबले मृत्यु भइसकेको तर प्राविधिक हिसाबले जीवित संविधान संशोधनको एजेन्डा व्यवस्थापिका–संसद्मा छ । हाम्रो नजरमा यो मृत्यु भइसकेको छ । कसैले यो जीवितै छ भन्नुहुन्छ भने पनि त्यसको परीक्षण गर्ने समयमा गरांैला । अर्को व्यवस्थापिका–संसद्ले त्यसको परीक्षण गर्छ । जीवित छ भन्नेहरूले यसलाई त्यही सुताएर राख्नुस्, अर्को व्यवस्थापिका–संसद् आएपछि त्यसले उठाउने हो कि उपचार गर्ने हो कि, हिँडाउने हो कि, जे गर्ने हो, त्यसैले गर्छ । त्यो बेलासम्म मधेसकेन्द्रित दलका साथीहरूले पनि हाम्रो एजेन्डा संसद्मा छ, एमालेले पास गर्न दिएन भन्नुस्, हाम्रो विरुद्ध प्रचार गर्नुस् । कांग्रेस र माओवादीका साथीहरूले पनि हो त हामीले एजेन्डा ल्याएकै हो, एमालेले बढ्नै दिएन भन्नुस्, मधेसवादी दलहरूलाई मक्ख पार्नुस् । ठीकै छ, तपाईंहरूको दाउपेच त्यतै चलोस् । हामीले के–के भन्ने हो, त्यो हामी पनि भनेर जाऔंला । तर, निर्वाचनभन्दा अर्को विकल्प छैन ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply