विदेशीको नागरिकताको निम्ति किन टाउको दुखाइ ?
नेकपा (एमाले) ले संचालन गरेको मेची–महाकाली अभियानले राष्ट्रिय राजनीतिमा तरंग सृजना गरेको छ । हामीले कुनै नकरात्मक दृष्टिकोणवाट यो अभियान शुरु गरेका थिएनौं । हामीले यो अभियान राष्ट्रलाइ जोड्नका लागि, नेपालको एकतालाइ बलियो बाउनका लागि, नेपाल जनतामाझको एकता र सामाजिक सद्भावलाइ अभिवृद्धि गर्नका लागि , एमालेका बारेमा पैदा गरिएका भ्रमहरु चिनैका लागि र जनतामा एमालेका नीतिहरु अझै प्रस्टरुपमा व्याख्या गरेर जनसमक्ष पुर्याउनका लागि यो अभियान चलाएका हौं ।
यो अभियान चलाउन अघि पनि जिल्ला जिल्लामा त्यस्तै अभियान चलाइएको थियो । यसपछि पनि स्वत अर्को अभियान चल्नेछ । यो अभियानका सहभागी हुने हरु फेरी स्थानीय निकायको चुनावको सिलसिलामा आ आफ्नो जिल्लामा जुट्नु हुनेछ । यसर्थ पनि यो अभियानको विशिष्ट थियो । यस्तो अभियान आजसम्म कसैले पनि संचालन गरेका थिएनन् । हुनत नेपालको राजनीतिक इतिहासमा जुन सुकै कुरामा पनि नेकपा एमाले पहिलो हुने गरेको छ । चाहे त्यो पंचायत विरोधी आन्दोलको सन्दर्भमा खेलेको भुमिका होस् चाहे राजतन्त्र विरोधी आन्दोलनको अगुवाइ गर्ने कुरामा होस् । चाहे शान्ति प्रकृया शुरु गरेर त्यसलाइ लाइ टुंगोमा पुर्याउने सन्दर्भमा होस् चाहे संविधान निर्माण गर्ने कुरामा होस् । संविधान कार्यन्वयन गर्ने कुरादेखि लिएर राष्ट्रियताको रक्षा गर्ने, नेपालको सम्वन्धलाइ दुवै छिमेकी देशसँग समनिकटताको आधारमा अघि बढाउनका लागि नै किन नहोस् हामीले सधै अग्रता लिएका छौं । विकास निर्माणको अगुवाइ पनि एमाले ले नै गरेको छ । सामाजिक सुरक्षको सम्वन्धमा सबैभन्दा वढी चासो एमाले ले देखाएको छ । युवाहरुको रोजगारीको आवाज मात्र होइन नीतिलाइ कार्यन्वयन गर्ने काममा पनि एमालेले भुमिका खेलेको छ । युवा नीति एमालेकै सरकारका पालमा पारित गरिएको हो । युवा सम्वन्धी स्वरोजगार कोष स्थापना गर्न का लागि पनि हामीले नै भुमिका खेलेका हौं । यस अर्थमा समाजका जुनसुकै वर्ग, तह का जनताको कुरा किन नगर्नुस्, मधेश तराइका जनताको विकासका निम्ति, त्यस क्षेत्रको समग्र विकास, हक, हित र कल्याणका निम्ति एमाले अग्रसर रहेको छ । आदिवासी, जनजाती, लोपन्मूख, अल्पसंख्यक समुदायको हित र कल्याणका निम्ति साथै खासगरि विपन्न र गरिव समुदायका निम्ति एमालले भुमिका खेल्दै आएको छ ।
अहिले पनि यो चुनावी अभियानमा नेकपा एमालेको विजय लगभग सुनिश्चित छ । हामी एकतावद्ध भएर विश्राम नलिइकन आफ्नो सम्पुर्ण बल, बुद्धि, क्षमता परिचालन गर्नुपर्छ । यो चुनावमा जीत हाम्रो शुरुवाता हुनेछ । प्रदेश सभामा हाम्रो जीतले केन्द्रीय चुनावमा हामीले जित्ने आधार प्रदान गर्ने छ । अनिमात्र हामीले विश्राम गर्न सकौंला । त्यपछि फेरी हाम्रो काम नयाँ नेपालको निर्माण गर्ने हुनेछ । नयाँ नेपाल निर्माणको सपना हामीले बोकेका छौं , परिकल्पना गरेका छौं । नयाँ नेपालको तश्वीर हामीले जोगाएर राखेका छौं । त्यसलाइ लागू गर्ने कुरामा अरु कुनै पनि पार्टीलाइ हामीले पछाडी पारेर अग्रसरता लिनसक्नु पर्छ । यी सबै कुराको निम्ति हामी लागेका छौं । एमाले आफ्नो कार्यक्रमलाइ सफल बनाउने कुरालाइ केन्द्रमा राख्छ । मान्छेलाइ बदला लिने, मान्छेलाइ नोेक्सान पुर्याउने हाम्रो कुरा हुँदैन । यस अर्थमा एमालेले कसैसँग निहुँ खोज्दैन । यो सिंगो अभियानमा हामीले कसैलाइ घोचपेच पनि गरेनौं । हामीले नितान्त संविधानका बारेमा हाम्रा धारणा बताएका छौं । संविधान, संविधान संशोधनका बारेमा हाम्रा धारणा के हुन् ? संक्रमणकाल अन्त्य पछि नेपाली जनताले कसरी राजनीतिक नयाँ परिवेश पाउने ? कसरी हामीले राजनीतिक क्रान्ति पुरा गरिसकेपछि आर्थिक क्रान्तिको नयाँ चरणमा प्रवशे गर्ने ? भन्ने सबै कुराको सन्दर्भमा एमालेको समष्टीगत दृष्टिकोण पार्टका सबै शीर्ष नेता एक साथ मेचीदेखी महाकाली पुगेर बताएका छौं । यो मार्चमा कुनै ठाऊमा २५ कलोमिटरसम्मका लामो ताँती पनि देखिए । यत्रो विशाल परिचालन सहित यो अवधीमा लगभग ५० लाख मानिसका वीचमा हामी पुगेका छौं । जनताको माझमा हामीले एमालेका धारणा पुर्याएका छौं । र, हाम्रो नीति, विचार राष्ट्रको हितमा छ । हामी नेपाली भएकोमा गौरववोध गर्छौ । नेपाली देशभक्तिको भावना फैलाउन चाहान्छौं । हामी सबैको संवेदनशीलता बुझ्छौं । तर अनावश्यकरुपमा नेपालमा जातीय विभाजन ल्याउने, कटुता पैदा गर्ने, भौगोलिक विभाजन पैदा गर्ने जस्ता प्रवृत्तिको हामी विरोधमा छौं ।
जसले हामीले असधकार पाएनौ भनिरहेका छन्, उनीहरुले कहाँ अधिकार पाएनन् भन्न सकिरहेका छैनन् । अधिकार पाएनौं भन्ने कुरामा न कुनै सत्यता छ न कुनै दम छ । होइन भने तथ्य सहित आउन, हामी पनि तथ्यसहित बताउछौं । काठमाडौले हामीलाइ वास्ता गरेन, हामीलाइ ठगियो भनेर भ्रमपुर्ण कुरा गरिएका छन् विशेषत तराइ मधेशमा । संसारमा नभएका कुरा ल्याउन खोजिरहेका छन् । यी सबै कुरा ल्याएर यो देशमा अनेक जटिलता पैदा गरिदिने र एक अर्कालाइ लडाउने खालको बद्नियत लुकेको छ । यसकारण हामीले सुनियतका साथ काम गर्नुपर्छ । राम्रो भावनाका साथ काम गर्नुपर्छ । राम्रो भावना छ भनेर हामीले जनतामा बुझाउनु पनि पर्छ ।
कतिपय मानिस भ्रममा परेका छन् । मधेशका जनता चुनाव चाहिरहेका छन् । उनीहरुले संविधान संशोधन खोजेका छैनन । संविधान संशोधन मधेशको माग होइन । यो त मधेशका नाममा केहि नेताहरु र केहि पार्टीहरुको माग हो । मधेशका नाममा गरेको राजनीति हो । त्यो मधेशी जनताको चाहाना र धारणा हुँदै होइन । चाहे नागरिकताको कुरा गरौं, चाहे भाषाको कुरा गरौं ती सबै कुरा संविजधानमा मधेशको हितमा छन् । थारु, भोजपुरी, मैथली लगायतको मातृभाषालाइ सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिनुपर्छ भन्यौं, त्यो मान्यता दिइएको पनि छ । तर, यो वाहिरको भाषालाइ ल्याउन खोजने कुराको हामी विरोधी हौं । नागरिकताको सवालमा पनि कुरा त्यहि हो । नागरिकता नेपालीले पाउने हो । विदेशीको नागरिकताका निम्ति टाउको दुखाउने काम हाम्रो होइन । नेपालको नागरिकता भनेको वारीको पानी जस्तो खुल्ने कुरा होइन । सबै बाहिरकालाइ नेपालमा ल्याएर भित्र्याउने पनि होइन । यहाँका धर्तीपुत्र, धर्तपुत्रीहरुले, मधेशी जनताका छोराछोरीहरुले, सिंगो नेपाली समुदायका छोराछोरीहरुले हक अधिकार पाउने हो । त्यो अधिकार सबैले समान रुपमा पाएका छन् । बरु कसै कसैलाइ विशेष अधिकार दिइएको छ । महिला, मधेशी, मुस्लिम, थारु, दलितलगायत समाजका कतिपय तप्पालाइ विशेष अधिकार दिइएको छ । यो भनेको अतिरिक्त अधिकार हो । यस अर्थमा केहि अधिकार दिइएन भन्ने कुरामा कुनै सत्यता छैन ।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply