पढाइ छोड्दाको द्विविधा
व्यक्तिगत, पारिवारिक र राजनीतिक परिवेशले हामीलाई विद्रोेही बनाइसकेको थियो । विद्रोही अर्थात् आफ्नो सेरोफेरोसित सम्पूर्ण रूपमा सम्बन्ध विच्छेद गर्न तत्पर बन्दै गरेको मानसिकता ! हो, हामी त्यही दिशामा अगाडि बढिरहेका थियौं । घर–परिवारसितको सम्बन्ध तोड्ने, ग्रामीण Ôेत्रका गरिब–भूमिहीन किसानहरूसित सम्बन्ध बनाउने, उनीहरूसित एकाकार हुने र आफ्नो सम्पूर्ण जीवन यही काममा लगाउने आदि । यी हामीले गर्न चाहेको विद्रोहसित गा“सिएका कामहरू थिए । यी कामका लागि तत्काल हामीले गरिरहेको अध्ययन तथा पठनपाठनलाई सबैभन्दा पहिले त्याग्नुपर्ने हामीलाई लाग्यो ।
त्यसबेला बजारमा छ्यापछ्याप्ती उपलब्ध हुने कम्युनिस्ट साहित्य खासगरी चिनिया“ र रसियन साहित्यले हामीजस्ता नौजवानलाई औधी नै आकर्Èित गरेका थिए । लेनिन र माओत्से तुङका रचनाहरू अध्ययन गर्ने एक किसिमले होड नै चलेको थियो हामीजस्ता नौजवानहरूका बीचमा । कम्युनिस्ट आन्दोलनका नेताहरूका लेख र लेखभित्रका खास–खास उद्धरणहरू त हामीहरू कण्ठै पाथ्र्यौं । माओत्से तुङका रचनाका छानिएका ‘उद्धरणहरू’ संग्रह गरिएको प्लास्टिकको रातो गाता भएको र खल्तीमै राख्न मिल्ने सानो र आकर्Èक पुस्तक–त्यसबेला हाम्रा लागि अत्यन्त प्रिय थियो । त्यसमा विभिन्न शीर्Èकमा संकलित उद्धरण हामीले कण्ठ गरेका थियौं । ‘युवाहरूका सम्बन्ध’ मा संकलित उद्धरणमा ‘….जति ज्यादा पढ्छांै, त्यति नै मूर्ख बन्छांै’ भन्ने माओत्से तुङले येनानको आफ्नो आधार इलाकास्थित विश्वविद्यालयका विद्यार्थीहरूलाई सम्बोधन गर्दाको भनाइबाट हामी यति प्रभावित बनेका थियौं कि ‘बुर्जुवा शिÔा त्याग्नैपर्छ’, ‘बुर्जुवाशिÔा नत्यागी क्रान्तिकारी बन्नै सकिन्न’ भन्ने अन्तिम निष्कर्Èमा हामी पुग्यौं । यसैबाट प्रभावित भएर ‘क्याम्पस ः पागलखाना !’ शीर्Èकमा त्यसबेला तयार पारिएको कविता हाम्रो प्रिय कविता बन्यो । हामी त्यही कविता सबै ठाउ“मा वाचन गथ्र्यौं, सुनाउ“दै हिँड्थ्यौं । त्यो कविताले हामीबीच हुर्कंदै गरेको विद्रोेहको उद्वेगलाई सशक्त वाणी दिइरहेजस्तो लाग्थ्यो ।
तर, त्यसैबीचमा एउटा अनौठो संयोग आइप¥यो, रत्न र मैले छात्रवृत्ति पायौं स्विट्जरल्यान्ड जाने । भर्खर–भर्खर प्रारम्भ भएको स्विस सरकारको सहयोग नियोग ‘साटा’ सित सम्बन्धित केही स्विसहरूले विकासका लागि भाÈा विÈयक छात्रवृत्तिको प्रस्ताव ल्याएका थिए । हामीसित अत्यन्तै आत्मीयता देखाउने सुशीला नामकी युवतीमार्फत स्विसहरू हाम्रो सम्पर्कमा आइपुगेका थिए । पा“च वर्Èका लागि स्विट्जरल्यान्ड र नेपाल दुवै देशमा अध्ययनका लागि आउजाउ गरिरहनुपर्ने, भनिएको विÈयसित सम्बन्धित रहेर सैद्धान्तिक र व्यावहारिक तवरमा केन्द्रित रही अध्ययनमा लीन रहनुपर्ने, सुरुका झन्डै दुई वर्È स्विट्जरल्यान्डमै बस्नुपर्ने र अध्ययन सकिएपछि योजनाअन्तर्गत निश्चित अवधिसम्म काम गर्नुपर्ने आदि सर्त उनीहरूले हामीलाई राखेका थिए । स्विसहरूले जे–जस्ता सर्त राखेका भए पनि हामीले अत्यन्त रोमाञ्चक रूपमा त्यसलाई लिएका थियौं । खुसी पनि लागेको थियो । जीवनका अरू पाटाका उज्ज्वल सम्भावनाहरू त्यसै–त्यसै मनभरि छचल्किएर आएका थिए । निजी जीवनसित गा“सिएका सुखद भविष्यका अनन्त शृंखलाहरूमा मन घेरिन पुगेको थियो । व्यक्तिगत तथा पारिवारिक उन्नति–प्रगति तथा ‘क्यारियर’ को कुरा हो भन्ने लागेको थियो । हामीसित प्रस्ताव लिएर दुईजना स्विस आएका थिए भने प्रक्रियालाई ‘फलो’ गर्न एकजना स्विस केटीले जिम्मा लिएकी थिइन् । तिनले हाम्रो पासपोर्ट बनाउन हुटहुटी लगाउने, भिसाका लागि पासपोर्ट र अन्य कागजपत्रसहित राजदूतावासमा पठाउने आदि काममा प्रत्यÔ रूपमा सघाइन् । तिनी निकै सुन्दर पनि थिइन् । तिनले आफ्नो नाम जुडिथ बताएकी थिइन् । स्विसहरूको प्रस्ताव र जुडिथको सक्रिय सहयोगका कारण हाम्रो मनमा स्विट्जरल्यान्ड पढ्न जाने कुराले विशेÈ गति लिइरहेको थियो । हामीहरू आपसमा यो योजनाका सम्बन्धमा कुराकानी गरिरहेका हुन्थ्यौं, सल्लाह पनि गरिरहेका हुन्थ्यौं ।
तरंगित बनिरहेको हाम्रो मनमा सोचाइ र योजनाको अर्को पाटो जब खुल्थ्यो, त्यसबेला हामीमा विशेÈ छटपटाहट हुन्थ्यो । जनताका बीचमा जाने, उनीहरूलाई सचेत र संगठित गर्ने, समाजको परिवर्तनका लागि समर्पित भएर जीवनभर लागिरहने संकल्प र सपना छात्रवृत्ति पाएर स्विट्जरल्यान्ड जा“दा पूरा हुन नसक्ने कुराले हामीलाई अत्यन्त द्विविधामा पाथ्र्यो । एकातिर त्याग, समर्पण र बलिदानी भावनाका साथ अघि बढ्ने दृढ संकल्प, अर्कोतर्फ छात्रवृत्ति लिएर निजी जीवनको सुन्दर भविष्य बनाउने स्वप्निल योजना ! कस्तो तानातान, कस्तो तनाव ! हामीमा आफ्नो जीवनको यात्राका सम्भावित यी दुवै विकल्पसित गा“सिएका सबल–दुर्बल, राम्रा–नराम्रा तथा ग्लानि र गर्वबोध हुने अनेक पÔले जबर्जस्त धक्का दिइरहेका थिए । यस्ता धक्काहरू हाम्रो मनभित्र चलिरहेको झन्डै आठ रेक्टर स्केलको भूकम्पजस्तो लाग्थ्यो । त्यो भूकम्पले हाम्रो मन भित्र विभिन्न तरिकाले बन्दै–खडा हु“दै गएका संरचनाहरू भत्काउने काम गरिरहेको थियो । ती संरचनाहरू ध्वस्त भइरह“दा मनभित्र कताकता पीडा पनि हुने गथ्र्यो भने कुनै बेला कुनै नवनिर्माणको सम्भावनाको कल्पनाले मात्र पनि मन पुलकित हुन पुग्थ्यो । हामी त्यसबेला सा“च्चै तनावमा रह्यौं ।
जुडिथसित हाम्रो सम्पर्क भइरहेको थियो । हामीलाई भेट्नका लागि उनी आइरहन्थिन् । धेरैपटक कीर्तिपुरस्थित विश्वविद्यालयको क्याफ्टेरियामा जुडिथले हामीसँगै बसेर चिया खाएकी थिइन् । उनी कालिमाटीको हाम्रो डेरामा समेत आएकी थिइन् । उनको हामीसितको भेट प्रस्तावित स्विट्जरल्यान्डको हाम्रो छात्रवृत्तिसित सम्बन्धित विभिन्न विÈयमा केन्द्रित हुने गथ्र्यो । साथै, हाम्रो व्यक्तिगत परिचय र हिमचिम पनि बढ्दै थियो उनीसित । उनी हाम्रो पढाइ, पारिवारिक स्थिति, रुचि, सामाजिक परिवेश आदिबारे जिज्ञासा राख्थिन् । अहिले पनि मैले राम्ररी छुट्ट्याउन सकेको छैन, जुडिथसित हामी किन नजिक बन्दै गइरहेका थियौं ? उनी सुन्दर भएकाले ? अथवा, हामी आफ्नो सुन्दर भविष्यका खातिर जुडिथका कुराबाट प्रभावित बनिरहेका थियौं ? जे भए पनि हामी दुईखाले सोचाइ र योजनाका कारण द्विविधाग्रस्त बनिरहेका थियौं । हामीसित दुवै कुरा त्यत्तिकै जबर्जस्त रूपमा उठिरहेका थिए ।
आउजाउ र भेटघाटकै क्रममा जुडिथले हाम्रो विचार र राजनीतिक लगावका बारेमा पनि केही कुरा थाहा पाउ“दै गएकी थिइन् भन्ने लाग्छ । एक दिन जुडिथले आफ्नो सानो ब्यागबाट राम्ररी लेमिनेसन गरिएको फोटो निकालेर देखाइन् । फोटोमा क्याप लगाएका, उमेर ढल्कँदै गरेकाजस्ता तीनजना पुरुÈ थिए । फौजी पोसाकजस्तो पहिरनमा रहेका ती तीनैजनालाई मैले नियालेर हेरेको थिए“ । तीमध्ये दुईजनालाई पहिले पनि कतै देखेजस्तो लागेको थियो । पछि जुडिथले नै बताउ“दा पो मैले ठम्याएको थिए“ । तीनजनामा छेउ–छेउमा उभिएकामध्ये एकजना प्रसिद्ध क्यानेडियन डाक्टर नारमन वेथ्युन र अर्का केही युवाजस्तो लाग्ने प्रसिद्ध अमेरिकी पत्रकार एडगरस्नो रहेछन् । चिनियाँ क्रान्तिकालमा चिनियाँ क्रान्तिकारी तथा त्यहा“का जनताको अन्तर्राष्ट्रियवादी भावनासहित निःस्वार्थ भएर सेवा गर्ने विचार बोकेर चीनमा आएका डाक्टर नारमन वेथ्युनका सम्बन्धमा हामीले केही दिन पहिले मात्र ‘सचित्र चीन’ मा चित्रसहित सविस्तार पढेका थियौं । यस्तै, माओत्से तुङले युद्धकालमै आधार इलाकामा बसेर एडगरस्नोलाई लामो अन्तर्वार्ता दिएको कुरालाई थुप्रै आकर्Èक तस्बिरहरूसहित प्रकाशित गरिएको पत्रिका पनि हामीले पढेका थियौं । ती सामग्रीहरू पढेपछि वेथुनरस्नोप्रति औधी श्रद्धा र सम्मान जागेको थियो हामीमा । उनीहरूका जीवन्त तस्बिरहरूलाई हामीले साह्रै गढेर हेरेका थियौं, आ“खा र मनमा सुरÔित राखेका थियौं । तिनै दुई श्रद्धेय व्यक्तित्वका तस्बिर जुडिथले हामीलाई देखाउ“दा हाम्रो मन छचल्किएको थियो । जुडिथ हामीलाई झन् राम्री लागेकी थिइन् । हामीले मन पराएको वामपन्थी विचारबारे सायद उनले केही कुरा बुझिसकेकी थिइन् । यी विÈयप्रतिको उनको विशेÈ रुचि देख्दा हामीलाई त्यस्तो लागेको थियो ।
फोटोमा बीचमा उभिएका व्यक्तिलाई देखाउ“दै उनले भनेकी थिइन्, ‘यी नातामा मेरा हजुरबा पर्ने व्यक्ति हुन् । जुडिथको कुरा सुनेपछि रत्न र म आश्चार्यचकित भएका थियौं । त्यसपछि त उनी हाम्रा लागि झनै विशेÈ निकटकी लाग्न थालिन् । उनीसित सामीप्य बढ्दै गएपछि हामीले आफूसित गा“सिएका राजनीतिक र वैचारिक प्रसंगहरू अलिअलि उठाउन थालेका थियौं । बिस्तारै–बिस्तारै राजनीतिक विचारधाराका बारेमा खुलेरै कुरा हुन थालेको थियो जुडिथसित ।
हामीले कुनै एउटा पक्षमा फैसला गर्नैपर्ने भयो । छात्रवृत्तिको खोजी गर्दै राम्ररी लेखपढ गरी निजी जीवन र भविष्य बनाउन तम्सिएका नौजवानका रूपमा रहने वा क्रान्तिकारी परिवर्तनको अभियानमा अग्रसर भएर सम्पूर्ण रूपमा बलिदानी भावना बोकेर हिँड्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको भूमिगत कार्यकर्ता बन्ने ? पढाइ, घरपरिवार, नाता–सम्बन्ध तथा सम्पूर्ण रूपमा सामाजिक–सार्वजनिक परिचय आदि सबैलाई त्यागेर भूमिगत भएर राजनीतिक काम गर्ने पृष्ठभूमि र परिवेश क्रमशः बन्दै थियो वा त्यो हामी स्वयं बनाउ“दै थियौं । यस्तो निर्णयमा हामी जति–जति पुग्दै थियौं, त्यति–त्यति नै हामी जुडिथसितको भेटघाटलाई पातलो बनाउ“दै लैजाने काममा पनि लाग्न थाल्यौं । मैले भूमिगत भएर मध्यतराईको धनुÈातिर जाने निर्णय गरें । रत्नले पूर्वीपहाडको इलामतिरै पार्टीसित सम्बन्धित भएर काम गर्ने आफ्नो योजना सुनाउनुभयो ।
यो योजनाको टुंगो गरिरह“दा हामीलाई निजी, व्यक्तिगत वा पारिवारिक रूपमा बा“ध्ने बन्धनरूपी विÈयलाई कसरी पन्छाउ“दै जाने र कसरी बन्धनमुक्त हुने, त्यसै कुरामा केन्द्रित हुन थाल्यौं । पारिवारिक साइनो÷सम्बन्धसितको आउजाउलाई क्रमशः कम गर्दै लग्यौं । निजी रूपमा जोडिएका कतिपय वस्तुहरू छोड्दै÷त्याग्दै गयौं । यहा“सम्म कि पढाइपछि प्राप्त गरेका प्रमाणपत्रहरू र नागरिकता प्रमाणपत्रसमेत मैले च्यात्ने र डढाउने निर्णय गरें । मेरो बुझाइ के थियो भने ती प्रमाणपत्रहरू मलाई निजी स्वार्थमा बा“ध्ने अर्थात् मलाई जनता र देशका लागि समर्पित भएर सम्पूर्ण रूपमा लाग्नबाट रोक्ने बन्धनहरू हुन् । ती बन्धनहरू तोड्नैपर्छ भन्ने मलाई लाग्दै गएको थियो । यही निष्कर्Èद्वारा निर्देशित हु“दै एक दिन मैले आफूले पढेर प्राप्त गरेका प्रमाणपत्रहरूलाई एकठाउ“मा जम्मा गरेर जलाइदिए“ । त्यही अग्निज्वालामा नागरिकताको प्रमाणपत्रसमेत होमिदिए“ । उड्दै गरेको धूवाँमा मलाई आफ्ना सपनाहरू त्यसै–त्यसै उड्दै गरेको र अनन्त आकाशमा बिलाउ“दै गएको आभास भएको थियो । मंैले त्यसलाई नियालेर हेरिरहें । सुरुमा केही पीडाजस्तो भए पनि पछि घोचेर पीडा दिइरहेको का“ढा निकालेजस्तो भएको थियो मलाई ।
यो कुरा गरिरह“दा मैले रत्नलाई यसबारे सुइँकोसमेत दिएको थिइनँ । विद्रोहको यो बिन्दुसम्म पुग्ने विÈयमा रत्न तयार भइहाल्ने अनुमान मैले गर्दा पनि गरिनँ । रत्नले मलाई त्यसअघि नै सन्दर्भवश एकपटक भन्नुभएको थियो, ‘यी प्रमाणपत्रले तपाईंको बाटो छेक्दैनन् । परिवर्तनको अभियानमा विद्रोही विचार बोकेर हिँड्ने संकल्प गरिरह“दा, जनताको मुक्ति अभियानमा निःस्वार्थ ढंगले लाग्ने उद्देश्य राख्दा अहिलेसम्म आफूले मिहिनेतपूर्वक गरेका कामहरूको प्रमाणस्वरूप प्राप्त चीजले के बिगार्छ र ? विचार र अठोटमा दरो भएर उभिँदा कसैले केही बिगार्न सक्दैन ।’
रत्नको विचार बुझेपछि मैले आफ्ना सबै योजना उहाँलाई बताउन चाहिनँ । उहाँलाई बताउ“दा म आफू आफ्ना योजनाबाट पछि हट्नुपर्ने हो कि भन्ने डर लागेको थियो । त्यसैले, रत्नले मैले गरेका ती कामबारे केही थाहा नै पाउनुभएको थिएन । मैले सबै कुरा आगोमा डढाइरह“दा मसित भएका केही तस्बिर आगोमा झोस्न मलाई निकै कठिन भएको थियो । आफ्ना व्यक्तिगत तस्बिरहरू, साथीहरूसित बसेर खिचेका तस्बिरहरू, विशेÈ मन मिल्ने साथीहरूसित अत्यन्त आत्मीयता झल्कने हिसाबले खिचिएका सुन्दर तस्बिरहरू । ती सबैलाई मैले डढाऊँ कि नडढाऊँ भन्दै एक–एक गरी डढाएको थिए“ । तर, एकैपटकमा नसकेर पटक–पटक गरेर मैले यी काम गर्नुपरेको थियो । मैले यी सबै काम कुनै स्वार्थ र माया–मोहमा नपरी क्रान्तिकारी बन्नका लागि, देश र जनताको निःस्वार्थ सेवाका लागि, त्यसमा कुनै पनि निजी कारणहरू बाधा र विरोध नपरोस् भन्नका लागि गरेको थिए“ । विशुद्ध क्रान्तिकारी भावनाबाट प्रेरित भएर यी सबै काम गरेको थिए“ ।
सबै कुरा त्यागी भूमिगत कार्यकर्ता बन्ने निर्णय गरेपछि नै मैले यी सबै काम गरेको थिए“ । अन्तिम फैसला गरिरह“दा मलाई एक किसिमले आनन्द पनि मिलेको थियो, प्रसव पीडामा रहेकी आमालाई सुन्दर सन्तानको जन्म भएपछि पीडाकै बीचमा पनि आनन्द प्राप्त भएजस्तै भएको थियो । मलाई कता–कता सारा बन्धनमुक्त भएजस्तो लागेको थियो । अब मुक्त भएर क्रान्तिकारी वातावरणमा सास फेर्न पाउने भए“ भन्ने सोचाइबाट म हर्Èित बनेको थिए“ । मैले त्यसबेला जुडिथलाई बिर्सिएको थिएँ । स्विट्जरल्यान्डको छात्रवृत्तिलाई पनि बिर्सिएको थिएँ । रत्नलाई काठमाडौंं छाडेर म मध्यतराईको धनुÈा जिल्लाको ग्रामीण बस्तीका भूमिहीन–गरिब किसान जनताका बीचमा राजनीतिक काम गर्ने दृढ अठोटका साथ प्रस्थान गरें ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply