भारी मतले विजयी हुन्छु
पार्टीले तपाईँलाई सर्वसम्मत उम्मेदवार बनायो, तपाईँसँग पार्टीले के अपेक्षा गरेको छ ?
मलाई पार्टीले ०७० सालको निर्वाचनमा उम्मेदावार बनाएको थियो । त्यो निर्वाचनमा म थोरै मत अन्तरले पारजित भएँ । चुनाव जित्नु–हार्नु अलग कुरा हुन् । कोही विजयी र कोही पराजित भए । चुनाव जितेपछि कांग्रेसका उम्मेदवारलाई उहाँको निर्वाचन क्षेत्रका जनताले धेरै देख्न पाएनन् ।तर, म चाहिँ चुनाव हारेपछि पनि त्यहीँका जनतासँग सिरानी लगाएर सुतेँ । ०७० सालको निर्वाचनमा थोरै मतअन्तरले पराजित भएँ । मलाई चुनाव जितेपछि वा हारेपछि निर्वाचन क्षेत्रमा नफर्किने हो कि भन्ने सबै भन्दा बढी प्रश्न थिए । मैले त्यसैबेला चुनाव जितेपनि हारेपनि म जहिल्यै तपाईँहरूको साथमा रहने छु भनेको थिएँ । मैले जनतासँग गरेको प्रतिज्ञा पाँच वर्षसम्म निरन्तरता दिएँ । विकास निर्माणका काममा ध्यान दिएँ । सडक, शिक्षा, संस्कृति, युवा वेरोजगार, नदी कटान जस्ता जनप्रतिनिधिले गर्ने काममा मैले निरन्तर काम गरे । यसैको परिणाम स्वरुपम मलाई पार्टीले विश्वास गर्यो र फेरि त्यहाँको आवश्यकता ठानेर टिकट दियो ।
तपाईँ अहिले झापा क्षेत्र नम्बर–४ को उम्मेदवार बन्नु भएको छ । चुनावी एजेण्डा के–के छन् ?
समृद्ध नेपाल निर्माणको खाका एमालेले तयार गरेको छ । यसलाई घोषणापत्रमा उतार्न बाँकी छ । म त्यो घोषणापत्र बोकर जान्छु । त्यसैसँगै स्थानीय तहमा गर्ने कामको पनि लिपीबद्ध हुँदैछ । त्यो सबै लिएर म जनताको घरदैलोमा जानेछु । त्यही कामले एलपी साँवालाई जनप्रतिनिधि चुन्न जनता तयार छन् ।
अन्र्तरघातले पनि केही समस्या होला भन्ने छ नि?
हाम्रो पार्टीमा कार्यकर्ता धेरै हुनुहुन्छ । तर, अवसर निकै कम छ । त्यसले गर्दा पनि अन्तर्रघात अहिले पार्टीको अभिन्न अङ्ग जस्तो बनेको छ । यो झापामा मात्र होइन देशैभरि छ । त्यसलाई व्यवस्थापन गर्न हामी निरन्तर लागेका छौँ । तर, दुःखका साथ भन्नुपर्छ । लोकतान्त्रिक विधि र प्रक्रियामा हामी छिर्दा यसलाई केही स्वाभाविक रूपमा पनि लिनुपर्ने हुने रहेछ । अन्तर्रघात संस्थागत जस्तो भैसक्यो । अब आउने चुनाव अन्तर्रघात रहित होला भन्न सकिन्न । तर, त्यसलाई कम गरेर भने जानुपर्छ । अति अन्तर्रघात हुने भन्दा बढी अन्य दलबाट हामीले एमालेमा तान्नुपर्छ ।
बाम तालमेलको प्रभाव झापा जिल्लामा कस्तो छ ?
अहिले देशभरि नै बाम तामलेलले उत्साह ल्याएको छ । यो तालमेलसँगै मुलुकको समृद्धिका लागि भोलिका दिनमा नेतृत्व गर्ने पार्टी नेकपा (एमाले) हो र एमालेकै नेतृत्वमा बाम एकता वा तालमेल सम्भव भएको छ भन्ने सन्देश राम्रोसँग गएको छ ।
हामीले लामो कालखण्ड प्रजातान्त्रिक हकअधिकार प्राप्ति र लडाइँका लागि गुजारेका छौँ। अब प्रजातान्त्रिक हकअधिकार प्राप्ति र लडाइँका लागि नभई समृद्ध नेपाल निर्माण गर्ने कामका लागि राजनीतिक नेतृत्वले अगुवाई गर्नुपर्ने भएको छ । त्यसैले अब एउटा ठुलो वा प्रमुख पार्टी बन्नु मात्र ठुलो कुरा बनेन् । राज्यको नेतृत्व गर्न सक्ने ठाउँमा पुग्नलाई आवश्यक सङ्ख्या पनि आवश्यक छ । नेपालको सबै ठुलो पार्टीका रूपमा एमाले स्थापित भैसकेको छ । तर, यो पुग्दो भएन । सरकार निर्माणका लागि आवश्यक सङ्ख्या पनि आवश्यक छ भन्नका लागि यो तालमेल हो । हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा उहाँले देशलाई कसरी दिशानिर्देश गर्नुभयो । अहिले नेपाली जनता त्यही प्राप्त गर्ने व्यग्र प्रतीक्षामा छन् । झापाली जनता पनि त्यसबाट टाढा रहने कुरा भएन । उनीहरू पनि त्यसको प्रतीक्षामा छन् ।
यसको मतलव चुनावी परिणमा झापामा सकारात्मक निस्किन्छ होइन त ?
झापा जिल्लाको स्थानीय निर्वाचनको परिणामलाई हेर्ने हो भने जनमतको हिसाबले एमाले सबै भन्दा ठुलो पार्टी हो । केही ठाउँमा आफ्नै कारणले पराजित भए पनि एमाले अहिले झापामा एमाले ठुलो शक्तिका रूपमा उदायको छ । बाम तालमेलपछि हामी अन्य दलभन्दा धेरै माथि छौँ । हामीले तालमेल गरेका समेत सबै क्षेत्र जित्छौँ । अहिले त्यो परिस्थिति विकास भएको छ । अहिले झापाली जनता, हाम्रो नेतृत्व, त्यहाँका कार्यकर्ता एक ढिक्का भएर सबै क्षेत्र जित्ने गरी लागेका छन् ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply