बंैकमा तरलता अभाव देखिनुका यी कारणहरू
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव बढेसँगै त्यसको असर अन्य क्षेत्रहरूमा समेत बिस्तारै देखिन थालेका छन् । तरलता बढेपछि बैंकहरूले नयाँ कर्जा प्रवाहमा रोक लगाउने तयारी गरेका छन् भने निक्षेपकर्ताहरूलाई आकर्षित गर्न ब्याजदरमा वृद्धि गर्न थालेका छन् ।
किन एकाएक बैंक तथा वित्तीय संस्थाहरूले तरलता अभाव झेल्नुप¥यो ? अहिले यस्तो प्रश्न गम्भीर रूपमा उठ्न पुगेको छ । कतिपयले भने बैंक तथा वित्तीय संस्थाहरूकै कमजोरीका कारण तरलता अभाव सिर्जना हुन पुगेको बताउन थालेका छन् । तरलता अभावलाई थप चर्किन नदिन बैंकहरूले कर्जा प्रवाहमा रोक लगाउने र निक्षेपकर्ताहरूलाई आकर्षक व्याज दिएर डिपोजिट बढाउने तयारीमा जुटे पनि विगतका दिनमा कर्जा विस्तार गर्नुअघि डिपोजिटको योजना बनाउन बैंकहरू चुकेका कारण यस्तो अवस्था सिर्जना हुन पुगेको बताइन थालिएको छ । राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘बैंक तथा वित्तीय संस्थाहरूले कर्जा विस्तार गर्नुअघि डिपोजिटको योजना बनाएर चलेका भए यस्तो समस्या नै आउँदैनथ्यो ।’
तरलता अभाव सिर्जित हुनुमा प्रतिनिधि र प्रदेशसभाको हालै सम्पन्न निर्वाचन पनि अर्को मुख्य कारकका रूपमा रहेको बताइन्छ । दुई चरणमा भएको निर्वाचनमा उम्मेदवारहरूले खर्च गर्न बैंकहरूबाट करोडौं रुपैयाँ निकाले । मतदाताहरूले पनि चुनावका बेला बैंक तथा वित्तीय संस्थाहरूमा राखेको रकम निकालेको बताइन्छ । यसरी निर्वाचनमा खर्च गर्ने हिसाबले निकालिएको ठूलो रकम पुनः बैंकमै फर्किएर आउन समय लाग्ने भएको हुँदा पनि बैंकहरूले तरलता अभाव झेल्नुपरेको हो ।
त्यस्तै, अहिले सरकारले स्थानीय तहलाई पठाएको २ खर्ब रकम त्यत्तिकै थन्किएर बसेको छ । स्थानीय तहमा पठाइएको त्यति ठूलो रकम खर्च हुन अझै समय लाग्ने अनुमान गरिएको छ । किनकि, सरकारले स्थानीय तहका लागि ठूलो रकम छुट्ट्याए पनि त्यो रकम खर्च गर्ने गरी अहिलेसम्म स्थानीय तहमा संयन्त्रहरू बनिसकेका छैनन् । नयाँ सरकार गठन भएपछि र कर्मचारीहरूको व्यवस्थापन भएपछि मात्र स्थानीय तहमा पठाइएको रकम खर्च हुने अवस्था रहेको बताइन्छ । स्थानीय तहमा पठाइएको रकम परिचालित नहुँदा पनि तरलताको अभाव देखिएको बताइन थालिएको छ । अहिले तरलता अभाव हुनुमा रेमिट्यान्सको वृद्धि नकारात्मक हुनुलाई पनि कारण मानिएको छ । अघिल्लो आर्थिक वर्षको यो समय रेमिट्यान्समा जुन अनुपातमा वृद्धि भएको थियो, अहिले भने शून्यमा झरेको बताइन्छ । रेमिट्यान्स ओरालो लागेको हुँदा त्यसले तरलता अभाव बढाउन भूमिका खेलेको बताइन्छ ।
निर्वाचनपछि देशमा वामपन्थीहरूको सरकार बन्ने निश्चित भएकाले केही ठूला व्यापारी–उद्योगीहरूले आफ्नो रकम सुनिश्चित तुल्याउन विदेशमा लगेको आशंका पनि गर्न थालिएको छ । खासगरी, भारतीय मूलका व्यापारीहरूले आफ्नो रकम उतै लगेको अनुमान गरिएकाले बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव सिर्जना भएको आशंका गर्न थालिएको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply