बंैकमा तरलता अभाव देखिनुका यी कारणहरू
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव बढेसँगै त्यसको असर अन्य क्षेत्रहरूमा समेत बिस्तारै देखिन थालेका छन् । तरलता बढेपछि बैंकहरूले नयाँ कर्जा प्रवाहमा रोक लगाउने तयारी गरेका छन् भने निक्षेपकर्ताहरूलाई आकर्षित गर्न ब्याजदरमा वृद्धि गर्न थालेका छन् ।
किन एकाएक बैंक तथा वित्तीय संस्थाहरूले तरलता अभाव झेल्नुप¥यो ? अहिले यस्तो प्रश्न गम्भीर रूपमा उठ्न पुगेको छ । कतिपयले भने बैंक तथा वित्तीय संस्थाहरूकै कमजोरीका कारण तरलता अभाव सिर्जना हुन पुगेको बताउन थालेका छन् । तरलता अभावलाई थप चर्किन नदिन बैंकहरूले कर्जा प्रवाहमा रोक लगाउने र निक्षेपकर्ताहरूलाई आकर्षक व्याज दिएर डिपोजिट बढाउने तयारीमा जुटे पनि विगतका दिनमा कर्जा विस्तार गर्नुअघि डिपोजिटको योजना बनाउन बैंकहरू चुकेका कारण यस्तो अवस्था सिर्जना हुन पुगेको बताइन थालिएको छ । राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘बैंक तथा वित्तीय संस्थाहरूले कर्जा विस्तार गर्नुअघि डिपोजिटको योजना बनाएर चलेका भए यस्तो समस्या नै आउँदैनथ्यो ।’
तरलता अभाव सिर्जित हुनुमा प्रतिनिधि र प्रदेशसभाको हालै सम्पन्न निर्वाचन पनि अर्को मुख्य कारकका रूपमा रहेको बताइन्छ । दुई चरणमा भएको निर्वाचनमा उम्मेदवारहरूले खर्च गर्न बैंकहरूबाट करोडौं रुपैयाँ निकाले । मतदाताहरूले पनि चुनावका बेला बैंक तथा वित्तीय संस्थाहरूमा राखेको रकम निकालेको बताइन्छ । यसरी निर्वाचनमा खर्च गर्ने हिसाबले निकालिएको ठूलो रकम पुनः बैंकमै फर्किएर आउन समय लाग्ने भएको हुँदा पनि बैंकहरूले तरलता अभाव झेल्नुपरेको हो ।
त्यस्तै, अहिले सरकारले स्थानीय तहलाई पठाएको २ खर्ब रकम त्यत्तिकै थन्किएर बसेको छ । स्थानीय तहमा पठाइएको त्यति ठूलो रकम खर्च हुन अझै समय लाग्ने अनुमान गरिएको छ । किनकि, सरकारले स्थानीय तहका लागि ठूलो रकम छुट्ट्याए पनि त्यो रकम खर्च गर्ने गरी अहिलेसम्म स्थानीय तहमा संयन्त्रहरू बनिसकेका छैनन् । नयाँ सरकार गठन भएपछि र कर्मचारीहरूको व्यवस्थापन भएपछि मात्र स्थानीय तहमा पठाइएको रकम खर्च हुने अवस्था रहेको बताइन्छ । स्थानीय तहमा पठाइएको रकम परिचालित नहुँदा पनि तरलताको अभाव देखिएको बताइन थालिएको छ । अहिले तरलता अभाव हुनुमा रेमिट्यान्सको वृद्धि नकारात्मक हुनुलाई पनि कारण मानिएको छ । अघिल्लो आर्थिक वर्षको यो समय रेमिट्यान्समा जुन अनुपातमा वृद्धि भएको थियो, अहिले भने शून्यमा झरेको बताइन्छ । रेमिट्यान्स ओरालो लागेको हुँदा त्यसले तरलता अभाव बढाउन भूमिका खेलेको बताइन्छ ।
निर्वाचनपछि देशमा वामपन्थीहरूको सरकार बन्ने निश्चित भएकाले केही ठूला व्यापारी–उद्योगीहरूले आफ्नो रकम सुनिश्चित तुल्याउन विदेशमा लगेको आशंका पनि गर्न थालिएको छ । खासगरी, भारतीय मूलका व्यापारीहरूले आफ्नो रकम उतै लगेको अनुमान गरिएकाले बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव सिर्जना भएको आशंका गर्न थालिएको छ ।
सम्बन्धित समाचार
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
अर्बौं बजेट थन्कियो, काम सुस्त — प्रदेश सरकारमाथि प्रश्न
-
भ्रमण धेरै, परिणाम थोरै? कृषि मन्त्रालयको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रश्नचिन्ह
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
ओली र लेखकमाथि अनुसन्धान जारी, प्रहरीद्वारा भ्रामक सूचना नफैलाउन आग्रह
Leave a Reply