नेसनल लाइफमा विवादैविवाद
काडमाडौं । मुलुकको प्रतिष्ठित बिमा कम्पनी नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनीमा विवाद चर्किएको छ ।
सुरुदेखि नै विवाद रहेको सो कम्पनीमा पछिल्लो समय ५५ हजार कित्ता सेयर स्वामित्वको विवाद चरम भएर सतहमा आएको हो । विवाद चरम भएर बिमा समितिमा उजुरी परे पनि बिमा समितिले समेत उक्त विवाद टुंग्याउन सकेको छैन ।
प्रेमाराज्यलक्ष्मी सिंह अहिले कम्पनीको अध्यक्ष हुन् । ओमसिंह भने कम्पनीका संस्थापकमध्येका एक हुन् । पूर्वअधिराजकुमार धीरेन्द्र शाहकी फुपूका छोरा ओम सिंह, ओम सिंहका छोरा अजेन्द्र सिंहले सिल्कोड नामक सहायक कम्पनीकको ५५ हजार कित्ता सेयर नामसारी गरिपाऊँ भनी बिमा समितिमा निवेदन दिएका थिए ।
बिमा समितिले अनुसन्धानका लागि उक्त मुद्दा राष्ट्र बैंक पठाएको छ । उक्त सेयर कम्पनी स्थापना गर्दाको १० प्रतिशत सेयर हो । त्यसबेला प्रत्यक्ष राजपरिवारको नाममा नराखी कम्पनी जिरो रुपैयाँमा खोलिएको बताइन्छ । उनीहरूले सिल्कोड यूके नामक कम्पनी बेलायतमा दर्ता गरेर पञ्चायतकालमा नै सो इन्स्योरेन्स कम्पनीको १० प्रतिशत सेयर सिल्कोड यूकेले लिएको दाबी पेस गरेका थिए । तर, पछि उक्त कम्पनी यूकेमा खारेज गरेर फेरि सिल्कोड यूएसए दर्ता गरेको बताइएको छ ।
इन्स्योरेन्स कम्पनीको ज्वाइन्ट भेन्चर कम्पनी भन्दै उक्त सेयरहरू होल्ड गरेर राख्ने र आफ्नो नाममा पार्ने खेलमा प्रेमा सिंह लागेपछि विवाद भएको बताइन्छ । उनलाई यस काममा उनका श्रीमान् एसके सिंहले सहयोग गरेको बताइन्छ । कम्पनी स्थापनाको बेला ३० वर्षअघि ३ करोडको कम्पनीको १० प्रतिशत सिल्कोड लिमिटेडको सेयर रहेको थियो । ओम सिंहले बाँकी रहेको ५५ हजार कित्ता सेयर नामसारी गरिपाऊँ भनी १ महिनाअघि बिमा समितिका निवेदन दिएका थिए ।
यता एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका छन् । संस्थापक सेयर कारोबार खरिद बिक्री गर्ने सम्बन्धमा समितिको निर्देशन २०६६ अनुसार संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ बनाउनुपर्ने भएपछि लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका हुन् । हाल सबै साधारण सेयरधनी रहेका एभरेस्ट इन्स्योरेन्सले गत असार २३ गतेको वार्षिक साधारण सभा गरी २० प्रतिशत बोनस सेयर र ६ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।
एभरेस्ट इन्स्योरेन्सको सेयर संरचनासम्बन्धी केही समस्या देखिएकाले हकप्रद निष्कासनको प्रक्रिया रोकिएको बताइएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply