नेसनल लाइफमा विवादैविवाद
काडमाडौं । मुलुकको प्रतिष्ठित बिमा कम्पनी नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनीमा विवाद चर्किएको छ ।
सुरुदेखि नै विवाद रहेको सो कम्पनीमा पछिल्लो समय ५५ हजार कित्ता सेयर स्वामित्वको विवाद चरम भएर सतहमा आएको हो । विवाद चरम भएर बिमा समितिमा उजुरी परे पनि बिमा समितिले समेत उक्त विवाद टुंग्याउन सकेको छैन ।
प्रेमाराज्यलक्ष्मी सिंह अहिले कम्पनीको अध्यक्ष हुन् । ओमसिंह भने कम्पनीका संस्थापकमध्येका एक हुन् । पूर्वअधिराजकुमार धीरेन्द्र शाहकी फुपूका छोरा ओम सिंह, ओम सिंहका छोरा अजेन्द्र सिंहले सिल्कोड नामक सहायक कम्पनीकको ५५ हजार कित्ता सेयर नामसारी गरिपाऊँ भनी बिमा समितिमा निवेदन दिएका थिए ।
बिमा समितिले अनुसन्धानका लागि उक्त मुद्दा राष्ट्र बैंक पठाएको छ । उक्त सेयर कम्पनी स्थापना गर्दाको १० प्रतिशत सेयर हो । त्यसबेला प्रत्यक्ष राजपरिवारको नाममा नराखी कम्पनी जिरो रुपैयाँमा खोलिएको बताइन्छ । उनीहरूले सिल्कोड यूके नामक कम्पनी बेलायतमा दर्ता गरेर पञ्चायतकालमा नै सो इन्स्योरेन्स कम्पनीको १० प्रतिशत सेयर सिल्कोड यूकेले लिएको दाबी पेस गरेका थिए । तर, पछि उक्त कम्पनी यूकेमा खारेज गरेर फेरि सिल्कोड यूएसए दर्ता गरेको बताइएको छ ।
इन्स्योरेन्स कम्पनीको ज्वाइन्ट भेन्चर कम्पनी भन्दै उक्त सेयरहरू होल्ड गरेर राख्ने र आफ्नो नाममा पार्ने खेलमा प्रेमा सिंह लागेपछि विवाद भएको बताइन्छ । उनलाई यस काममा उनका श्रीमान् एसके सिंहले सहयोग गरेको बताइन्छ । कम्पनी स्थापनाको बेला ३० वर्षअघि ३ करोडको कम्पनीको १० प्रतिशत सिल्कोड लिमिटेडको सेयर रहेको थियो । ओम सिंहले बाँकी रहेको ५५ हजार कित्ता सेयर नामसारी गरिपाऊँ भनी १ महिनाअघि बिमा समितिका निवेदन दिएका थिए ।
यता एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका छन् । संस्थापक सेयर कारोबार खरिद बिक्री गर्ने सम्बन्धमा समितिको निर्देशन २०६६ अनुसार संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ बनाउनुपर्ने भएपछि लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका हुन् । हाल सबै साधारण सेयरधनी रहेका एभरेस्ट इन्स्योरेन्सले गत असार २३ गतेको वार्षिक साधारण सभा गरी २० प्रतिशत बोनस सेयर र ६ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।
एभरेस्ट इन्स्योरेन्सको सेयर संरचनासम्बन्धी केही समस्या देखिएकाले हकप्रद निष्कासनको प्रक्रिया रोकिएको बताइएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply