नगर समृद्ध बनाउन अवधारणा
पालुङ । थाहा नगरपालिकालाई समृद्ध नगर बनाउने विषयमा नागरिक समाजका अगुवाहरूले आ–आफ्नो धारणा राखेका छन् । शनिबार शिखरकोटस्थित एक होटलको सभाहलमा भएको नागरिक अन्तक्र्रिया कार्यक्रममा नागरिक समाजका अगुवाहरूले नगरको विविध विषयमा आआफ्नो धारणा राखेका हुन् ।
कार्यक्रममा विभिन्न क्षेत्रमा अगुवाइ गर्दै आएका नौ जनाले आआफ्नो अवधारणा पत्र नै प्रस्तुत गरेका थिए । कार्यक्रममा थाहानगरको समग्र विकास, शिक्षा, पर्यटन, धार्मिक पर्यटन, उपभोक्ता हित, साहित्य, सञ्चारलगायतको विकासका सन्दर्भमा कार्यपत्र र अवधारणा पत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा नगरपालिकाको समग्र विकासलाई लिएर समृद्ध थाहानगर निर्माणका आधारहरू शीर्षकमा अच्यूतमप्रसाद ढकाल, थाहा नगरपालिकाको शिक्षा विकाससम्बन्धी सानोभाइ कार्की, पर्यटन व्यवसाय विकासबारे सुरेन्द्रमान प्रधानले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी, धार्मिक पर्यटन विकाससम्बन्धी रामप्रसाद ढकालले अवधारणापत्र प्रस्तुत गरेका थिए भने स्थानीय सरकारलाई बलियो बनाउन सञ्चारमाध्यमको भूमिकाको सन्दर्भमा नगरपालिकाका कर्मचारी तथा स्थानीय पत्रकार सुरजकुमार भुजेलको अवधारणापत्र प्रस्तुत गरिएको थियो । थाहा नगरको महिला विकाससम्बन्धी कल्पना बलामी, साहित्य, भाषा र कलासम्बन्धी बिर्खे अञ्जान र उपभोक्ता हितसम्बन्धी गणेशमान श्रेष्ठले अवधारणापत्र प्रस्तुत गरेका थिए । प्रस्तुत अवधारणापत्रमाथि क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका उपनिर्देशक कृष्ण घिमिरे र ज्योति रायमाझीले टिप्पणी गरेका थिए ।
टिप्पणीकारहरूले अवधारणा पत्रहरू ओजपूर्ण रहेको भन्दै त्यससम्बन्धी टिप्पणी गरेका थिए । थाहा नगरलाई समृद्ध बनाउन नगरको बार्षिक बजेट, योजना र कार्यक्रमले मात्र सम्भव नभई दिगो विकासमा आधारित आवधिक योजना र तदनुरुपको कार्यान्वयनलाई जोड दिनुपर्नेमा अवधारणा पत्रहरू सार्वजनिक भएको थियो ।
नगरको आन्तरिक श्रोतहरूको वृद्धि गर्दै बाह्य क्षेत्रबाट लगानी भित्र्याउन डिपिआरसहितको खाका अघि सार्नुपर्नेमा सहभागी सबैले जोड दिएका थिए । अवधारणाकारहरूले नगरबासीको साथ, सहयोग र जनप्रतिनिधिहरूको अगुवाइका साथ योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply