काठमाडौं महानगरको १३ अर्ब २ करोडको बजेट
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गरेको छ । बजेटमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संथागत विकास तथा सेवा प्रवाह, वित्तीय व्यवस्थापन र सुशासनजस्ता विषय समेटिएको महानगरपालिकाले जनाएको छ ।
महानगरले आगामी वर्षका लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजारको विनियोजन बजेट प्रस्तुत गरेको हो । महानगरले पूर्वाधार विकासमा तीन अर्ब ६ करोड २५ लाख विनियोजन गरेको छ । सो रकम रानीपोखरी र काष्ठमण्डप पुनःनिर्माण, दरबार हाईस्कुल निर्माण, आधुनिक आकाशे पुल, अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माणलगायत बहुवडामा सञ्चालन हुने ठूला आयोजनाहरू खर्च गरिनेछ ।
त्यसैगरी, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चजस्तै तलब, भत्ता, कार्यालय सञ्चालन, मर्मतसम्भार, कर्मचारी क्षमता विकास, कार्यालय सम्पत्ति व्यवस्थापन, सुशासन प्रवद्र्धन, समन्वय तथा अनुगमन, कर्मचारी व्यवस्थापन भर्ना तथा छनोट र कार्यालय सञ्चालन, कर्मचारी व्यवस्थापन भर्ना तथा छनोट, कर्मचारी तालिम तथा क्षमता विकास कार्यक्रम, भगिनी सहर स्थापना, सांस्कृतिक प्रचारप्रसारका लागि श्रव्यदृश्य सामग्री तयारी, ब्रोसर छपाइ कार्यलगायत प्रशासनिक खर्चका लागि महानगरले १ अर्ब ९३ करो २ लाख रुपैयाँ विनियोजन गरेको छ । सहरी विकास शीर्षकमा महानगरले ७ करोड ८१ लख छुट्ट्याएको जानकारी दिएको छ ।
विपद् व्यवस्थापनमा महानगरले १६ करोड ७८ लाख छुट्ट्याएको जानकारी दिएको छ । महानगरलाई प्रदूषण एवं धुलोधुवाँलाई न्यूनीकरण गरी नो मास्क सिटीका रूपमा विकास गर्ने नीतिअन्तर्गत सार्वजनिक स्थलहरूमा वृक्षरोपण, हरियाली प्रवद्र्धन, पार्क निर्माण, रत्नपार्क सुदृढीकरण कार्यक्रम, समुदाय परिचालनमा फोहोरमैला व्यवस्थापन कार्यक्रम, फोहोरमैला व्यवस्थापनका लागि विभिन्न उपकरण र सवारीसाधनका पार्ट्स खरिद, ग्रिन सिटी प्रवद्र्धन गर्ने, स्मार्ट सार्वजनिक शौचालय निर्माण, सरसफाइ, तत्काल वैकल्पिक ल्यान्डफिल्ड साइट व्यवस्थापनसम्बन्धी कार्यक्रमका लागि ५ करोड ४५ लाख विनियोजन गरेको छ ।
सामाजिक विकासजस्तै ज्येष्ठ नागरिकहरूलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वअध्यक्ष स्वर्गीय मनमोहन अधिकारीको स्मृतिमा मनमोहन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, नेपाली कांग्रेसका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान, सहयोगापेक्षी मानवहरूको सेवाका लागि सहकार्य, सवारीसाधन खरिद तथा आश्रमस्थल निर्माण, सार्वजनिक पुस्तकालय निर्माण, अनलाइन रोजगार सूचना केन्द्र स्थापना, महानगर हेल्थ क्लब निर्माण, गृहिणी महिलाका लागि घरमै रोजगार कार्यक्रम, महिला हिंसा न्यूनीकरण कोष, शिशु स्याहार केन्द्र स्थापना, मातृशिशु कल्याण कार्यक्रम, खेलकुद विकास कार्यक्रम, लक्षित वर्ग उत्थान कार्यक्रमलगायतका लागि जम्मा ९६ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
सूचना र आईटी २१ करोड ५८ लाख, स्वास्थ्यमा १३ करोड ५८ लाख, शिक्षामा १ अर्ब १० रुपैयाँ विनियोजन गरेको पनि महानगरले जानकारी दिएको छ । त्यस्तै, सम्पदा र सम्पदा–संस्कृति राष्ट्रको संरक्षणलगायतका कार्यक्रमका लागि ५१ करोड ६७ लाख विनियोजन गरिएको पनि महानगरले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply