ललितपुरमा घुमुवा आतंक
काठमाडौं । महानगरी प्रहरी अपराध महाशाखाअन्तर्गत लतिपुरका केही घुमुवा प्रहरीले आतंक नै फैलाएका छन् । जावलाखेलस्थित परिसरमा अलि लामो समयदेखि कार्यरत सादा पोसाकधारी केही घुमुवाले फिरौतीको मामिलामा आतंक नै फैलाएको भन्दै गुनासो बढेको छ ।
त्यस्ता घुमुवाहरूले डन, तस्कर, व्यवसायी, रेस्टुरेन्ट सञ्चालक तथा जुवाखाल चलाउनेहरूसँग मिलेमतो गरी हप्तावारी उठाउने मात्र होइन, बेलाबेलामा छापा हान्न जानुअघि नै त्यस्ता गिरोहलाई सूचना लिक गर्ने गरेका छन् । अनुसन्धानको जिम्मा पाएका अधिकारीहरूलाई असफल पार्ने र पैसाका लागि जस्तोसुकै हर्कत गर्न पछि नपर्ने त्यस्ता घुमुवाका कारण ललितपुर भरी आतंक फैलिएको पीडितहरूले बताएका छन् । प्रकाश खड्का नामका एक घुमुवाले माथिसम्म मिलाउनुपर्छ भन्दै विभिन्न व्यक्तिसँग दसैं खर्च माग्ने, घरमा राख्ने टिभी र आफूले बोक्ने मोबाइलसमेत किन्न लगाउने र विभिन्न क्रसर व्यवसायी, ठेकेदार, ढुंगाखानी सञ्चालक तथा डान्स तथा दोहोरी रेस्टुरेन्टबाट नियमित रकम उठाइरहेका छन् । ललितपुरका फरार अभियुक्त मिनकृष्ण महजनको इसारामा चल्ने उनले प्रहरीका सूचना डन तथा जुवा खाल सञ्चालकलाई दिएर दोहोरो फाइदासमेत लिइरहेको बताइन्छ । उनले केही दिनअघि मात्र पनि हरेक दिन लाखौंको जुवाखेल हुने विभिन्न गोप्य अखडाहरूमा छापा मार्न भनेर कार्यालयबाट अनुमति लिएर गएको र जाने तयारी भएपछि छापा मार्न आउँदै छु भनेर सूचना चुहावट गरी जुवाडेहरू भगाएर पैसा लिएको परिसरभरि चर्चा छ ।
उनले केरकारकै इन्सपेक्टर खुमलाल भुसालको नाम बेचेर समेत विभिन्न दोहोरीबाट ठूलो रकम उठाएको खबर छ । खासगरी डान्स रेस्टुरेन्ट, दोहोरी र क्याबिनहरूमध्ये ग्वार्कोको दोहोरी साँझ, मीनभवनको ललितपुर दोहोरी, एकान्तकुनाको ओखरबोटे दोहोरी साँझ, महालक्ष्मी स्थानको तीनपाने भन्ज्याङ दोहोरी साँझलगायतका स्थानबाट रकम उठाइरहेको बताइन्छ ।
यता चापागाउँमा दरबन्दी भएर सातदोबाटोमा कार्यरत ट्राफिक इन्द्र बोहोराले पनि उठौती धन्दामा आतंक नै फैलाएको समाचार छ । उनले ट्रिपर, बोर्डिङ स्कुल, विभिन्न पार्किङलगायतका सबै स्थानबाट गरी मासिक डेढ लाख रुपैयाँसम्म जम्मा पार्ने गरेको आरोप छ ।
मासिक १५–१६ हजार तलब हुने ती प्रहरीहरूले ५ लाख रुपैयाँ पर्ने मोटरसाइकल चढेर हिँड्ने गरेका छन् । उनीहरूले अवैध रूपमा गरेको आर्जनबाट विभिन्न स्थानमा व्यवसाय चलाएको समेत थाहा भएको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply