संसदीय समितिमा को–को बन्लान् सभापति ?
काठमाडौं । संसदीय समितिहरूमा रहने सांसदहरूको नाम घोषणासँगै संसदीय समितिहरू गठन प्रक्रिया अघि बढेको छ । यससँगै संसदीय समितिहरूको सभापतिमा दाबी गरिरहेका सांसदहरूको दौडधुप पनि बढेको छ । प्रतिनिधिसभाका १० र राष्ट्रियसभाका चारवटा समितिमा बैठकबाट सभापतिहरू चुनिनेछन् । संसदीय काम प्रभावकारी बनाउन अब छिट्टै सभापति चयन हुने सभामुख कृष्णबहादुर महराले बताउँदै आएका छन् ।
१४ मध्ये सार्वजनिक लेखा समितिबाहेक बाँकी सबै समिति सत्तारुढ दलका हुनेछन् । संघीय समाजवादी फोरम र राजपालाई पनि एक÷एकवटा सभापति दिने कि भन्ने विषयमा पनि छलफल अघि बढिरहेको बताइएको छ । अहिलेसम्म संसदीय सुनुवाइ समितिको सभापतिमा नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईको नाम करिबकरिब निश्चितजस्तै भएको छ । विवादमा तानिएका कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम समितिबाट पारित नगर्ने सन्दर्भमा उनले देखाएको सक्रियता र अगुवाको भूमिकाले पनि भट्टराई नै भावी सभापति हुन् भन्ने पार्टी पंक्तिमा स्थापित भएको छ । उनकै सक्रियतामा जोशीका विवादास्पद काम र सर्टिफिकेटसँग सम्बन्धित तथ्य संकलन भएको थियो । यद्यपि, सुनुवाइ समितिमै नेकपाका अर्का सिनियर र लोकप्रिय नेता सुरेन्द्र पाण्डे पनि छन् । अर्थ समितिमा पनि रहेकाले उनले सुनुवाइ समितिको नेतृत्वमा खासै रुचि राखेका पनि छैनन् । पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेलाई अर्थ समितिको सभापतिका रूपमा पनि हेरिएको छ ।
कांग्रेसले नेतृत्व लिने सार्वजनिक लेखा समितिमा भने डा. मीनेन्द्र रिजाल र भरतकुमार शाहमध्ये एक सभापति बन्ने चर्चा छ । त्यस्तै, विकास तथा प्रविधि समितिमा गणेश पहाडी, यज्ञराज सुनुवार र कल्याणी खड्काको नाम चर्चामा छ । तीनमध्ये एक जना सहमतिमै सभापति बन्ने बुझिएको छ । यद्यपि, तीनै सांसदले शीर्ष नेताहरूसँग आफ्नो चाहना राखिसकेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा कृष्णगोपाल श्रेष्ठ र जनाद्र्धन शर्माको चर्चा छ । शिक्षा तथा स्वास्थ्य समितिमा खगराज अधिकारी, हितबहादुर तामाङ, सरिता न्यौपाने र सुरेश राईमध्येबाट सभापति बन्ने चर्चा छ । उता, महिला तथा सामाजिक समितिमा अमृता थापा, पार्वत गुरुङ, कृष्ण राई, खेम लोहनी र गणेश ठगुन्नाको चर्चा छ । कृषि तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिमा कृष्णप्रसाद दाहाल, भूमि त्रिपाठी, दलबहादुर राना, शान्ता चौधरीलगायत सभापतिका दाबेदार छन् ।
कानुन न्याय तथा मानवअधिकार समितिमा अधिवक्तासमेत रहेका सांसद कृष्णभक्त पोखरेलको एकल चर्चा छ । उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जयपुरी घर्ती, देवेन्द्र पौडेललगायतको चर्चा छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा वरिष्ठ नेता माधवकुमार नेपाल, अग्नि सापकोटालगायतका नेता छन् । वरिष्ठ नेता नेपालकै रुचिअनुसार यो समितिको नेतृत्व चुनिने निश्चित देखिए पनि उनी अहिलेसम्म मौन छन् ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply