प्रेसमाथीको अंकुस संविधान विपरीत
काठमाडांै । नेपाल पत्रकार महासंघले “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा” विषयमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रिय मानवकअधिकार आयोगका अध्यक्ष अनुप राज शर्माले मानव अधिकारको रक्षक पत्रकार पनि रहेका कारण प्रेसमाथि अंकुश लगाउन नहुने धारणा राखे । उनले प्रेसमाथि अंकुश लगाईए त्यो संविधान विपरित हुने बताए ।
राष्ट्रिय सभा सदस्य राधेश्यम अधिकारीले लोकतन्त्रको स्थापनामा प्रेसको भूमिका उल्लेख्य रहेको भन्दै फौजदारी तथा देवानी संहितामा प्रेस स्वतन्त्रतामाथि अवरोध हुने प्रावधान भए त्यसलाई संसोधन गर्न सकिने धारणा राखे । बरिष्ठ अधिवक्ता तथा सांसद रामनारायण बिडारीले समग्र समाजलाइ लक्षित कानूनको निर्माण गरिने हुदा पत्रकारको पेशालाई फौजदारी संहिताले अवारोध गरे ति बुदाँलाई संसोधन गर्न सकिने धारणा राखे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भदौं १ गते बाट लागुहुने फौजदारी संहितामा पत्रकारलाई समाचार लेखेकै आधारमा सजाय गर्ने प्रावधान रहेको हुदाँ त्यसमाथि गम्भीर छलफल आवश्यक रहेको बताए । महासंघका पूर्व सभापति तारानाथ दाहालले फौजदारी संहिताले पत्रकारिताको विभिन्न विधालाई समस्या पर्ने सम्भावना रहेको धारणा राखे । महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारको पेशागत विधा व्यूरोक्राटले नबुझेका कारण पत्रकारितालाई अंकुश लगाउने प्रावधान फौजदारी संहितामा रहेको बताए । महासंघमा आयोजित कार्यक्रममा मुलुकी संहिता (देवानी र फौजदारी ) २०७४ र अभिव्यक्ति स्वतन्त्रतामा अधिवक्ता बाबुराम अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply