बिम्स्टेकमा प्रहरी जिल्ल
काठमाडौं । भोलिदेखि काठमाडांैमा तामझामका साथ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन हुँदै छ । दुई दिनसम्म चल्ने यो शिखर सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न सरकारले सबै संयन्त्रलाई चुस्त बनाएको छ । सजावटदेखि लिएर सुरक्षासम्मका सबै प्रबन्ध सकिएका छन् । तर, यत्रो सम्मेलन हुँदा सुरक्षाको एउटा महŒवपूर्ण अंग नेपाल प्रहरी भने जिल्ल परेको छ ।
सम्मेलनको सुरक्षाका लागि भन्दै नेपाल प्रहरीले अर्थ मन्त्रालयसँग गत महिनामै ४५ करोड रुपैयाँ माग गरेको थियो । सो रकमले १२ थान पिकअप भ्यान, ३८ वटा मोटरसाइकल र दुइटा ठूला भ्यान खरिद गर्ने भन्दै फाइल अर्थमा पेस गरेको थियो । तर, अर्थले सो आवश्यक नभएको भन्दै प्रहरीलाई पैसा निकासा दिएन । अर्थले त पत्याएन नै भीआईपीको सुरक्षाको मुख्य जिम्मावाट पनि प्रहरीलाई पन्छाइएको छ । सम्मेलनमा आउने भीभीआईपीको सुरक्षाको कार्यविधिमा सुरक्षाको पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी र चौथोमा गुप्तचर रहने भन्ने छ । जबकि, भीआईपी सुरक्षाबारे सेनाले छुट्टै कुनै विशेष तालिम लिएकै हँुदैन । यस्तो तालिम नेपाल प्रहरी र सशस्त्रले मात्र लिएका हुन्छन् । विश्वका जुनसुकै देशमा भीआईपीको सुरक्षाको पहिलो जिम्मा अर्धसैन्य संरचनालाई दिइएको हुन्छ । तर, यहाँ भने सेनालाई दिइएको छ । बिम्स्टेकका लागि १२ हजार सेना बाहिर निकालिएका छन् ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply