समृद्धिको मूल मर्मलाई समातौं ः नेता श्रेष्ठ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले समृद्धिको मूल अर्थ र मर्मलाई पक्रेर समृद्धिको मार्गतिर अगाडि बढ्नुपर्ने कुरा बताएका छन् । नेकपा, काठमाडौं महानगरपालिका–१६ ले गत वर्षको एसईईमा उत्तीर्ण भएका विद्यार्थीहरूको सम्मानमा आयोजना गरेको कार्यक्रममा नेता श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
सो वडाका १ सय ८५ विद्यार्थीलाई सम्मान गरिएको सो कार्यक्रममा बोल्दै नेता श्रेष्ठले भने, ‘अहिले नेकपाले सरकार बनाउने जुन अवसर पाएको छ, यो अवसरलाई हामीले गुम्न दिनुहुँदैन । यो सरकारलाई हामीले जसरी भए पनि सफल बनाउनुपर्छ ।’ सो कार्यक्रममा काठमाडौं क्षेत्र नंं. ७ प्रदेशसभा ‘क’बाट निर्वाचित सांसद् वसन्त मानन्धरले प्रदेश सरकारले गरेका विकासका गतिविधिबारे प्रकाश पारेका थिए । सांसद मानन्धरले भने, ‘अहिले सरकारको विरुद्धमा जेजस्ता भ्रमहरू फैलाइरहेका छन्, त्यसलाई जनस्तरबाट नै चिर्नु आवश्यक छ ।’
सो कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले गरेका कामहरूबारे बताएका थिए । लक्ष्मण गमालको सभापतित्वमा भएको सो कार्यक्रममा स्वागत मन्तव्य दिलीपराज वन्त र सञ्चालन राजेन्द्र भण्डारीले गरेका थिए ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply