टेलिकमको कवाडीमा रैथानेको बोलवाला
काठमाडौं । छाउनीस्थित नेपाल टेलिकम परिसरमा अर्बौं मूल्य पर्ने अनगिन्ती उपकरणहरू वर्षौंदेखि अलपत्र परेका छन् । टेलिकम व्यवस्थापनले ती सामानहरू बेलाबेलामा टेन्डर लगाएर कवाडीमा बेच्ने गरेको छ ।
पछिल्लो समय गोरखापत्र दैनिकमा टेलिकमको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयमार्फत एउटा सूचना जारी भएको छ । भदौ १४ गते जारी गरिएको सो सूचनामा टेलिकमका हाकिमहरूको मिलेमतोमा आफ्नो मान्छेलाई टेन्डर दिन चलखेल सुरु भएको आरोप लागेको छ ।
जसमा साढे २ करोडको लिलामका लागि ७ करोड रुपैयाँको कारोबार गरेको विवरण बुझाउनुपर्ने सर्त उल्लेख गरिनुका साथै ब्याट्री कारखानाको सिफारिससमेत ल्याउनुपर्ने सर्त राखिनुले उनीहरूको बदनियत प्रस्ट भएको बताइएको छ ।
सो टेन्डर प्रक्रियामा टेलिकमका हाकिमहरूले राजकुमार अग्रवाल नामका व्यक्तिलाई पूर्वयोजनाअनुसार टेन्डर पार्न खोजिएको आरोप छ । त्यसका लागि नियममै नभएका सर्तहरू विनियममा थप गरी सर्तबन्दी गरेको बताइएको छ ।
अहिलेको सर्तबमोजिम लागू गरिने हो भने सो टेन्डर अग्रवाललले नै पाउने प्रस्ट भएको बताइन्छ । अग्रवाल एनसेलमा पनि यस्तै टेन्डर गर्दै आइरहेका छन् । तर, उनलाई त्यहाँ कालोसूचीमा राखिएपछि अहिले भने अग्रवालले आफ्नो नाममा नभई आफन्तका नामबाट काम जारी राखेका छन् । सो टेन्डरको आवेदन दिने म्याद असोज ६ गतेसम्म रहेको बताइन्छ ।
स्मरणीय छ, टेलिकममका यस्ता कवाडी सामानहरूमा करोडौंको घोटाला हुँदै आएको छ । टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको बर्खास्तीपछि निमित्तको जिम्मा लिएको अधिकारीसमेतको यस टेन्डरमा मिलेमतो रहेको बताइन्छ । टेलिकमका कवाडी सामानहरू सेटिङ मिलाएर टेन्डर लिने र करौंडो रकम कमिसन बाँड्ने रैथाने समूह टेलिकममा पहिलेदेखि नै रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply