मलमा छलैछल
काठमाडौं । कृषि विकास तथा पशुपन्छी मन्त्रालयका उच्च तहका कर्मचारीहरूको उदासीनताका कारण मलको अभाव उत्पन्न हुने देखिएको छ । गहुँ रोप्ने मौसम सुरु हुन लागेको हुँदा अब देशभरि नै ७ लाख टन मलको आवश्यकता पर्छ । युरिया, फस्फोरस र पोटास गरी ७ लाख टन मल चाहिने बताइन्छ । गहुँको सिजनका लागि मंसिरको पहिलो सातासम्म किसानहरूलाई मल उपलब्ध गराउनुपर्ने हुन्छ ।
तर, कृषि मन्त्रालयमा मल शाखा हेर्ने सहसचिव तेजबहादुर सुवेदी, कृषि सामग्री संस्थानका महाप्रबन्धक अमरराज खैरलगायत कर्मचारीहरूको उदासीनताका कारण अहिलेसम्म पर्याप्त मात्रामा मल आइरहेको छैन । भैरहवालगायत पश्चिम नेपालका केही जिल्लामा त अहिलेदेखि नै मलको अभाव सिर्जना भइसकेको छ ।
मल ल्याउन मन्त्रालय र संस्थानले पहल गर्नुपर्ने भए पनि कुनै पहल भइरहेको छैन । मल ल्याउने विषयमा न त मन्त्रालयको सम्बन्धित शाखाले चासो देखाएको छ, न त संस्थानले नै तदारुकता देखाइरहेको छ । मलको अभाव कसरी पूरा गर्ने भन्ने विषयमा मन्त्रालयसँग समन्वय गर्नुपर्ने बेला संस्थानका महाप्रबन्धक खैर उपत्यकाबाहिर छन् । उनले भने, ‘म अहिले उपत्यकाबाहिर छु । हामीसँग पर्याप्त मल छ ।’ मल शाखा हेर्ने सहसचिव सुवेदीले पनि संस्थानका महाप्रबन्धकलाई बोलाएर समयमै किसानहरूले मल पाउँछन् कि पाउँदैनन्, मल झिकाउने विषयमा केकस्तो पहल भइरहेको छ भनेर अहिलेसम्म कुनै जानकारी नलिएको बताइन्छ ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply