मलमा छलैछल
काठमाडौं । कृषि विकास तथा पशुपन्छी मन्त्रालयका उच्च तहका कर्मचारीहरूको उदासीनताका कारण मलको अभाव उत्पन्न हुने देखिएको छ । गहुँ रोप्ने मौसम सुरु हुन लागेको हुँदा अब देशभरि नै ७ लाख टन मलको आवश्यकता पर्छ । युरिया, फस्फोरस र पोटास गरी ७ लाख टन मल चाहिने बताइन्छ । गहुँको सिजनका लागि मंसिरको पहिलो सातासम्म किसानहरूलाई मल उपलब्ध गराउनुपर्ने हुन्छ ।
तर, कृषि मन्त्रालयमा मल शाखा हेर्ने सहसचिव तेजबहादुर सुवेदी, कृषि सामग्री संस्थानका महाप्रबन्धक अमरराज खैरलगायत कर्मचारीहरूको उदासीनताका कारण अहिलेसम्म पर्याप्त मात्रामा मल आइरहेको छैन । भैरहवालगायत पश्चिम नेपालका केही जिल्लामा त अहिलेदेखि नै मलको अभाव सिर्जना भइसकेको छ ।
मल ल्याउन मन्त्रालय र संस्थानले पहल गर्नुपर्ने भए पनि कुनै पहल भइरहेको छैन । मल ल्याउने विषयमा न त मन्त्रालयको सम्बन्धित शाखाले चासो देखाएको छ, न त संस्थानले नै तदारुकता देखाइरहेको छ । मलको अभाव कसरी पूरा गर्ने भन्ने विषयमा मन्त्रालयसँग समन्वय गर्नुपर्ने बेला संस्थानका महाप्रबन्धक खैर उपत्यकाबाहिर छन् । उनले भने, ‘म अहिले उपत्यकाबाहिर छु । हामीसँग पर्याप्त मल छ ।’ मल शाखा हेर्ने सहसचिव सुवेदीले पनि संस्थानका महाप्रबन्धकलाई बोलाएर समयमै किसानहरूले मल पाउँछन् कि पाउँदैनन्, मल झिकाउने विषयमा केकस्तो पहल भइरहेको छ भनेर अहिलेसम्म कुनै जानकारी नलिएको बताइन्छ ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply