२० योजनालाई ४ करोड
ताप्लेजुङ । जिल्लाको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका २० वटा योजना छनोट भएका छन् । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, जिल्लाका नौवटै स्थानीय तहका प्रमुखहरू र राजनीतिक दलका प्रतिनिधिहरूको परामर्शमा योजना छनोट गरेका हुन् ।
परामर्श समितिमा आएका सुझाव र स्थानीय आवश्यकतालाई ध्यान दिँदै भट्टराई र जिल्ला समन्वय अधिकारी सम्मिलित कार्यक्रम निर्देशक समितिको २०७५ कात्तिक २७ गते बसेको बैठकले २० वटा आयोजना छनोट गरी बजेट विनियोजन गरिएको सांसद भट्टराईको सचिवालयका तर्फबाट सहयोगी प्रेम गुरागार्इंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
१ मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा ४ करोड रुपैयाँको उक्त योजना बाँडफाँट गरिएको हो । फुङलिङ नगरपालिकामा ६ वटा योजना छन् । सिदिङमा र फक्ताङलुङ गाउँपालिकामा भने १÷१ वटा योजना छन् । सिरिजंघा, पाथीभरा याङवरक, आठराई–त्रिवेणी, मेरिङदेन, मैवाखोला र मिक्वाखोलामा भने २÷२ वटा योजना छनोटमा परेका छन् । अधिकांश योजना सडक निर्माण तथा स्तरोन्नति र विद्यालयको खेलमैदान निर्माणका छन् । छनोटमा परेका योजनामा सबैभन्दा बढि ५० लाखमाथिका दुईवटा योजना छन् ।
सिदिङमा गाउँपालिकास्थित काबेली–मिश्रटार–बरडाँडा–सिहंदेवी–साब्लाखु भन्ज्याङ सडक स्तरोन्नति गर्न ५० लाख विनियोजन गरिएको छ । फक्ताङलुङ गाउँपालिकास्थित लिंखिम–सिवा–थिवा–तापेथोक जोड्ने सडक स्तरोन्नतिका लागि पनि ५० लाख विनियोजन भएको छ । सिरिजंघा गाउँपालिकास्थित तेल्लोक मावि रंगशाला निर्माण २५ लाख र सिनाम आधारभूत विद्यालय खेलमैदान निर्माणका लागि १० लाख छुट्ट्याइएको छ । पाथीभरा याङवरक गाउँपालिकास्थित थुम्बेदिनको साप्लेखोप खेलमैदान निर्माण गर्न २५ लाख र हरिन्दे विद्यालयदेखि कालिका माविसम्म सडक निर्माणका लागि १५ लाख रहेको छ । आठराई त्रिवेणी गाउँपालिकामा चुवाखोला–संगमचोक–देउराली सडक स्तरोन्नतिका लागि २५ लाख र परमसिंह मावि खेल मैदान निर्माणका लागि १५ लाख रहेको छ ।
मेरिङदेन गाउँपालिकाको लंवाखोला जलविद्युत्को कुलो निर्माण गर्न २५ लाख र थिङलाबु थुङथाप फाकुम्बा जोड्ने सडक स्तरोन्नति गर्न १५ लाख विनियोजन भएको छ । मैवाखोला गाउँपालिकास्थित टिमुरेखोला कल्भर्ट निर्माण २५ लाख र जनकल्याण आधारभूत विद्यालय तेल्लाबुङ खेलमैदान स्तरोन्नतिका लागि १० लाख छुट्ट्याइएको छ । मिक्वाखोला गाउँपालिकास्थित थलङ–साँवा–फुङफुङे झरना जोड्ने सडकका लागि २५ लाख र मोती मावि खोक्लिङ खेल मैदान निर्माण गर्न १० लाख छुट्ट्याइएको छ ।
यता फुङलिङ नगरपालिकाभित्र चिच्चोरा खोल्सा तटबन्धका लागि १८ लाख, हर्राबोटे सिँचाइ योजना १० लाख, सिम्ले डाँढगाउँ खेलमैदान निर्माण १० लाख, छत्रेधारा वरबोटे खानेपानी ट्यांकी निर्माण १० लाख, जनता मावि हाङदेवा विद्यालय भवन निर्माण १० लाख र फुरुम्बोको बाझेनी खानेपानी योजनाका लागि १३ लाख विनियोजन गरिएको छ । ४ लाख भने कार्यविधिअनुसारको प्रशासनिक खर्च विनियोजन गरिएको छ ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply