अन्तत शाही दलको नेता
काठमाडौं । अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश संसदीय दलको नेतामा महेन्द्रबहादुर शाही चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहेका शाहीलाई दलको नेता चयन गरेको हो ।
दलहरूबीच भएको सहमतिविपरीत आफू दल नेता हुनुपर्ने भन्दै प्रदेशका सहइन्चार्ज यामलाल कँडेलले दलको नेता चयनको काम अड्काउँदै आएका थिए । तर, उनको त्यो प्रयत्न असफल भएको छ । केही नलागेपछि कँडेलले नै दलको नेतामा मुख्यमन्त्री शाहीलाई प्रस्ताव गरेपछि सबैले सहमति जनाएका थिए । संसदीय दलको नेता चयन नहुँदा यसअघिका बैठकमा ज्येष्ठ सदस्यले अध्यक्षता गर्दै आएका थिए । यसअघि उनले नियमविपरीत प्रादेशिक संसदबाट दलको नेताको सुविधासमेत लिँदै आएका थिए । सुविधा खोसिने भएपछि उनले नेकपाको प्रदेश कमिटीको पहिलो बैठक नै बहिष्कार गरेका थिए । दलको नेता चुन्न हलो अड्काइरहेपछि नेकपाको कन्द्रीय सचिवालयले समेत दलको नेतासम्बन्धी निर्देशनपत्र पठाएको थियो । सो पत्र प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले पढेर सुनाएका थिए । जुन पत्रमा मुख्यमन्त्री नै दलको नेता रहने उल्लेख थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
Leave a Reply