अन्तत शाही दलको नेता
काठमाडौं । अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश संसदीय दलको नेतामा महेन्द्रबहादुर शाही चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहेका शाहीलाई दलको नेता चयन गरेको हो ।
दलहरूबीच भएको सहमतिविपरीत आफू दल नेता हुनुपर्ने भन्दै प्रदेशका सहइन्चार्ज यामलाल कँडेलले दलको नेता चयनको काम अड्काउँदै आएका थिए । तर, उनको त्यो प्रयत्न असफल भएको छ । केही नलागेपछि कँडेलले नै दलको नेतामा मुख्यमन्त्री शाहीलाई प्रस्ताव गरेपछि सबैले सहमति जनाएका थिए । संसदीय दलको नेता चयन नहुँदा यसअघिका बैठकमा ज्येष्ठ सदस्यले अध्यक्षता गर्दै आएका थिए । यसअघि उनले नियमविपरीत प्रादेशिक संसदबाट दलको नेताको सुविधासमेत लिँदै आएका थिए । सुविधा खोसिने भएपछि उनले नेकपाको प्रदेश कमिटीको पहिलो बैठक नै बहिष्कार गरेका थिए । दलको नेता चुन्न हलो अड्काइरहेपछि नेकपाको कन्द्रीय सचिवालयले समेत दलको नेतासम्बन्धी निर्देशनपत्र पठाएको थियो । सो पत्र प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले पढेर सुनाएका थिए । जुन पत्रमा मुख्यमन्त्री नै दलको नेता रहने उल्लेख थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply