बंगलादेश बैंकका सञ्चालकमाथि रहस्यमय कुटपिट
काठमाडौं । नेपाल बंगलादेश बैंकको सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दीपक कार्कीमाथि रहस्यमय कुटपिट भएको छ । साधारण सभाको अघिल्लो मिनी एजीएम भइरहेका बेला उनी रहस्यमय ढंगले कुटिएका हुन् ।
बैंक सञ्चालक समितिको बैठकमा नोट अफ डिसेन्ट लेखेका कारण उनी चर्चामा थिए । उनलाई सञ्चालक समितिमा फरक मत राखेकै कारण नक्सालको एलिस रेस्टुरेन्टमा अन्य सञ्चालकहरूको मिलेमतोमा कुटिएको बताइएको छ ।
सञ्चालक कार्कीले बैंकले केन्द्रीय कार्यालय बनाउन भन्दै किन्न लागेको भाटभटेनीनजिकै रहेको नौ रोपनी जग्गा किन्ने विषयमा फरक मत राख्दै पाँचबुँदे असहमति राखेका थिए ।
गत पुस २५ गते साँझ बसेको सञ्चालक समितिको बैठकमा उनले नोट अफ डिसेन्टमाथि छलफल हुनुपर्ने अडान राखेका थिए । गत मंसिर २८ गतेको सञ्चालक समितिको बैठकमा उनले कार्यालयका लागि खरिद गर्न लागेको नौ रोपनी जग्गा उपयुक्त स्थानमा नरहेको, तरलता अभावको बेला ९० करोड रुपैयाँको जग्गा खरिद नगरी अन्य उपयुक्त स्थानमा जग्गा खोज्नुपर्ने भन्दै विमति राखेका थिए ।
सोही विमतिका कारण एलिस रेस्टुरेन्टमा आयोजना गरिएको सञ्चालकहरूको भोजमा अपरिचित व्यक्तिको प्रयोग गरी आफूमाथि कुटपिट भएको कार्कीको भनाइ छ । कुटपिटबाट कार्कीको शरीरमा विभिन्न चोटपटक लागेको छ । उनलाई आक्रमण गर्न भोज चलिरहेको स्थानमा माक्र्स लगाएका अपरिचित व्यक्तिहरू आएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । ती व्यक्तिले कार्कीको दुवै पिँडुलामा रड प्रहार गरेको बताइएको छ ।
उनले सो जग्गा खरिदमा ठूलो आर्थिक चलखेलको दलिल पेस गर्दै सो खरिदले बैंक डुब्ने दाबी गरेका थिए । त्यसैले, सो खरिद प्रक्रिया रोक्नुपर्ने सञ्चालक कार्कीको माग थियो । उनले २०७५ मंसिर २८ गते बसेको जग्गा खरिद समितिको बैठकमा राखेको असहमतिको रायसमेत सञ्चालक समितिमा छलफल नगराइएकाले उक्त असहमतिलाई समावेश गर्न माग राखेका थिए । अहिले तरलताको अभाव र पुँजीको कमी रहेको सन्दर्भमा ९ करोडको जग्गा र त्यसमा घरसमेत बनाउँदा २ अर्बभन्दा बढी खर्च हुने र त्यस्तो खर्च बैंकको पुँजी कोषको २५ प्रतिशतभन्दा बढी हुने हुनाले हाल जग्गा खरिद गर्न उपयुक्त नहुने उनको राय थियो । त्यस्तै उनले खरिद गर्न लागेको जग्गाको स्थान बैंकिङ कर्पोरेटका लागि अनुपयुक्त र मूल्य पनि प्रचालित बजार मूल्यभन्दा बढ्ता रहेको उनको दाबी छ । सो बैंकको सीईओ ज्ञानेन्द्र ढुंगाना छन् भने अध्यक्षमा बंगाली नागरिक जलाल अहमद रहेका छन् । यसैगरी बोर्ड सदस्यहरूमा इन्द्रबहादुर थापा, मुकुन्दनाथ ढुंगेल, मोहम्मद शाह आलम सरदार, दीपक कार्की र क्यारुन नाहेर अहमद रहेका छन् । बैंकमा ५१ प्रतिशतभन्दा बढी सेयर बंगाली नागरिकहरूकै रहेको छ ।
सम्बन्धित समाचार
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
-
विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
-
सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
-
एमाले नेता पौडेल मृत फेला
-
राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
-
सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
-
एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
-
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
-
बागमती प्रदेश सभा सदस्यले लिए शपथ
-
भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
-
एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply