वैरोको पिकनिकमा कर्मचारीबीच कुटाकुट
काठमाडौं । वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलका कर्मचारीबीच कुटाकुट भएको छ । वैरोस्थित ताहाचल कार्यालयका कर्मचारीबीच घुसको भागबन्डा नमिलेको विषयमा कुटाकुट भएको हो ।
तर कुटाकुट कार्यालय हातामा नभई शनिबारको दिन कर्मचारी युनियनद्वारा आयोजित पिकनिक कार्यक्रममा भएको हो । २०७५ पुस २१ शनिबार सहिद पार्क, गोकर्णमा वनभोज आयोजना गरिएको थियो । सहिदपार्क गोकर्णमा वैदेशिक रोजगार विभागका कर्मचारीहरूको वनभोज थियो । वनभोजमा मदिरा सेवन गर्दै गएपछि नायब सुब्बा रामप्रसाद पोखरेलले कम्प्युटरका कर्मचारीमाथि घुस भागबन्डाको विषयमा निहुँ खोज्दै हातपात गरेको एक प्रत्यक्षदर्शीले बताए । पिकनिकमा सहभागी एक कर्मचारीका अनुसार नासु पोखरेलले मदिरामा लट्ठ भएपछि अन्य सहकर्मीमाथि हातपात गरेका थिए ।
उनको विवाद अन्य नासु धर्म डाँगी, भरत घिमिरे, राजकुमार पोखरेललगायतसँग भएको थियो । अन्तमा उनीहरूबीच मारामार नै भएको बताइएको छ । कम्युटरका कर्मचारीलाई नासु पोखरेलले ‘मैले माथिसम्म दिनुपर्छ, मन्त्रीका पीएहरूलाई चित्त बुझाउनुपर्छ, एक्लै खाने’ हो भन्दै हात छाडेका थिए । त्यसपछि नासुहरू धर्म डाँगी, भरत घिमिरे, राजकुमार पोखरेलहरू पनि कुटाकुटमा ओर्लिए । शाखा अधिकृत प्रकाश पन्थी र कुशल बरालसमेत कुटाकुट हुँदा त्यहीँ थिए । कर्मचारीबीच कुटाकुट भएको विषय मिलाउनुको साटो वनभोजमा सहभागी भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका निजी सचिव प्रकाश पन्थी भने रमिता हेरेर बसेका थिए । उक्त वनभोजमा काठमाडौं कार्यालयका उपसचिव देवेन्द्र कार्की, महेश जोशी र विभागका भोला गुरागाई पनि सहभागी थिए । उक्त वनभोजमा घुसको भागबन्डाको विषय निकालेर कुटाकुट गर्ने कर्मचारीलाई कारबाहीस्वरूप मन्त्रालयमा तान्ने भनिए पनि मन्त्रीका निजी सचिव पन्थीले नै रोकेका छन् । वैरो कार्यालय ताहाचलका प्रमुख कार्कीले आचरणविरुद्ध उत्रिने कर्मचारीहरूलाई अन्यत्र पठाइदिने चेतावनी दिँदा मन्त्रीका सचिवालय अधिकृतले ती अराजक कर्मचारीको पक्ष लिएको बताइएको छ । उनले आफूले आर्थिक चलखेल गरेर ती कर्मचारीहरू पठाएकाले कुनै हालतमा सो कार्यालयबाट अन्यत्र पठाइए हाकिमलाई नै सरुवा गरिदिने धम्की दिएको बताइन्छ । उक्त चेतावनीपछि हाकिम पनि रातोपिरो भएका थिए । यो कुटाकुटको विषय मन्त्रीसम्म अझसम्म नपुगेको बताइएको छ । यता काठमाडौं कार्यालयका कर्मचारीले ती कर्मचारीहरूले आफ्नो मात्र होइन कार्यालयकै समेत बेइज्जत भएको भन्दै हातपातमा उत्रिनेहरूमाथि कारबाही हुनुपर्ने माग गरेका छन् ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply