अरुणिमाकोे ३४ औस् स्थापना दिवस सम्पन्न
अरुणिमा शैक्षिक प्रतिष्ठानले आफ्नो ३४औ स्थापना दिवस स्मारिका लोकार्पण, व्यक्तित्व अभिनन्दन तथा विविध साँस्कृतिक कार्यक्रमसहित भव्यताका साथ सम्पन्न गरेको छ । ज्ञानरुपी ज्योतिले अज्ञानरुपी अन्धकारलाई हटाउने महान संकल्प बोकेर काठमाडांैको आरुवारी बि.सं. २०४२ सालमा स्थापित संस्था यो स्थानसम्म आउँदा आफूलाई त्रिनेत्रको रुपमा स्थापित गराउन सफल भएको छ । गुठियारहरुको सहयोगमा शैक्षिक गुठीकारुपमा संचालित यस प्रतिष्ठानले अरुणिमा मा.वि., बौद्ध, नव अरुणिमा मा.वि., आरुवारी एवम अरुणिमा शिशु सदन मा.वि., महाँकालसमेतको सुव्यवस्थापन गर्न सफल भैसकेको छ ।
स्थापना दिवसको अवसरमा प्रतिष्ठानले सामाजिक व्यक्तित्व तर्फ श्री मिक्सु लामा र ठूलीमाया रिसाल, बरिष्ठ साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता श्री बिजय चालिसे र शिक्षक तथा कर्मचारीका तर्फबाट विद्यालय सेवामा २० वर्षे कार्यकाल बिताउनुभएका श्री तेज प्रकाश ढुङगेललाई सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि बिश्व बिद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा. डा. देबराज अधिकारीले राष्ट्रको बिकासमा अतुलनीय योगदान पु¥याउदै आएको अरुणिमाले आगामी दिनहरुमा अझै गुणस्तरीय शिक्षा प्रदान गर्दै आफूलाई उत्कृष्ट बिद्यालयको रुपमा स्थापित गराउन सकोस भन्ने धारणा सहित शुभकामना व्यक्त गर्नुभयो ।
बिद्यालयका प्रधानाध्यापक श्री ईश्वरीप्रसाद लामिछानेले सम्पूर्ण सहयोगी हातहरुका कारण अरुणिमा राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्थाहरू मध्यमा आउन सफल भएको भन्दै सम्पूर्ण सहयोगी तथा शुभेच्छुकहरू प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले आगामी दिनमा प्रतिष्ठानका विद्यालयहरूको गुणस्तर अभिवृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्ति गर्नुभयो ।
कार्यक्रममा तीनैवटा शैक्षिक संस्थाका बिद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरुको उल्लेखनिय उपस्थिती रहेको थियो भने बिद्यार्थीहरुले नेपाली भेष भूषा र संस्कृति झल्कने बिभिन्न साँस्कृतिक कार्यक्रमको प्रस्तुति समेत गरेका थिए ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply