फोरजी सेवा विस्तारका लागि सम्झौता
काठमाडौं । नेपाल टेलिकमको फोरजी एलटीई सेवा विस्तारका लागि आइतबार सम्झौता सम्पन्न भएको छ । संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधीनमा रही सो सम्झौता गरिएको हो ।
फोरजीएलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क ¥यानका लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता सम्पन्न भएको हो । यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् । नेपालभर ६५ लाख क्षमताको फोरजी एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुईवटा ¥यान नेटवर्क तयार गरिनेछ । यसका लागि मुख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहनेछ । ¥यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिनेछ । सम्झौतापश्चात् एक वर्षभित्र परियोजना सम्पन्न हुनेछ ।
नेपाल टेलिकमले मुलुकमै पहिलोपटक मिति २०७३ पुस १७ गते काठमाडौं उपत्यका र पोखरामा फोरजी÷एलटीई सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भएपश्चात् टुजी, थ्रीजी र फोरजी नेटवर्कलाई ओभरल रूपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकताअनुसारका सेवाहरू छनोट गर्ने अवसर प्राप्त हुनेछ ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply