स्ववियु चुनाव अन्योलमा
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको दुई साताअघिसम्म त्रिभुवन विश्वविद्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक नगरेपछि अन्योल देखिएको छ । त्रिविका कारण चुनाव अन्योलमा परेपछि सत्तारूढ विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गरेका छन् । यसअघि त्रिविले आगामी १४ फागुनमा चुनाव गर्ने मिति घोषणा गरेको थियो ।
अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रंजित तामाङको उपस्थितमा सम्पन्न दुई विद्यार्थी संगठनको बैठकले आगामी २ फागुनसम्म निर्वाचन कार्यतालिका प्रकाशित नगरे कडा संघर्षमा उत्रिने निर्णयसमेत गरेको छ । लामा र तामाङले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आगामी फागुन २ गतेसम कार्यतालिका प्रकाशित गरी द्रुत गतिमा स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाइए विश्वविद्यालय पदाधिकारीहरूको पदमा रहिरहने औचित्य समाप्त हुने ठहर गर्दै कठोर संघर्षमा उत्रन बाध्य हुनेछौं ।’
दुवै संगठनले त्रिविसँगै स्ववियु अवधि पुगेका अन्य विश्वविद्यालयहरूलाई समेत अविलम्ब निर्वाचन कार्यतालिका प्रकाशित गर्न पनि माग गरेका छन् । साथै बैठकले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेको छ । आज शुभारम्भ गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वागत गर्दै दुवै विद्यार्थी संगठनले सहभागिताका लागि दुवै विद्यार्थी संगठनहरूले अपिल गरेका छन् ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply