सेवा शुल्क भनेर कुनैपनि शुल्क लिन पाँइदैनः खतिवडा
काठमाडौ । नेपालमा जुनसुकै क्षेत्रमा उपभोक्ताहरु ठगिँदै आएका छन् छन् । नेपाली उपभोक्ताहरु खाद्य सामाग्री, अस्पताल, शैक्षिक संस्था, होटल लगायत यातायात क्षेत्रमा समेत लुटिईरहेका छन् । नेपालमा यस्ता खाले ठगी उपभोक्तामाथि भईरहँदा नियमकारी सरकारी तथा गैरसरकारी क्षेत्रहरुले प्रभावकारी ढँगले काम गर्न नसकेको सत्य यथार्थ हामीसामू छ । यसबीच राजधानीस्थित सञ्चार केन्द्र नेपालले होटल रेष्टुरेन्टमा सेवा शुल्कको १० प्रतिशतले उपभोक्तालाई पारेको मार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले नेपालको सबै क्षेत्रहरु कानुनको दायरामा आउनुपर्ने उल्ल्ेख गर्दै कयौं क्षेत्रमा कानुन बनेपनि कानुनीका छिद्रताको दुरुपयोग गर्दै अनियमिताहरु गर्दै आएकाले सबै मिलेर यसको रोकथाम र नियन्त्रण गर्नुपर्ने बताए । सांसद खतिवडाले भने, ‘होटल व्यवसायीहरुको संगठन रेवानले पछिल्लो समय तीनवटा होटल व्यवसायीहरुले सेवाशुल्कवापत् लिँदै आएको १० प्रतिशत रकम नलिने उद्घोष गर्नु स्वागतयोग्य’ भएको बताउनुभयो । आफूँलाई विश्वभरको कानुन थाहा नभएको बताउँदै नेपालमा सेवा शुल्क भनेर कुनैपनि शुल्क लिन नपाइने कानुन रहेको जानकारी गराउँदै यस्ता खाले कयौं अनियमितता र समस्याहरु उपभोक्ताहरुमाथि देखिएकाले यसलाई निरन्तर रुपमा राज्यले निगरानी गर्नुपर्ने बताए । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विगत डेढ दशकदेखि रेष्टुरेन्ट तथा होटल व्यवसायीहरुले उपभोक्ताहरुसँग १० प्रतिशत सेवाशुल्कको नाममा लिँदै आइरहेकोमा राष्ट्रिय उपभोक्ता मञ्चको दबावमा होटल रेष्टुरन्टहरुको संगठन रेवानले सो शुल्क नलिने उद्घोष गरेपनि विभिन्न श्रमिक संगठनहरुले सो सेवाशुल्क लिनैपर्छ भन्ने नाजायज माग राख्नु गैरकानुनी भएको जिकिर गरे । उनले ऐनमै नभएको सेवा शुल्क संकलन तथा वितरण गर्ने व्यवस्था नै गैरकानुनी, त्रुटीपूर्ण तथा गलत भएको अवस्थामा कानुनलाई गलत गरिकाले व्याख्या गरी व्यवसायी तथा मजदुरहरुले सेवा शुल्कको नाममा उपभोक्ताबाट रकम उठाई बाँडीचुँडी खाने गरेको आरोप लगाउँदै भने –‘यो कार्य पूर्णतः उपभोक्ताको हक अधिकार तथा प्रतिस्पर्धात्मक बजार विकास विरुद्ध हो ।’ साथै सेवा शुल्क अवैध हो भन्दै मञ्चले सर्बोच्च अदालतको सम्वैधानिक इजलासमा २०७५÷६÷२ मा मञ्चले उप्रेषण परमादेशको आदेश जारी गरी पाउँ भनि दायर गरेको विचाराधिन रहेकै अवस्थामा रेवानले सेवा शुल्कको नाममा १० प्रतिशत नलिने उद्घोष गर्नु स्वागतयोग्य कार्य भएको जिकिर गरे ।
कार्यक्रममा कञ्जुमर आइ नेपालका अध्यक्ष विमला खनालले नेपाली उपभोक्ताहरु विगत १३ वर्षदेखि रेष्टुरेन्ट र बारहरुले १० प्रतिशत सेवा शुल्कको नाममा लुट मच्चाउँदै आएको बताउँदै होटल तथा रेष्टुरेन्टहरुको यस्तो ठगीलाई उपभोक्ताहरु आफैँ सचेत भएर बहिष्कार गर्न आग्रह गरे । उनले कुनै दुई वा दुइृभन्दा बढी पक्ष मिलेर सेवा उपभोग गर्ने उपभोक्तासँग सेवाको निर्धारित अधिकतम मूल्यमा थप व्ययभार पर्ने गरी लिने कर नेपालको संविधान २०७२, उपभोक्ता संरक्षण ऐन २०७५ तथा आर्थिक ऐन नियम अनुसार सम्वैधानिक र अनैतिक हुने भन्दै यस्तो अवस्थामा उपभोक्ताले कुनै पनि सेवा उपभोग गर्दा तिर्नुपर्ने अधिकत मूल्यमा थप १० प्रतिशत लिनु उपभोक्ताको हक अधिकार हनन हुने बताए ।
त्यसैगरी उपभोक्ताकर्मी ज्योति बानियाँले १० प्रतिशत सेवा शुल्कवापत् लिइने रकम ठगी भएको भन्दै यसलाई रोकथाम गर्न नियमनकारी निकायहरुले ध्यान दिन जरुरी रहेको बताए । नेपालमा भन्दा कुनै पनि देशमा यसरी सेवा शुल्क वापत् रकम लिन नपाइने जानकारी गराउँदै यसरी लिइएको सेवाशुल्क मागेमा उपभोक्ता आफैँ सचेत भई नतिर्न उपभोक्तासामू आग्रह गरे । कार्यक्रममा पूर्व महालेखा नियन्त्रक सुकदेव भट्टराईले नेपालमा १० प्रतिशत सेवा शुल्कको नाममा लिँदै आएको रकम नलिएमा १३ प्रतिशत भ्याट छलिन्छ भन्ने भन्ने भ्रम फैलाएको बताए ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply