रासस ५८औं वर्षमा
काठमाडौँ । राष्टिय समाचार समितिले हिजो आफ्नो ५८औं वर्षगाँठ मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बदलिँदो समयअनुसार राष्ट्रिय दायित्व र आवश्यकतालाई ख्याल गरेर राष्ट्रिय समाचार समितिले आफ्नो सेवालाई थप परिष्कृत बनाउनुपर्ने बताए ।
नेपाली जनताको चाहना, भावनालाई सम्बोधन गर्दै ग्रामीण दूरदराज तथा पछाडि पारिएका क्षेत्रको समाचार संकलन गरी राज्यको मूल प्रवाहमा ल्याउने दायित्व राससको भएको भन्दै मन्त्री बाँस्कोटाले भने, ‘सरकारको मात्रै होइन, आम चासोका समाचार दिनुस् । अग्रणी संस्थाका रूपमा स्थािपत हुनुहोस् । सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुन्छ ।’ मन्त्री बाँस्कोटाले वास्तविक रूपमा पत्रकारिता गर्न आग्रह गर्दै समृद्धिका लागि वास्तविक सूचना र सञ्चारको पहुँच स्थापित गर्ने दायित्वलाई आत्मसात् गर्नसमेत राससलाई सुझाव दिए । अग्रणी समाचार संस्थाका रूपमा स्थापित गर्न अगाडि सारिने आवश्यक नीति तथा योजनालाई सरकार र मन्त्रालयका तर्फबाट सबै खालको सहयोग उपलब्ध हुने उनको भनाइ थियो ।
राससका अध्यक्ष श्यामल अधिकारीले राससलाई उन्नत समाचारको मिलका रूपमा विकास गर्न आफूहरु हरदम प्रयासरत रहेको बताए । संस्थालाई व्यावसायिक बनाउने दायित्व र कर्तव्यलाई आत्मसात् गर्दै अगाडि बढिरहेको उल्लेख गर्दै अध्यक्ष अधिकारीले प्राविधिक रूपमा भएका कमीकमजोरीलाई समेत आगामी दिनमा सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गरे । महाप्रबन्धक ओपेन्द्र शर्माले राससलाई समयानुकूल रूपमा सुधार गर्दै व्यावसायिक, योग्य र अग्रणी संस्थाका रूपमा क्रमशः अगाडि बढाइरहेको जानकारी दिए । लिथोबाट सुरु भएको राससको यात्रा अत्याधुनिक अनलाइन प्रणालीमा गइसकेको र आगामी दिनमा थप परिष्कृत, मर्यादित बनाउन दत्तचित्त भएर लागिपरेको उल्लेख गर्दै उहाँले ७ सय ५३ वटै स्थानीय तहका समाचार संकलन, सम्पादन र प्रसारण गर्ने योजनासमेत बनाइएको र क्रमशः कार्यान्वयनको चरणमा अगाडि बढेको बताए ।
सम्बन्धित समाचार
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
-
विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
-
सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
-
एमाले नेता पौडेल मृत फेला
-
राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
-
सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
-
एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
-
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
-
बागमती प्रदेश सभा सदस्यले लिए शपथ
-
भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
-
एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply