अनुसन्धानका प्रहरी आफैं विवादित
काठमाडौं । रक्षक नै भक्षक भएपछि कसको के लाग्छ ? सत्यतथ्य छानबिन गरी पीडितललाई न्याय र दोषीलाई कारबाही गर्ने निकाय प्रहरी नै पछिल्लो समय विवादमा पर्न थालेको छ । आर्थिक अनियमितता र ठगीलगायतको मुद्दाहरूमा प्रहरीले गर्ने कारबाही पनि स्वार्थप्रेरित हुन थालेको बताइन्छ । विभिन्न मिटरब्याजी, वैदेशिक रोजगारीमा पठाउन भन्दै गरिएको ठगी र अन्य प्रकरणमा पनि प्रहरीले निश्चित प्रतिशत आफूले पाउनेगरी सर्त राखेर मात्र पैसा उठाइदिने गरेको खुलासा भएको छ ।
पछिल्लोपटक बढुवामा नपरेको भन्दै राजीनामा दिएका नरेन्द्र उप्रेती प्रहरी अपराध महाशाखामा हुँदा खासगरी यस्तो धन्दा फस्टाएको स्रोतको दाबी छ । त्यसबाहेक दुई पक्षलाई अलग–अलग छलफल गरेर लाभ नहुने प्रकरणमा भने कागजपत्र तथा प्रमाण नै कमजोर रहेछ भनेर प्रहरीहरू पन्छिने गरेको समेत पीडितहरूले बताएका छन् ।
त्यसो त महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह विवादै विवादमा परेका छन् । राम्रो करिअर र सम्भावना भएको मानिएको एसएसपी सिंह पछिल्लोपटक विभिन्न लाभहानितिर केन्द्रित भएको आरोप लागेको छ । उनले अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकको घुस प्रकरणको भिडियो खिच्ने समूहलाई पक्राउ गरी भिडियो नष्ट गर्न दबाब दिएको, पटकपटक धम्क्याएको र सादा कागजमा बयान गराएको खुलेको समाचार यसअघि समेत सार्वजनिक भइसकेको छ ।
आफूले घूस लिएको स्विकारेको भिडियो खिचिएको थाहा पाएपछि पाठकले महाशाखा प्रमुख सिंहलाई प्रयोग गरेर भिडियो खिच्ने ज्ञानेन्द्र झा र ध्वजमान मोक्तानलाई धरपकड र पक्राउ गरेका थिए । आफु सही ठाँउमा उभिएको बेला माथिको दबाबले कोही पनि डराउँदैन । तर आयुक्तको निर्देशनमा त्यसो गर्नुको पछाडि अख्तियारका कारण आफूलाई समस्या पार्ने डर एसएसपी सिंहमा परेको स्पष्ट भएको छ । भिडियो खिच्ने समूहलाई पक्राउ गरी भिडियो नष्ट गर्न दबाब दिने, धम्क्याउनेदेखि सादा कागजमा बयान गराउनुसम्मको हर्कतपछि उनको नियत पनि खुलेको छ । एसएसपी सिंहको टोलीले ति व्यक्तिलाई पक्राउ गरेर लगेको थियो ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा प्रमुख सिंह तालिमको सिलसिलामा संयुक्त राज्य अमेरिकामा छन् । यता उपत्यकाका केही ठगी गिरोह समात्दा पनि महाशाखा चुकेको छ । पछिल्लो समय ओभरसिज, सहकारी र कन्सल्टेन्सी सञ्चालकमा एकै व्यक्ति भएको र उनीहरूले विभिन्न देश पठाइदिन्छु भनेर पैसापीडित बनाएकाहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ त गरेको छ , तर प्रमाण पुगेन भन्दै मुद्दा कमजोर पारेर प्रस्तुत गर्ने काम हुन थालेको छ । पोल्यान्ड पठाइदिन्छु भनी साढे ३ करोड ठगी गर्ने गिरोह प्रहरी अनुसन्धानमा परेका छन् । ग्वार्कोस्थित दृष्मा ओभरसिज कम्पनीका पूर्वप्रमुख हरिबहादुर लामासहितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो । सिन्धुपाल्चोकका लामालाई काठमाडौंबाट पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर जावलाखेलमा कम्पनीविरुद्ध ३ सय ७ जनाभन्दा बढीले साढे २ करोड रुपैयाँ ठगी गरेको उजुरी दिएका थिए । एकैपटक धेरै संख्यामा उजुरी परेको यो बिरलै घटना हो । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायलाई मर्यादित र ठगीरहित बनाउन ११ बुँदे परिपत्र जारी गरेको छ । वैदेशिक रोजगारीमा पठाउँदा कामदारको व्यवस्थित अभिलेख राख्न भनेको छ । तर, दृष्मा कम्पनीले त्यस्तो गरिएको छैन । यो प्रकरणमा पनि प्रहरीले कुन बिन्दुमा लगेर अनुसन्धान टुंग्याउँछ वा मुद्दा अघि बढाउँछ यसै भन्न सकिने अवस्था छैन ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply