अन्सारी छानबिनको घेरामा
काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगमा अध्यक्षका लागि वैधानिक परिषद्बाट सिफारिस भएका समिम अन्सारीले संसदीय सुनुवाइ समितिको छानबिनको घेरामा परेका छन् । परिषद्बाट सिफारिस भए पनि संसदीय सुनुवाइ अघि नै उनीबारे उजुरी परेको थियो ।
जन्ममिति फरक–फरक परेको, शैक्षिक योग्यता नक्कली भएको र सिफारिस हुनुअघि पार्टीको केन्द्रीय सदस्य रहेकोलगायत विषयमा उनीउपर प्रश्न उठेको थियो । उनीलगायत अन्य आयोगका अध्यक्षहरूको २०७५ माघ ६ गते सिफारिस भएको थियो । तर अरु प्रस्तावित आयोग अध्यक्षमाथि समितिमा उजुरी नपरे पनि अन्सारीमाथि भने उजुरी परेको थियो । हिजोको समितिको बैठकमा सदस्यहरूले विभिन्न विवाद उठिसकेपछि स्वेच्छाले हट्न सुझाव दिए पनि उनले मानेनन् । सत्तारूढ नेकपाका सांसद योगेश भट्टराईले प्रस्तावित अध्यक्ष अन्सारीलाई स्वेच्छाले पछि हट्नु सुझाव दिए पनि आफुले कुनै गल्ती नगरेको भन्दै नहट्ने जवाफ दिए । बैठकमा नेकपा सांसद भट्टराईले अन्सारीलाई नागरिकतामा फरक–फरक जन्ममिति र प्रमुख जिल्ला अधिकारीको नाम उल्लेख नहुनुको कारण सोधेका थिए ।
अन्ततः समितिले उनका विवादित कागजातबारे सक्कलै झिकाउने निर्णय गरेको छ । काठमाडौंमा जन्मिएर पनि सबै शैक्षिक योग्यताको प्रमाणपत्र भारतीय हुनुको कारण पनि सोधका थिए । अन्सारीले सबै शैक्षिक प्रमाणपत्र भारतको पेस गरेका छन् । बैठकमा विवादित प्रश्नहरूउपर जिल्ला प्रशासन कार्यालयबाट यथार्थ विवरण माग्ने निर्णय भएको सदस्य योगेश भट्टराईले जानकारी दिए । उनले सुनुवाइ समितिबाट अनुमोदन भए पनि कानुनी झमेला आउने भन्दै स्वेच्छाले पछि हट्न सुझाव दिएका थिए । तर अन्सारीले आफूले पार्टी कार्यालयमा पहिल्यै बन्दसूचीबाट नाम हटाउन निवेदन दिइसकेकोमा पार्टीले नहटाएकोमा आफू दोषी नहुने बताएका थिए । तर उनले पार्टी कार्यलयलाई चैत ३ मा मात्र सोसम्बन्धी निवेदन दर्ता गराएका थिए भने पार्टीले १० गत्तेको सचिवालय बैठकको निर्णय भन्दै निर्वाचन आयोगलाई पत्र लेखेको थियो । जबकि १० गतेको सचिवालय बैठकमा यसबारे कुनै छलफल नै नभएको सचिवालयकै सदस्यहरूले बताउँदै आएका छन् ।
सम्बन्धित समाचार
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
-
विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
-
सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
-
एमाले नेता पौडेल मृत फेला
-
राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
-
सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
-
एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
-
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
-
बागमती प्रदेश सभा सदस्यले लिए शपथ
-
भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
-
एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply