गरिब र धनीलाई छुट्ट्याएर पढाउने व्यवस्था खारेज गरौं ः बिडारी
काठमाडौं । राष्ट्रिय सभाका सांसद तथा संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले दोहोरो शिक्षा प्रणालीको चर्को विरोध गरेका छन् । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले गरिव र धनीका छोराछोरीलाई समान रूपमा पढ्ने व्यवस्था मिलाउन सरकारसमक्ष आग्रह पनि गरेका छन् । उनले शिक्षमा विभेद लामो समयदेखि नेपालले भोग्दै आएको भन्दै त्यसलाई हटाउन माग गरेका हुन् ।
पहिला नारी शिक्षा मातृ शिक्षा हुनुपर्ने, छोराछोरी नपढाउने मुर्दावाद भन्दै वर्षौ आफूहरू हिँडेको प्रसंग कोट्याँउदै उनले अझै उक्त विभेद कायम गरेकामा आपत्ति प्रकट गरे । उनले संसदमा प्रश्न गरे, ‘फेरि नारा लगाउनुपर्ने अवस्था बनेको हो ?’
‘गरीब र धनीलाई छुट्ट्याएर पढाउने मुर्दावाद भन्नुपर्ने बेला आएको हो ?’ प्रश्न गर्दै सांसद विडारीले भने, ‘गरिब र धनीका छोरीलाई समान रूपमा पढ्ने व्यवस्था राज्यको नीतिमा हुनुपर्ने हो, छ पनि तर व्यवहारमा लागू भएन ।’
मेडिकल कलेजमा पढ्न भनेर भर्ना हुन गएका विद्यार्थीसँग मेडिकल कलेजले अवैध शुल्क लिएको र ५१ दिनसम्म पढाइ अस्तव्यस्त पार्नेहरूलाई कानुनअनुसार कारवाही गर्न उनले माग गरे ।
‘५१ दिनसम्म पढाइ अस्तव्यस्त भयो । यो एक प्रकारको कानुन विपरीतको काम थियो,’ सांसद बिडारीले भने, ‘कानुनी भाषामा यो एक प्रकारको ठगीको काम हो, उनीहरूलाई सजाय गर्नु पर्दैन ? अब पैसा दिने भनेर पुग्छ ?’
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply