नेपाली श्रमिक ठग्न कतारमा पनि अर्को सिन्डिकेट

काठमाडौं । मलेसिया ठगी टुंगोमा नपुग्दै कतार जाने नेपाली श्रमिकहरूमाथि आर्थिक शोषण गर्नेगरी अर्को संयन्त्र खुल्ने भएको छ । बिचौलिया र केही म्यानपावर व्यवसायीहरूले सेटिङ मिलाएर ‘कतार भिसा सेन्टर’ नामको नयाँ संयन्त्र सञ्चालनका लागि अन्तिम तयारीमा जुटेका छन् ।
बायोमेट्रिक तथा मेडिकल सिन्डिकेट कायम गर्ने र भिसाको कामसमेत केही म्यानपावरलाई मात्रै दिने योजनासहित बिचौलिया र केही म्यानपावर व्यवसायीहरूले यो संयन्त्र स्थापना गर्न लागेका हुन् । यस्तो संयन्त्र स्थापना भए कतार जाने नेपाली श्रमिकहरूमाथि फेरि वैधानिक ठगीको बाटो खुल्नेछ ।
यो अभियानको बाहिर नेतृत्व एसओएस म्यानपावरका सञ्चालक हेम गुरुङले गरेका छन् । उनीबाहेक व्यवसायीहरू बलबहादुर तामाङ, नरेश गेलाल, सरोज पोखरेल र हंसराज वाग्लेलगायत म्यानपावर व्यवसायीसमेत संलग्न रहेको स्रोतको दाबी छ । उनीहरूबाहेक कतारका लागि नेपाली राजदूत रमेश कोइराला, पूर्वश्रममन्त्री टेक गुरुङ, विवादित बंगलादेशी नागरिक मोहम्मद अमिन बिन अब्दुल नुर (अमिन) यो संयन्त्र स्थापना सक्रिय छन् ।
भिसा सेन्टर सञ्चालनमा ल्याउन महाराजगन्जमा सेल्सबेरी सुपरमार्केटको बिल्डिङ भाडामा लिएर कार्यालयसमेत स्थापना गरिएको छ । यो कार्यालमा स्थानमा नौवटा एक्सरे मेसिनसमेत राखिसकेको राखिसकिएको छ । भिसा सेन्टरले कतार जाने नेपाली श्रमिकहरूलाई रोजगारीको अवसरबारे सूचना दिने, प्रवेशाज्ञा एवं श्रमपत्र जारी गर्ने, श्रमिक रोजगारदाताबीचको अन्तिम सम्झौता गराउने र स्वास्थ्य जाँच गर्नेछ । यदि त्यो संयन्त्र स्थापना भए यी बिचौलिया र व्यसायीहरूले मासिक करोडौं कमाउने बताइन्छ ।
यस्तो छ जालो
यो संयन्त्रका मुख्य सूत्रधार हुन् कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइराला । तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङले आर्थिक चलखेलका आधारमा कतारका लागि राजदूत बनाएका कोइरालाले यो संयन्त्रका सबै प्रक्रिया मिलाएको स्रोतका दाबी छ ।
अल्ट्राकिरण कम्पनीका मालिक विवादित व्यक्ति बंगलादेशी नागरिक मोहम्मद अमिन बिन अब्दुल नुर (अमिन) सँग मिलेर कतार सरकारको संयन्त्रमा समेत प्रभाव पारेको बताइन्छ । अल्ट्राकिरणको नेपाली पार्टनरका रूपमा नपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सालो भूषण राणा, नेपाली कांग्रेसकै नेता एवं पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङ, एसओएसका गुरुङ, याक्खा म्यानपावरका भीम रोक्का, मलेसिया ठगी प्रकरणमा फरार रहेका व्यवसायी कैलाश खड्कासमेत छन् ।
राजदूत कोइरालाले सबै चाजो मिलाएपछि गत १३ मंसिरमा नेपालस्थित कतारी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई भिसा सेन्टर सञ्चालनको जानकारी गराउन भन्दै पत्राचार गरेको थियो ।
तर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा भिसा सेन्टर खोल्ने कतार सरकारको प्रस्तावलाई अस्वीकार गरीदिएका थिए । मन्त्री विष्टले भने कामदार ठगी हुन सक्ने आशंका गर्दै तत्काल भिसा सेन्टर सञ्चालनमा ल्याउने प्रस्ताव अस्वीकार गरिदिएका हुन् ।
पछिल्लो समयमा हेम गुरुङले भिसा सेन्टर सञ्चालनमा आउने निश्चय भएको बताउँदै आएका छन् । उनले व्यवसायीहरूमाझ सुरुमा अस्वीकार गरेका श्रममन्त्री विष्टलाई पनि आफूहरूले मिलाएको भन्दै हिडेका छन् । यो संयन्त्र स्थापनका वैदेशिक रोजगार क्षेत्रका अन्य संघका प्रमुखहरूलाई समेत मनाइएको त्यो स्रोतको भनाइ छ ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply