बारमा अन्तर्घातीको खोजी
काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा वाम–प्रगतिशील समावेशी समूहले दुई तिहाइभन्दा बढी वर्चस्व स्थापित गरेको छ ।
२५ सदस्यीय कार्यसमितिमा अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित ६ उपाध्यक्ष, कोषाध्यक्षसहित २२ जना प्रगतिशील समूहबाट निर्वाचित भएका छन् । लोकतान्त्रिक समूहबाट महासचिव लीलामणि पौडेलसहित एक उपाध्यक्ष र एक सदस्य निर्वाचित भएका छन् । वाम प्रगतिशीलको जितलाई ठूलो सफलताका रूपमा चर्चा गरिए पनि दुई तिहाइको सरकार सञ्चालन गरिरहेका बेला कसरी बारमा संगठनमा पकड राख्ने महासचिव पद गुम्यो भन्ने समीक्षा सुरु भएको छ ।
अध्यक्षमा श्रेष्ठले लोकतान्त्रिक समूहका सुनिल पोखरेललाई १ सय ४९ मतले पराजित गरे । दुई ठूला पार्टी मिलेका बेला श्रेष्ठ कम्तीमा ३ सयदेखि ५ सय मतान्तरले विजय हुनुपर्नेमा उनीमाथि पनि अन्तर्घात भएको वाम समूहको ठहर छ । त्योभन्दा पनि महासचिवका उम्मेदवार सुरेन्द्र थापामाथि विशेष गरी ललितपुर जिल्ला बारबाट धेरै अन्तर्घात भएकाले पराजित हुनुपरेको बताइन्छ । उपत्यकाबाहिरको मतमा प्रत्यासी लीलामणि पौडेलको तुलनामा एक सय हाराहारी मतले मात्र पछि परेका थिए । जबकि, ती मत ललितपुर जिल्ला र उच्च अदालत पाटनको मत गन्दा कभर गरेर कम्तीमा ५० देखि सय मतले जित्ने अनुमान थियो । तर मतगणननाका क्रममा उनीमाथि झन्डै डेढ सय मत अन्तर्घात भएको तथ्य भेटिएपछि उनी चार सय ७७ मतले पौडेलसँग पराजित भए । श्रेष्ठ पूर्वमाओवादी समूह तथा थापा पूर्वएमाले समूहबाट प्रतिनिधित्व गर्छन् । बारसम्बद्ध सदस्यहरूले पार्टी नेतृत्वलाई थापामाथि पूर्वमाओवादी समूहबाट रमण श्रेष्ठ र पूर्वएमाले समूहका टीकाराम भट्टराईलगायतले अन्तर्घात गरेको रिपोर्ट गरेका छन् । संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि अराजकता झन् बढ्न सक्नेमा चिन्ता जनाउँदै थापामाथि भएको अन्तर्घातलाई गम्भीर रूपले लिएका छन् । त्यसो त महान्यायाधिवक्ता अग्नि खरेललेसमेत थापालाई हराउन भूमिका खेलेकोसमेत चर्चा हुने गरेको छ । देशममा दुई तिहाइ मतका साथ सरकारको नेतृत्व गरिरहेको बेला यसपटकको बार निर्वाचनलाई नेकपाले गम्भीरतापूर्वक लिएको थियो । त्यसैले पनि थापाको हारलाई प्रतिष्ठासँग जोडेर नेकपाले आन्तरिक छानबिन गर्ने र अन्तर्घातीहरूलाई अबका दिनमा कुनै पनि महŒवपूर्ण जिम्मेवारी नदिने योजना बनाएको बताइन्छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply