एआईजीको दरबन्दी थप्न लबिङ
काठमाडौं । नेपाल प्रहरीमा एआईजीको दरबन्दी थप्न केही अधिकारीहरू तीव्र लबिङमा लागेका छन् । सरकारले आईजीको दरबन्दी घटाएर तीनजनामा सीमित पारेसँगै तत्काल एआइजी पद रिक्त नहुने देखेपछि ती डीआईजीहरू दौडधुपमा लागेका हुन् । दरबन्दी थप्न सके हालका डीआईजीमध्येबाट वरिष्ठ डीआईजीहरू सो पदमा जाने सम्भावना छ ।
यसका लागि मेट्रोमा रहेका मनोज न्यौपाने र सुरेशविक्रम शाह कम्मर कसेर लागेको बताइएको छ । यता गृह मन्त्रालयले अघि बढाएको नयाँ प्रहरी ऐनमा रिक्त पदमध्ये २० प्रतिशत ‘अन्तरसेवा प्रतिस्पर्धा’बाट बढुवा गर्ने प्रावधान राखिएको छ । मन्त्रिपरिषद्मा पेस गर्नुअघि गृह मन्त्रालयले ऐनको मस्यौदा रायका लागि गत साता लोकसेवा आयोगमा पठाएको छ । आइजी सवेन्द्र खनाल, गृह सचिव प्रेम राई र गृहमन्त्री रामबहादुर थापा भने यस विषयमा सकारात्मक बनिसकेका छैनन् । तर आकाँक्षीहरू भने माथिल्लो निकायलाई प्रभावमा पार्ने खेलमा लागिरहेको बुझिन्छ । गृहले ल्याउन लागेको भर्ना, बढुवा तथा अवकाशका नयाँ प्रावधानसहितको ऐनलाई ‘नेपाल प्रहरी गठन तथा सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नाम दिइएको छ । प्रस्तावित ऐन पारित भए आईजीपी र एआईजीको पदावधि घट्नेछ । हाल आईजीपीको चार र एआईजीको पाँच वर्ष पदावधि छ । नयाँ ऐनमा आईजीपीको तीन तथा एआइजीको कार्यकाल चार वर्ष हुने प्रस्ताव गरिएको छ । त्यस्तै, डीआईजीको पाँच, एसएसपीको सात, एसपीको १० वर्ष कायम गरिएको छ । यता प्रहरीले करिव ४ सय सवारीसाधन खरिदका लागि अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव अर्थले बेवास्ता गरेको छ । २०६८ यता कुनै सवारी खरिद नगरिएको र भएको समेत जीर्ण भएको भन्दै उनीहरूले सवारीसाधनको माग गरेका हुन् ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply