प्रभुको पाँच नयाँ शाखारहित बैंकिङ सेवा
काठमाडौं । प्रभु बैंक लिमिटेडले सेवाग्राहीहरूलाई सरल र सहज रूपमा बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ मुस्ताङ र म्याग्दी जिल्लाका विभिन्न स्थानमा पाँचवटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–२ स्थित मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनी, थासाङ गाउँपालिका–१ स्थित टुकुचे तथा वडा ३ स्थित लेते र म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना गरी पाँच स्थानबाट शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो ।
यी पाँचवटै शाखारहित बैंकिङ सेवा शुभारम्भ गर्दा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको थप पाँचवटा शाखारहित बैंकिङ सेवाबाट मुस्ताङ र म्याग्दी जिल्लास्थित सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई खाता खोल्ने तथा आफ्नो खाताबाट तोकिएको सीमासम्मको कारोबार गर्नेलगायत बैंकिङ सेवा उपलब्ध हुनेछ ।
बैंकले सञ्चालनमा ल्याएको विस्तारित बैंकिङ सेवाबाट सम्बन्धित क्षेत्रका सर्वसाधारण बैंकिङ पहुँचभित्र आई आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
सम्बन्धित समाचार
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- भारतमा ९२ सांसद निलम्बित
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- पक्राउ परे रिगल
- एमाले नेता पौडेल मृत फेला
- बझाङमा फेरी भूकम्प
Leave a Reply