कस्तो बनाउँदै छ गरिबी नवारणले कार्यक्रम ?
काठमाडौं । ग्रिबी निवारण कोषले आगामी वर्षको कार्यक्रम बनाउन छलफललाई तीव्र बनाएको छ । आगामी वर्षको बजेटको आन्तरिक तयारी तीव्र भइरहँदा गरिबी निवारण कोषले गरिबी निवारणका लागि आगामी वर्षको कार्यक्रम निर्माणमा सक्रियता देखाएको हो ।
गरिबी निवारणको लागि खर्च हुने ८० प्रतिशत रकम अनुदान सहायता दिँदै आएको विश्व बैंकले अघिल्लो वर्ष हात झिकेपछि यो कोषको भविष्यमा नै प्रश्न उठ्ने गरेको थियो । विगतमा सोझै तृणमूल तहमा सामुदायिक संस्था गठन गरेर आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको यो कोषले नयाँ संविधान र राज्यको पुनःसंरचनापछि पहिलोपटक आफ्ना कार्यक्रमलाई नयाँ ढाँचामा सञ्चालन गर्न लागेको हो । सोही क्रममा जिल्ला समन्वय समिति महासंघ, गाउँपालिका महासंघ र नगरपालिका संघका प्रतिनिधिसँग एक छलफल कार्यक्रमको आयोजना गरेको हो । कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईको अध्यक्षतामा बसेको उक्त बैठकमा जिसस महासंघमा महासचिव कृष्णचन्द्र न्यौपाने र नगरपालिका महासंघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले सुझाव पेस गरेका थिए भने कोषका कार्यकारी निर्देशक सहसचिव छवि रिजालले कोषको आगामी कार्यक्रमको प्रस्तावित स्वरूपबारे प्रकाश पारेका थिए ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply