यसरी हुदैछ नेकपामा नेताहरूको कार्यविभाजन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय नेताहरूको कार्यविभाजनको अन्तिम तयारी गरेको छ । १ सय ४७ सदस्यीय पोलिटब्युरो गठनलगत्तै ४ सय ४१ केन्द्रीय सदस्यहरूको कार्यविभाजन हुनेगरी केन्द्रीय सचिवालयका तर्फबाट अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम गृहकार्य गरिरहेका छन् । तर, सबैको एकैपटक सम्भव नभए पहिलो चरणमा केन्द्रीय सचिवालय र स्थायी समितिमा रहेका नेताहरूलाई केही महŒवपूर्ण विभागहरूको जिम्मेवारी दिइने नेतृत्वको सोच रहेको बताइएको छ । ओली र प्रचण्डले कार्यविभाजनबारे पटकपटक छलफल गरे पनि वरिष्ठ नेता माधवकुमार नेपालस“ग भने छलफल भएको छैन । वरिष्ठ नेता नेपालस“ग छलफल भएपछि सचिवालय बैठकमा प्रस्ताव लैजाने तयारी छ । त्यसअघि पोलिटब्युरो गठन गर्नेगरी गृहकार्य भइरहेको छ । पोलिटब्युरो गठन टुंग्याउन गत ५ गते बैठक बोलाइएको भए पनि आन्तरिक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित भएको थियो । प्रधानमन्त्री केपी ओली धादिङ, वरिष्ठ नेता नेपाल दाङ, अर्का वरिष्ठ नेता झलनाथ खनाल इलाम गएका कारण ६ गते पनि सचिवालय बैठक बस्न सकेन । अब थप गृहकार्य गरेर मात्र बैठक बोलाउने नेताहरूको तयारी छ ।
नेकपाभित्र ३२ वटा केन्द्रीय विभाग छन् । सचिवालय र स्थायी समितिका नेताहरूलाई विभागको जिम्मेवारी दिने तथा पोलिटब्युरो सदस्यहरूलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरूलाई सहइन्चार्ज बनाउने मोटामोटी समझदारी छ । खासगरी विदेश विभाग, संगठन विभाग, पार्टी स्कुल विभाग, प्रचार विभाग, आर्थिक विभागजस्ता महŒवपूर्ण विभाग तत्काल गठन नहु“दा पार्टीको दैनिक कार्य सञ्चालन नै प्रभावित बनिरहेको छ । ती विभागहरू सचिवालयकै नेताहरूलाई दिनेगरी छलफल चलिरहेको बुझिएको छ । जिल्लामा एकजना इन्चार्ज भए पनि दुई जनासम्म सहइन्चार्ज बनाएर सबैलाई जिम्मेवारी दिने नीति अख्तियार गरिने बताइएको छ । त्यस्तै, कतिपय जनसंगठनहरूमा पोलिटब्युरो तहकै नेताहरूलाई जिम्मा दिएर सहइन्चार्ज तोक्ने तयारी छ । किसान महासंघमा सचिवालय सदस्य वामदेव गौतम नै अध्यक्ष रहेकाले विभागीयभन्दा उनलाई त्यही“को इन्चार्ज बनाउने तयारी भइरहेको बताइएको छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- सिंगापुरका ५ ब्याट्सम्यान आउट, गुल्शन र सन्दीपले लिए २-२ विकेट
- एमाले नेता पौडेल मृत फेला
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- बागमती प्रदेश सभा सदस्यले लिए शपथ
- भूतपूर्व विद्यार्थीद्वारा तीन थान कम्प्युटर सहयोग
- एनआईसी एशियाको चेक जम्मा अनलाईनबाटै
Leave a Reply