प्रधानमन्त्री युरोप भ्रमणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि एक हप्ता युरोप भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको स्विट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणबारे औपचारिक जानकारी गराएको हो ।
प्रधानमन्त्री ओली जेठ २५ गते स्विट्जरल्यान्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारण सभमा सहभागी हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । त्यसपछि जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यस्तै, जेठ २९ गते फ्रान्स जाने प्रधानमन्त्रीले त्यहाँ उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नौ दिने भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्किने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply