सामान्यले देखायो दोहोरो चरित्र
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोहोरो चरित्र देखाएको छ । मन्त्रालयले एकातिर समायोजनपछि सरुवा भएको ठाउँमा नगएका कर्मचारीलाई निलम्बन गरेको छ भने अर्कोतिर राष्ट्रिय स्तरका टे«ड युनियनमा आबद्ध कर्मचारीहरूलाई भने उन्मुक्ति दिँदै आएको छ । कसैलाई काख र कसैलाई पाखा गर्ने मन्त्रालयको चरित्र देखेर सबै कर्मचारी चकित परेका छन् ।
मन्त्रालयले केही दिनअघि गौर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीलाई सरुवा भएको ठाउँमा हाजिर हुन नगएको भन्दै निलम्बन ग¥यो । सचिव यादवप्रसाद कोइरालाले गएको जेठ २४ गते कार्कीलाई निलम्बन गरिएको पत्र काटेका थिए । सो पत्रमा ‘तपाईलाई मिति २०७६÷२÷१ म शैल्यशिखर नगरपालिका दार्चुलामा कामकाज गर्न खटाइएकोमा उक्त कार्यालयमा हाजिर हुन नगएको, यस मन्त्रालयबाट तीन दिनभित्र खटाइएको कार्यालयमा हाजिर हुन लिखित रूपमा पत्राचार तथा मौखिक निर्देशनसमेत भएकोमा सोको अवज्ञा गरी निजामती सेवा नियमावली–२०५० को नियम १२४ बमोजिम २१ दिनको म्यादभित्र बरबुझारथ गरी खटाइएको कार्यालयमा बहालन गर्न नगई तहाँ रहिरहेकाले तथा तपाईंउपर यस मन्त्रालयमा विभिन्न उजुरी प्राप्त भएकाले भनी उल्लेख गरिएको छ ।
कार्कीलाई खटाइएको ठाउँमा नगएको बताउँदै मन्त्रालयले उनलाई दुई महिनाका लागि निजामती कर्मचारी ऐनअन्तर्गत निलम्बन गरेको कुरा सचिव कोइरालाको पत्रमा जनाइएको छ । तर, प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई निलम्बन गरे पनि अझै पनि प्रदेश र स्थानीय तहमा समायोजन भएका दर्जनौं कर्मचारी हाजिर हुन गएका छैनन् । गएको चैत ३० गते कर्मचारी समायोजन टुंगिए पनि राष्ट्रिय स्तरका टे«ड युनियनसँग आबद्ध कर्मचारीहरूले भने आफूलाई खटाइएको ठाउँमा नगई अवज्ञा गरिरहेको पाइएको छ । त्यस्ता कर्मचारीहरू करिब दुई दर्जनभन्दा बढी नै रहेको बताइन्छ । नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष चेतनाथ न्यौपानेको झापाको एक स्थानीय तहमा समायोजन भए पनि उनी अहिलेसम्म आफूलाई खटाइएको ठाउँमा हाजिर हुन गएका छैनन् । त्यस्तै, आधिकारिक टे«ड युनियनका केन्द्रीय उपाध्यक्ष भोला पोखरेल पनि आफूलाई खटाइएको खोटाङको मजुवागढी गाउँपालिकामा हाजिर हुन गएका छैनन् । टे«ड युनियनका केन्द्रीय नेता हरि रावल पनि आफूलाई खटाइएको ठाउँमा हाजिर हुन गएका छैनन् । अर्का केन्द्रीय सदस्य सीता गुरुङ पनि आफूलाई खटाइएको मोरङको स्थानीय तहमा जानुपर्नेमा अहिलेसम्म गएकी छैनन् ।
सचिव कोइरालाले गौरका प्रशासकीय अधिकृत कार्कीलाई निलम्बन गरे पनि टे«ड युनियनका राष्ट्रिय स्तरका नेताहरूलाई भने छुन सकेका छैनन् । कसैलाई निलम्बन गरेर कारबाही गर्ने र कसैलाई उन्मुक्ति दिने काम किन भइरहेको छ ? कर्मचारी वृत्तमा यस्तो प्रश्न उठाइन थालिएको छ ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply